२०८२ माघ २४ गते, शनिबार ०१:४०

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस गइन् । घरेलु कामदारको रुपमा साइप्रस पुग्दा उनको ५ लाख रुपैयाँ खर्च भइसकेको थियो ।

साइप्रसमा अञ्जुले खाना र बस्न  रोजगारदाताले नै दिन्थ्यो । अनि मासिक तलब ४ सय युरो । तर, साइप्रसमै धेरै अडिने उनको रहर थिएन । पोर्चुगलमा पुगेर त्यहाँको कार्ड बनाउने सोच थियो । उनलाई लागेको थियो, ‘साइप्रसदेखि पोर्चुगल सजिलै पुगिन्छ ।’

अवैध बाटो प्रयोग गरेर हिँड्दाको हैरानी जोखिमबारे अञ्जु बेखबर उनी पोर्जुगल पुगेर कार्ड बनाउने सपना साँचेरै अञ्जुले घरमा पैसा पनि पठाइनन्, जम्मा गरिरहिन् । त्यहाँ ८ महिना काम गरिसकेपछि पोर्चुगल पुर्‍याइदिने शर्तमा एक जना पाकिस्तानी पैसा बुझाइन् । तर उनले बुझाएको पैसा लिएर पाकिस्तानी लापत्ता भयो । उनको २ हजार युरो डुब्यो ।

पाकिस्तानीबाट ठगिएपनि अञ्जुको चेत खुलेको थिएन । ‘फेरि एकजना दिदीको सम्पर्कबाट मैले नेपाली दलालसँग (एजेन्ट) सम्पर्क गरें । ४ हजार युरो खर्च लाग्ने बताए । पोर्चुगल पुगिन्छ भने लौ न त भनेर मैले हतारमा निर्णय लिएँ,’ उनले भनिन्, ‘एजेन्टले भनेकै बैंक खातामा मैले नेपालमा पैसा जम्मा गर्न लगाएँ ।’

एकदिन लन्च ब्रेक भएकोबेला काम गर्दै आएको घरबाट उनी भागिन् । दुबईका लागि भिजिट भिसा एजेन्टले पहिले नै तयार गरिसकेको थियो । अञ्जुले दुबईमा ४ दिन बिताइन् ।

साइप्रसबाट हिँड्दा एक्लै भए पनि दुबईमा अरु पनि नेपाली भेटिन् । ‘सात जना नेपाली भेटें । त्यसमा पनि हामी सबै केटी नै केटी थियौं । म भन्दा एक दुई दिन अघि नै उहाँहरु आइसक्नु भएको रहेछ । मलाई अलि ढुक्क भएको महसुस’, उनले भनिन् ।

दुबई हुँदै उनीहरुको समूह भिजिटमा सर्बिया पनि पुग्यो । साइप्रस दुबई हुँदै सर्बियासम्म हवाई यात्रा थियो ।

यहाँसम्मको यो यात्रा अञ्जुका लागि कठिन थिएन ।

तर दक्षिण पूर्वी युरोपेली मुलुक बोस्निया हर्जेगोभिना पुगेपछि भने अञ्जुका दुखका दिन सुरु भए । त्यहाँबाट अब उनले जोखिमपूर्ण अवैध बाटो (डंकी रुट)को यात्रा गर्नु थियो उनलाई । आफूसँग भएको पासपोर्टलगायत सबै डकुमेन्ट उनले त्यही च्यातिन् ।

उनलाई ‘अञ्जु’ भनेर चिनाउने कागजात अब केही पनि बाँकी थिएन। आफूसँग भएको एक हजार युरो पनि उनले डंकरलाई नै बुझाइन् । केवल उनको साथमा ५० युरोमात्रै बाँकी रह्यो ।

***

२०८० माघ । बाहिर चिसो उस्तै । तर बोस्निया हुँदै क्रोएशियाको सीमाना पार गर्नु आगोमा टेकेर हिँड्नु जत्तिकै चुनौती थियो ।  ‘पाकिस्तानी डंकर थियो । अबैध बाटो हुँदै अघि बढ्नुलाई ‘गेम’ भनिँदो रहेछ’, उनी भन्छिन्, ‘रातिको समय मिलाएर त्यहाँबाट गेमका लागि निस्कियौं । दुई वटा ट्याक्सीमा हामी बोस्नियाकै बिहाक भन्ने ठाउँमा पुग्यौं’, उनले भनिन् ।

त्यहाँबाट अञ्जुलाई अब घण्टौं पैदलैपैदल जंगलको लामो बाटो छिचोल्नुथियो । हिँड्दाहिँड्दै बिहानको ४ बजिसकेको थियो । क्रोएशिया सीमा नजिकै पुग्दा बल्ल केही पुराना घर देखिए । भनिन् , ‘मान्छे बस्न छोडेका तिनै पुराना घरहरुलाई बिसाउने चौतारी बनायौं ।’

त्यहाँ पुग्दा अर्को पनि तथ्य थाहा पाइन्-अवैध बाटो हुँदै युरोप छिर्ने नेपालीमात्रै होइनन् रहेछन् । ‘४०-५० जना त मैले देखें । अझ त्यो संख्या ठूलो हुनुपर्छ । छुट्टाछुट्टै ग्रुपमा लुकेर बसेकाले यकिन गर्न गाह्रो भयो’, उनले भनिन् । क्रोएशिया छिर्नेको संख्या ठूलो भएकाले त्यहाँ झन् प्रहरीले समात्ने जोखिम पनि उत्तिकै थियो ।

क्रोएशियाको बोर्डर क्रस गरेर उनी नजिकैको बस स्टेशनमा पुगिन् । तर दुर्भाग्यवश उनलाई पुलिसले त्यहीं समात्यो । भ्यानमा हालेर उनलाई फेरि बोस्नियामा नै फिर्ता पठाइदियो । यो क्रम नवौं पटकसम्म चलिनै रह्यो । अञ्जुका लागि यो चक्र जस्तै बन्यो । उनको यो यात्रामा थुप्रै साथीहरु फेरिए । प्रहरीको आँखा छलेर कतिले बोर्डर काटे । कोहि रुँदै उनीसँगै बोस्नियातिरै फर्काइए ।

९ पटकसम्मका उनका फरक फरक कहानीहरू छन् । दुःखका पोकाहरू छन् । बोस्नियाबाट क्रोएशियाको सिमा पार गर्ने प्रयासमा नै अञ्जुको ५ महिना बित्यो । ‘शारीरिक, मानसिक रुपमा पनि हामी धेरै कमजोर बनिसकेका थियौ’, उनी भन्छिन्, ‘हिँड्न नसक्दा डंकरका लात्ती सहनु पर्थ्यो । कुटाइ खाने र सहने सामान्य बनिसकेको थियो ।’

 ‘डंकी रुट हुँदै ज्यान जोखिममा राखेर युरोपमात्रै होइन, यस्तो यात्रा गरेर कुनै पनि देशमा नजानुहोस् . मैलेजस्तो दु:ख र पीडा अब कसैले पनि भोग्न नपरोस्’

त्यसअवधिमा उनलाई बोर्डर पुर्‍याउने डंकरहरु पनि पटकपटक फेरिए । तर पोर्चुगल पुग्ने उनको सपना भने फेरिएन । अञ्जुले सम्झिइन्, ‘बोस्नियामा बन्धक जस्तै बनाएर तनाव दिने काम हुन्थ्यो । एकातिर पोर्चुगल बस्ने एजेन्टले फोन नउठाइदिने, अर्कोतर्फ डंकरले पैसा मात्रै माग्ने ।’

हिडेँर नभई सिधै गाडीमै राखेर बोर्डर पार गराइदिने डंकरले प्रलोभन देखाएपछि १२ सय युरो फेरि बुझाएको उनले सुनाइन् । उनको ७ जना समूहमध्ये ३ जनाले बोर्डर पार गरिसकेका थिए । बाँकी १० जना नयाँ नेपाली फेरि बोस्नियामा नै थपिए।

थपिएका १० नेपालीलाई पनि उनीहरुकै आँखा अघि डंकरले लुट्यो । जसरी पनि पैसा असुल्ने डंकरको रणनीति । थर्काउने, धम्काउने र त्यो पनि नभए फेरि फकाउने पनि । ‘अन्तत: नयाँ थपिएका नेपालीको समूहबाट प्रत्येकले १७ सय युरो बुझाए । एकातर्फ आफ्नो दुख छँदै छ । अर्कोतर्फ रकम जुटाइदेउ भनेर परिवारलाई गुहार्नुपर्ने बाध्यता त्यस्तो दिन कसैले पनि भोग्न नपरोस्’, उनी भन्छिन् ।

५ महिनासम्म बोस्नियामा बस्न परेपछि उनले एजेन्टलाई ठूलो दबाब दिइन् । दैनिक सयौं पटकसम्म फोन गरिन् । आफ्ना आफन्तमार्फत् पनि फोन गर्न लगाएर दबाब दिन थालिन् । उनका अनुसार बोस्नियामा रहेको पाकिस्तानी डंकरले दोहोरो पैसा उठाउँथ्यो । ‘पोर्चुगलमा रहेको एजेन्टसँग पनि पैसा माग्थ्यो । हामीहरूसँग पनि पैसा लिन्थ्यो। दुवैतिरबाट पैसा लुटिरहेको थियो’, उनले सुनाइन् ।

९औं पटकसम्म फर्काइए पनि पोर्चुगल पुग्ने अञ्जु १० आँट गिरेको थिएन । उनी १० औं प्रयासमा बल्ल बोर्डर काट्न सफल भइन् । ‘बोस्नियाबाट दिनभरी रातभरि हिँड्यौ। बिहानी पख ३-४ बजे बोर्डर क्रस भएर क्रोएशियाको जाग्रिव नजिकै जंगल छेउमा पुग्यौं । ट्याक्सीमा कोचाकोच गरेर बस्यौं’, अञ्जुले भनिन्,’ स्लोभानियाको बोर्डर पार भएपछि धेरै खुशी लाग्यो ।’

त्यो दिन अञ्जुलाई विश्वयुद्ध जितेजस्तै भएको थियो । ‘कसैले त्यो बाटो एक हप्तामा पनि पार गरे । कतिलाई दुई हप्ता लाग्यो । कतिले एक महिनामा पनि पार गरे । तर हामीलाई ५ महिना लाग्यो’, उनले भनिन् ।

जग्रिबबाट स्लोभानियामा पुगेपछि त्यहाँको प्रहरीले समात्छ । त्यहाँ शरणार्थीको नयाँ परिचय बनाउनुपर्छ भनेर पहिले नै जानकारी थियो । रातिको दुई बजेतिर २/३ किलोमिटर हिँडेपछि  स्लोभानियाको प्रहरीले समात्यो । ७/८ घण्टा थुनेर राख्यो । त्यसपछि क्याम्पमा पठाइदियो । ‘स्लोभानियाको क्याम्पमा १२ दिन बस्यौं। त्यसपछि इटाली गयौं। त्यहाँ पनि त्यसरी नै १०/१२ दिन बस्यौं । त्यहाँबाट स्विट्जरल्याण्ड हुँदै फ्रान्स आईपुग्यौं, अन्तत: फ्रान्स हुँदै स्पेन छिरेका हौ’, उनले भनिन् ।

स्लोभानियाबाट हिँडेको १ महिनापछि अर्थात् २०८१ असारको तेस्रो साता उनी स्पेन टेकिन् ।

स्लोभानिया पुग्दा पोर्चुगलमा बन्द भइसकेको खबर उनले थाहा पाएकी थिइन् । यसअघि युरोपेली संघ बाहिरका मानिसहरूले पोर्चुगलमा एक वर्षसम्म ‘सामाजिक सुरक्षा’ कर तिरेपछि त्यहाँको आवास अनुमति प्राप्त गर्न निवेदन दिन पाउँथे ।

जुन ३ देखि पोर्चुगल सरकारले सेफ इन्ट्री गरेर कार्ड बनाउने प्रक्रिया ‘एक्सप्रेशन अफ इन्ट्रेस्ट’ बन्द गरेको छ । जसका कारण पोर्चुगलको सपना बुनेका हजारौं नेपाली प्रभावित बनेका छन् । तीमध्ये अञ्जु पनि एक हुन् । अहिले उनले अन्तिम विकल्प स्पेन बनाएकी छन् ।

साइप्रसदेखि स्पेन आउँदा उनको १३ लाख रुपैयाँ (९ हजार युरो) भइसकेको छ । नेपालदेखि साइप्रस आउदाँ को ५ लाख जोडेर १८ लाख रुपैयाँभन्दा बढी उनको थाप्लोमा ऋणको भारी छ । उनी विदेश आएको १५ महिना बितिसक्यो । धन कमाउनभन्दा यहाँ आउँदाको ऋण कसरी तिर्ने भन्नेमै उनको चिन्ता बढ्ता छ । त्यसमाथि स्पेन पुगेको झण्डै २ हप्तासम्म उनले कोठा नै पाइनन् ।

‘यत्रो दुख गरेर आएपछि केही त होला भन्ने थियो । तर हामीले सोचेभन्दा एकदमै फरक रहेछ’, अनलाइनखबरसँग  भक्कानिँदै उनले भनिन्, ‘यो ठाउँमा आए पछि अलिकति राहत होला भन्ने लागेको थियो। तर त्यस्तो रहेनछ । कार्ड बन्न नै ३ वर्ष लाग्दो रहेछ । त्यो बेला सम्म लुकीछिपी काम गर्नुपर्ने, त्यही भएर काम पाउन पनि मुश्किल हुँदो रहेछ ।’

बिना डकुमेन्ट स्पेन आएकीले अञ्जुसँग अहिले नेपाली राहदानी पनि छैन । उनले दूतावास मार्फत् भर्खर नयाँ राहदानी बनाउने प्रक्रिया थालेकी छन् । राहदानी बनेपछि मात्रै आफू स्पेन बसेको प्रमाणका लागि नगरपालिकामा पुगेर रजिष्ट्रर (एमपाद्रोनामिएन्तो) गर्ने तयारीमा छिन् । तव मात्रै स्पेन बसेको उनका दिन गन्ती सुरु हुनेछन् ।

स्पेनमा ३ वर्षसम्म अवैधानिक रुपमा नै बस्नुपर्ने भन्ने उनलाई यसअघि थाहा रहेनछ । त्यो अवधिमा वैधानिक रुपमा काम गर्न नपाउने भन्ने पनि अञ्जुले यही आएर मात्रै थाहा पाइन् । ‘पोर्चुगलमा जस्तै ट्याक्स तिरेर वैधानिक रुपमै काम गर्न पाइन्छ भन्ने लागेको थियो । तर यहाँ फरक रहेछ’, उनले भनिन् ।

नेपालदेखि स्पेन आउँदासम्मको थाप्लोमा लाखौँ रुपैयाँ ऋणको भार छ । फेरि तीन वर्षपछि पनि लाखौँ रुपैयाँ खर्च गरेर टीआरसी कार्ड बनाउनुपर्ने भएपछि उनी झनै त्रसित छिन्। ‘ज्यानको जोखिम मोलेर कार्डको चक्करमा लागियो। मेरो सुझाव छ तपाई जुन देशमा काम गरिरहनुभएको छ । त्यही निरन्तरता दिनुहोस्। हतारमा निर्णय नलिनुहोस्’, उनले भनिन् ।

युरोप -युरोप सपना साँचेर मरिहत्ते गर्नेलाई डंकी रुट हुँदै नआउन उनको सुझाव छ। ‘डंकी रुट हुँदै ज्यान जोखिममा राखेर नआउनुहोस् नै भन्छु। युरोप मात्रै होइन, यस्तो यात्रा गरेर कुनै पनि देशमा नजानुहोस् भन्छु । मैले जस्तो दुख र पीडा अब कसैले पनि भोग्न नपरोस्’, उनी भन्छिन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM