२०८२ माघ २४ गते, शनिबार ०१:२१

मधेश सरकारमा कोर्स करेक्सन

२९ साउन, जनकपुरधाम । चर्को विरोध भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठै जना राज्यमन्त्री हटाएका छन् ।

एमालेबाट राज्यमन्त्री बनेका तीन जनाले सोमबार नै राजीनामा बुझाएका थिए । भौतिक पूर्वाधार विकास राज्यमन्त्री मो.जयद आलम, गृह संचार तथा कानुन राज्यमन्त्री सारदा पहाडी र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव रायले सोमबार राजीनामा बुझाएका थिए ।

एमाले केन्द्रीय सदस्य सञ्‍जीव झा सुरजका अनुसार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार राजीनामा बुझाइएको हो । ‘प्रधानमन्त्रीकै निर्देशन अनुसार हाम्रो दलका तीन राज्यमन्त्रीले सोमबार मुख्यमन्त्रीलाई राजिनामा बुझाउनु भएको थियो’ सुरज भन्छन् ।

एमालेका राज्यमन्त्रीहरु बाहिरिएपछि अरु पाँच जना राज्यमन्त्रीलाई पनि मुख्यमन्त्री सिंहले हटाए । गठबन्धनका दलहरुसँग सल्लाह गरेरै सबै राज्यमन्त्री हटाइएको जनमत पार्टीका एक नेताले बताए ।

सिंह नेतृत्वको मन्त्रिपरिषद् अब राज्यमन्त्रीविहीन बनेको छ । मन्त्रिपरिषद्मा एमाले र कांग्रेसबाट चार/चार जना मन्त्री छन् । सरकारको नेतृत्व गरिरहेको जनमतबाट दुई र लोसपाबाट एक मन्त्री छन् ।

राज्यमन्त्री हटाउँदा समेत मन्त्रिपरिषद्को आकार ठूलै छ । मुख्यमन्त्री सिंहले कीर्तिमानी मन्त्रिपरिषद् बनाएकाले ८ जना हट्दा पनि १२ सदस्यीय मन्त्रिपरिषद् बनेको हो ।

मुख्यमन्त्री सिंहले गत २२ साउनमा पाँच राज्यमन्त्री नियुक्त गर्दा २० सदस्यीय मन्त्रिपरिषद् बनेको थियो । यो भनेको यसअघिको १५ सदस्यीय मन्त्रिपरिषद्को कीर्तिमान तोडिनु हो ।

तर जनमत पार्टीका नेताहरुले भने संविधान र सत्ता साझेदार दलहरुको निर्णय बमोजिम मन्त्रिपरिषद गठन भएको बताएका थिए । संविधानले प्रदेश सभाको २० प्रतिशतसम्म मन्त्री बनाउन पाइने व्यवस्था छ । मधेशमा १०७ सदस्यीय प्रदेश सभा रहेकाले मन्त्रिपरिषद्को आकार २१ जनासम्म पुर्‍याउन सकिन्छ ।

यद्यपि, आलोचना नरोकिएपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि कांग्रेस र एमालेसँग भएको छलफल अनुसार मन्त्रिपरिषद् बिस्तार गरिएको जवाफ दिएका थिए । अगाडि बढेर राउतले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण समेत सोध्ने निर्णय लिए । २५ साउनमा अनुसशासन समितिबाट मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण सोधिएको थियो ।

तर कुनैपनि तर्क र निर्णयले आलोचना रोकिन सक्ने स्थिति नरहेपछि राज्यमन्त्रीहरु हटाउने निर्णयमा मुख्यमन्त्री सिंह र जनमत अध्यक्ष राउत पुगे । राजनीतिक विश्लेषक डा.भोगेन्द्र झा राज्यमन्त्रीविहीन मन्त्रिपरिषद् बनाउने निर्णयलाई जनमत पार्टीले कोर्स करेक्सन गरेको रुपमा अर्थ्याउँछन् । कोर्स करेक्सन जनमत पार्टीको बाध्यता समेत रहेको उनी बताउँछन् ।

अर्का राजनीतिक विश्लेषक रोशन जनकपुरी गठबन्धनको सरकार हुँदा मुख्यमन्त्री सिंहले यस्तो समस्या खेप्नु परेको बताउँछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM