२०८२ फाल्गुन १ गते, शुक्रबार ०५:५७

गोमालाभ सापकोटालाई सांसदबाट हटाउने जनमतको पत्र फेरि अस्वीकृत

२९ साउन, काठमाडौं । प्रतिनिधि सभा सदस्य गोमालाभ सापकोटालाई हटाउने जनमत पार्टीको पत्र संघीय संसद सचिवालयबाट दोस्रो पटक पनि अस्वीकृत भएको छ ।

संसद सचिवालयका अनुसार एक साता अगाडि जनमत पार्टीले सापकोटालाई कारबाही गरेको पत्र दर्ता गरेको थियो ।

उक्त पत्रमा यसअघि नै कारबाही हुन सक्ने आधार नदेखिएको भनेर सभामुख देवराज घिमिरेबाट अस्वीकृत भएको भन्दै नयाँ निर्णय लिन नपर्ने जवाफ संसदका महासचिव पद्मप्रसाद पाण्डेयले पठाएका छन् । महासचिव पाण्डेयले जनमत पार्टीबाट पत्र आएको र जवाफ पठाएको पुष्टि गरे ।

यसअघि फागुन २०८० मा जनमत पार्टीले समानुपातिक सांसद सापकोटालाई पार्टीले निष्कासन गरेको पत्र संसद सचिवालयमा पठाएको थियो । उक्त पत्र पार्टीको लेटरहेडमा रहेको भनेर अस्वीकृत भएको थियो ।

त्यसपछि २०८० साल फागुन २७ गते जनमत पार्टीको संसदीय दलले सापकोटालाई पार्टीले निष्कासन गरेको पत्र संसद सचिवालयमा पठाएको थियो ।

उक्त पत्रमा सापकोटाले पार्टीको निर्देशन नमानेको र स्पष्टीकरण सोध्ने, सफाइ पेश गर्ने लगायतका प्रक्रिया पूरा गरेर कारबाही गरेको दाबी गरिएको थियो ।

तर सभामुख घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन अनुसार सापकोटालाई जनमत पार्टीले गरेको कारबाही नमिलेको भनेर सदर गरेनन् ।

८ फागुन २०८० मा सभामुख घिमिरेको निर्णय अनुसार संसद सचिवालयले जनमत पार्टीलाई कारबाहीको प्रक्रिया नपुगेको भनेर पत्र पठाएको थियो ।

यही साउन दोस्रो साता जनमत पार्टीले फेरि सापकोटालाई पार्टीबाट निष्काशन गरिएको भन्दै कारबाही सदरका लागि संसद सचिवालयमा पत्र पठाएको थियो ।

यसपटक सुभामुख घिमिरेकहाँ नपुग्दै सांसद सापकोटालाई सांसदबाट हटाउने जनमतको पत्र अस्वीकृत भएको छ ।

संसद सचिवालयका महासचिव पाण्डेयले यसअघि सभामुखबाट अस्वीकृत हुँदाकै समयको कारबाहीको विवरण रहेको उल्लेख गर्दै थप निर्णय गर्न नपर्ने निर्णय गरिदिएका संसद सचिवालयका एक कर्मचारीले जानकारी दिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM