२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:४०

सभामुखले माइक काटेपछि संसदमा हंगामा

२९ साउन, काठमाडौं । सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुख र विपक्षी सांसदहरुबीच झण्डै आधा घण्टा वादविवाद भएको छ ।

सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको माइक काटेपछि विवाद सुरु भएको थियो ।

मंगलबारको बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना लामा, रास्वपाकी सांसद सोबिता गौतम र जनता समाजवादी पार्टीका वीरेन्द्र महतोले बोलेपछि रास्वपाकै सांसद ढकालले बोल्ने समय पाएका थिए ।

उनले सडकको अवस्था हेर्दा प्राकृतिक प्रकोपका कारणले मात्रै नभई भ्रष्टाचारको प्रकोपले भत्किएको बताए । त्यसपछि उनले भ्रष्टाचारको विषय सधैं आकस्मिक हुने भन्दै यो विषय उठाउन आफूलाई नरोक्न सभामुखलाई आग्रह गरे ।

‘भ्रष्टाचारसँग सम्बन्धित मुद्दा आधा रातमा पनि आकस्मिक हुन्छ’ सांसद ढकालले भने ।

यसबीचमा सभामुख घिमिरेले सांसद ढकाललाई आकस्मिक समयमा सार्वजनिक यातायातको विषय उठाउन समय मागेको भन्दै विषयमा केन्द्रित हुन सुझाव दिए ।

ढकालले भने विद्युत महशुलको बक्यौताको विषय उठाउन खोजे । ‘नेपाल विद्युत प्राधिकरणमा म जान चाहेँ । मिटर जडान गरेर महशुल असुल गर्ने ठाउँमा …’ ढकालले वाक्य नटुंग्याउन नपाउँदै सभामुख घिमिरेले रोके ।

‘माननीय सदस्य यहाँको विषय सकियो, बस्नुस् । किनभने यहाँले यातायातमा परेको अवरोधको बारेमा बोल्नलाई राख्नुभएको (समय लिने पूर्व जानकारी गराएको) थियो त्यो राखिसक्नुभयो । मैले बस्नका लागि अनुरोध गरेँ’, उनले भने ।

सांसद ढकालले भने आफूले आकस्मिक समयमा तीन मिनेट समय पाएको र त्यति समय नसकिँदै माइक काटिदिएको गुनासो गरे । त्यतिबेलासम्म विपक्षी बेञ्चमा रहेका रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो सिटबाट उठिसकेका थिए ।

सभामुख घिमिरेले आकस्मिक समयमा एउटा मात्र विषयमा बोल्नुपर्ने र अरु विषय उठाउन संसदमा शून्य समय र विशेष समय हुने भन्दै बस्न आग्रह गरे । उनले भने, ‘अरु माननीय सदस्यहरु बसौं र माननीय सदस्य हरि ढकाललाई पनि विषय केन्द्रित केही विषय छ राख्नुस्, विषय सिध्दियो आसनग्रहण गरौं ।’

रास्वपाका सांसदहरु बसेनन् । रास्वपा सभापति समेत रहेका सांसद रवि लामिछानेले सांसदलाई सभामुखले के विषय बोल्ने, के विषय नबोल्ने भनेर बन्देज लगाउन नमिल्ने बताए ।

सभामुख घिमिरेले भने आफूले बोल्नका लागि कसैलाई समय नदिएको भन्दै बस्न आग्रह गरे । ‘समय लिएर बोल्ने हाम्रो विधि र परम्परा र हाम्रो नियमावलीको व्यवस्था छ । यसकारण माननीय सदस्यलाई आसनग्रहणका लागि अनुरोध गर्दछु’, रास्वपा सभापति लामिछानेलाई सभामुख घिमिरेले आग्रह गरे ।

रास्वपा र राप्रपा सांसदहरु उठेर विरोध गरिरहेपछि सभामुखले लामिछानेलाई बोल्न २ मिनेट समय दिए ।

उनले सांसद ढकालले विद्युत महसुलको विषय उठाउनेवित्तिकै माइक काटिएको भन्दै उनलाई आफ्नो समयभरि बोल्न दिन माग गरे । ‘उहाँले विद्युत महशुलको विषयमा अत्यन्त महत्वपूर्ण कुरा उठाउनुभएको थियो । त्यसकारणले बोल्दा बोल्दै, विद्युत महशुल भन्ने बित्तिकै लाइन काटिनु गम्भीर आपत्तिको विषय हो’, उनले भने ।

त्यसपछि सभामुखले राप्रपा अध्यक्ष, सांसद राजेन्द्र लिङ्देनलाई पनि २ मिनेट समय दिए । लिङ्देनले भने सांसदहरु सार्वभौम हुने भएकाले जुनसुकै विषय उठाउन सक्ने बताए ।

‘जनताका प्रतिनिधिले आफ्नो कुरा राख्छन् । त्यो संविधान विपरीत र संसदको नियमावली विपरीत भयो भने सभामुखले प्रतिबन्ध लगाउने, रोक्ने आफ्नो ठाउँमा छ’ उनले भने, ‘यो विषय बोल्न पाउछौं, यो विषय बोल्न पाउँदैनौं भन्ने मान्य हुँदैन ।’

सभामुख घिमिरेले भने संसदको नियमावलीको कुरा उठाएर मर्यादा कायम राख्न आग्रह गरिरहे । ‘माननीय सदस्यहरु सभाको मर्यादालाई कायम गरौं, हामीले पारित गरेको नियमावली अध्ययन गरौं । नियमावलीका आधारमा सभालाई सञ्चालन गरेर परिणाममुखी बनाऔं । यसको लागि म विशेष अनुरोध गर्न चाहन्छु’ सभामुखले भने ।

संसद बैठक सुरु हुनुअघि प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलमा विशेष समयका लागि २ घण्टा छुट्याउने सल्लाह भएको भन्दै उनले आकस्मिक समयमा विषय केन्द्रित हुनुपर्ने भन्दै आफ्नो निर्णयको बचाउ गरे । उनले भने, ‘आकस्मिक समय के हो ? आकस्मिक समयमा के गर्ने भन्ने बारेमा हामीले गरेको नियमावलीको व्यवस्थातिर आकर्षित गराउन चाहन्छु ।’

सभामुखले पटक पटक बस्न आग्रह गरिरहेपछि प्रमुख प्रतिपक्षी माओवादी सांसदहरु पनि आ–आफ्नो स्थानमा उठे ।

सांसद र सभामुखबीच सवालजवाफ चलिरह्यो । सवालजवाफ लम्बिएपछि सभामुख घिमिरेले संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे लगायतका अधिकारीसँग सल्लाह लिए । त्यसपछि उनले प्रतिनिधि सभा नियमावलीको नियम १५ को व्यवस्था वाचन गरे ।

नियम १५ को उपनियम १ मा आकस्मिक समयमा संसदको अघिल्लो बैठक र सुरु हुन लागेको बैठक बीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्याप ढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्ने व्यवस्था छ ।

यही व्यवस्था अनुसार आफूले सांसदहरुलाई विषय राख्न आकस्मिक समय उपलब्ध गराएको सभामुख घिमिरेले बताए ।
यो व्यवस्था अनुसार के विषय आयो, त्यस आधारमा रोक्न सक्ने अधिकार सभामुखलाई रहेको बताए ।

‘यो व्यवस्था अन्तर्गत नै केही विषयहरु आकस्मिक रुपबाट राख्नका लागि नै माननीयहरुलाई समय दिएको हो । अब त्यो समयभित्र यो विषय आएपछि रोकियो, समय हुँदै रोकियो भन्ने यहाँहरुका भनाइ, यहाँहरुका चाहना, यहाँहरुका माग, यहाँहरुका आपत्ति, यहाँहरुका विरोधलाई सुनिएको छ । यसलाई कसरी व्यवस्थित गर्ने भन्नका लागि पनि नियमावली अन्तर्गत नै जानुपर्छ’ सभामुख घिमिरेले भने ।

तर विपक्षी सांसदहरु निरन्तर उभिइरहे । उनीहरुले माइक नभए पनि आफ्नो कुरा राखिरहे, संसदमा होहल्ला भइरह्यो । त्यसपछि सभामुख घिमिरेले संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे सहितका अधिकारीसँग सल्लाह लिए ।

त्यसपछि सभामुख पछि हटे र सांसद हरि ढकाललाई बाँकी समय बोल्न समय दिए । ‘माननीय सदस्य हरि ढकाललाई आफ्नो विषय केन्द्रित रहेर बाँकी समयलाई प्रयोग गरेर आफने विषय टुंग्याउन समय दिन्छु र माननीय सदस्यहरुलाई आशनग्रहण गरेर कार्यक्रमलाई साथ दिन अनुरोध गर्दछु’, सभामुख घिमिरेले भने ।

त्यसपछि विपक्षी दलका सांसदहरु बसे । रास्वपा सांसद ढकालले विद्युत महशुलकै विषय उठाए । ‘विषय त भ्रष्टाचार नै हो सभामुख महोदय, महशुल नै हो विजुली नै हो’ उनले भने ।

यो विषयमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा ब्यापक छलफल गरिएको र छलफलमा तिर्नपर्ने उद्योगीले तिर्न पर्दैन नभनेको बताए ।

‘प्रधानमन्त्रीज्यूलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु– जसरी विजुलीको लाइन जोड्नका लागि निर्देशन दिनुभएको थियो । महशुल उठाउनका लागि उसैगरी निर्देशन दिन पर्‍यो कहाँ कहाँ दिने हो’, रास्वपा सांसद ढकालले भने ।

विद्युत महशुलको विषय राज्यका ९ वटा संरचनाले हेरेको थाहा पाएको उल्लेख गर्दै उनले थपे, ‘सबै ग्रे लाइनमा बसेका छन् । ग्रे लाइनमा बसेपछि २२ अर्बको बक्यौता १६ अर्ब हुँदै ६ अर्बमा झर्दा पनि असुल नभएको विषय सदनमा आकस्मिक विषय बन्न सक्दैन ? आकस्मिक बन्छ । कर दाताहरुको करमाथि लामो हात गर्ने विषय सँधै आकस्मिक बन्छ ।’

मिटर जडान गरिएको ठाउँमा महशुल उठाउनका लागि यस्तो हालत नेपालमा रहेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘मिटर नभएका भन्सार हेरौं त, मिटर नभएको मालपोत कार्यालय हेरौं त । के छ हालत ?’

भ्रष्टाचारसँग सम्बन्धित विषय सदनमा प्रवेश गराउँदा मंगलबार भएजस्तो व्यवहार नगर्न सभामुखलाई आग्रह गरे ।

‘सभामुख महोदय, बाँकीका दिनहरुमा प्रतिपक्षले उठाउन लागेको सुशासनको मुद्दा र भ्रष्टाचारको विषयमा यो खालको रवैया कृपया नदेखाइयोस् । प्रतिपक्ष कमजोर छैन, प्रतिपक्षको आवाज कमजोर छैन’, सांसद ढकालले भने ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM