२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:४७

पुरुष यौनाङ्गको संक्रमण कति जोखिमपूर्ण ?

पुरुषमा यौनाङ्ग पोल्ने समस्या सामान्य एलर्जीको प्रतिक्रियादेखि गम्भीर यौन प्रसारित रोगका कारण हुनसक्छ । कतिपय अवस्थामा पिसाब सङ्क्रमणका कारण पनि यौनाङ्ग पोल्न सक्छ ।

यदि कुनै गम्भीर समस्या छैन तर चिलाउने मात्र गर्छ भने त्यो भित्री बस्त्रको कारणले पनि हुनसक्छ । विशेषगरी गर्मी मौसममा लगाइरहेको भित्री बस्त्र पसिनाले भिज्ने र ओसिलो भइराख्छ । जसकारण ढुसी सङ्क्रमण भई चिलाउने, पोल्ने र छाला पाछ्ने हुन्छ ।

‘सिन्थेटिक फेब्रिक’को अण्डरवेयर लगाउनेहरुमा पनि सङ्क्रमणको जोखिम बढी हुन्छ ।

के गर्ने ?

– भित्री बस्त्र सुतीको प्रयोग गर्नुपर्छ । सुतीको कपडाले यौनाङ्मा हुने ओसिलोपन र पसिनाले भिजेमा सजिलै अवशेषित गराई घण्टौंसम्म सुक्खा राख्न सक्छ ।

– दैनिक भित्री बस्त्र परिवर्तन गर्ने ।

– राति सुत्दा भित्री बस्त्र नलाई सुत्न सकिन्छ । यसो गर्दा पोल्ने र चिलाउने समस्या भएमा केही हदसम्म राहत मिल्छ ।

एलर्जीको प्रतिक्रिया

कहिलेकाहीं मोइस्चराइजर, जेल वा साबुनको प्रयोगले पनि एलर्जी हुनसक्छ । ती उत्पादनमा हुने रासायनिक पदार्थले चिलाउने र पोल्ने हुनसक्छ ।

त्यसैले यो समस्या देखिए यी उत्पादनहरू केही दिनका लागि रोक्ने वा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

के गर्ने ?

– यदि रसायनकै प्रतिक्रिया हो भने दिनमा दुई पटक मनतातो पानीले यौनाङ्ग र त्यस वरपर राम्रोसँग पखाल्नुपर्छ ।

– त्यसपछि सुतीको कपडाले पुछेर सुतीकै भित्री बस्त्र लगाउनुपर्छ ।

सम्भोगको क्रममा यौनाङ्ग सुक्खा हुनु

भित्री बस्त्र मात्र होइन, सम्भोग गर्दा पनि यौनाङ्ग पोल्ने हुनसक्छ । तीव्र पोलेको अनुभव हुने धेरैजसो पुरुषलाई यो समस्याले सताउँछ ।

लुब्रिकेन्टको कमीका कारण यो समस्या हुनसक्छ । यसले पोल्ने मात्र नभई यौनाङ्ग दुखाइ, रातो दाग देखिन सक्छ ।

के गर्ने ?

– सम्भोग गर्दा कन्डमको प्रयोग गरिएको छैन भने सुरक्षित खालको चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ ।

– यौनाङ्गको सरसफाइमा ध्यान दिनुपर्छ ।

– तीन दिनसम्ममा पनि पोलिरहने समस्या भएमा मूत्र रोग विशेषज्ञलाई देखाउनु उचित हुन्छ ।

यौन सङ्क्रमण रोग

पुरुषको यौनाङ्ग पोल्ने एक साझा कारण यौनजन्य सङ्क्रमण पनि हो । हर्पिस, भिरिंगी, गोनोरिया र क्लामेईडिया जस्ता यौनरोगमा लक्षणको रूपमा यो समस्या देखिन्छ ।

यौनजन्य रोग नै हुनसक्छ भनेर अनुमान लगाउन लिङ्गको भाग पोल्नेसँगै रातो हुने, घाउ हुने, पिप बग्ने, सम्भोग गर्दा दुख्ने जस्ता लक्षण देखिन्छ ।

पुरुषमा यौन सङ्क्रमण हुने मुख्य कारण भनेको यौन साथी धेरै बनाउनु र सम्भोग गर्दा कण्डमको प्रयोग नगर्नु हो ।

के गर्ने ?

– यौन प्रसारित रोगको लक्षण भएको शंका लागेमा यौनरोग विशेषज्ञ वा मूत्ररोग विशेषज्ञलाई देखाउन सकिन्छ ।

– यौन प्रसारित रोगको समयमै पहिचान तथा औषधि उपचार समस्या अनुसारको सम्भव छ ।

फङ्गल सङ्क्रमण

लिङ्गमा फङ्गस (ढुसी)को वृद्धि हुँदा पनि पोल्ने, सेतो फोका आउने, बारम्बार चिलाउने जस्ता लक्षण देखिन्छ । यद्यपि, पुरुषमा यो समस्या महिलाको तुलनामा कम हुन्छ ।

तर सरसफाइमा ध्यान पुगेन, अन्डरवेयर दैनिक नफेर्ने, चिसो अन्डरवेयर लगाउने र ढुसी सङ्क्रमण भएको यौन साथीसँग असुरक्षित यौन सम्पर्क गर्दा फङ्गल सङ्क्रमण हुनसक्छ ।

के गर्ने ?

– यदि सङ्क्रमण भएको खण्डमा एन्टिफंगल औषधिको प्रयोग गरेमा बिस्तारै लक्षणसहित संक्रमण पनि नष्ट हुन्छ । तर औषधि चिकित्सकको सल्लाहमा मात्र खानुपर्छ ।

– समस्या होस् वा नहोस् सधैं सरसफाइमा ध्यान दिनुका साथै सुरक्षित ढङ्गले सम्भोग गर्ने बानी बसाल्नुपर्छ ।

पिसाब सङ्क्रमण

पिसाब सङ्क्रमण भएमा लक्षण प्रष्ट देखिने हुँदा सजिलै पहिचान हुनसक्छ । पिसाब गर्दा पोल्ने, मूत्रथैली भरिएको अनुभव भइराख्ने र पटक-पटक पिसाब आउने पिसाब सङ्क्रमणका प्रमुख लक्षण हुन् ।

के गर्ने ?

– यसको उपचारमा एन्टिबायोटिक औषधिको प्रयोग हुन्छ । चिकित्सकले अवस्था हेरेर सिफारिस गरेको औषधि खाएमा छिटो निको हुन्छ ।

एक्जिमा वा सोरियासिस

छालासम्बन्धी समस्या जस्तै एक्जिमा वा सोरियासिस भएमा पनि लिंग र त्यस वरपरको भाग सुक्खा हुन्छ । जसकारण चिलाउने, पोल्ने, छाला सुन्निने जस्ता समस्या हुन्छ ।

के गर्ने ?

– छालारोग विशेषज्ञ वा मूत्ररोग विशेषज्ञले अवस्था हेरेर केही औषधि दिन सक्छन् ।

– यो अवस्थामा तातो पानीले नुहाउनु हुँदैन । र, छालामा कनाइरहनु हुँदैन । यसले छालामा घाउ बनाई थप समस्या बढाउन सक्छ ।

मिर्गौलामा पत्थरी

मिर्गौलाको पत्थरी भनेको पिसाब नलीको जुनसुकै भागमा पनि बन्न सक्ने खनिज र लवणले बनेको सानो ढिक्का वा समूह भनेर बुझिन्छ ।

यसको कारक भनेको तरल पदार्थ कम खानु र पटक-पटक पिसाब सङ्क्रमण हुनु, पिसाबमा साइट्रेट कम हुनु, आन्द्राको समस्या, एचआईभीको एन्टिभाइरल औषधि र छारेरोगसम्बन्धी औषधि सेवन, युरिक एसिडको मात्रा बढेमा र केहीमा पानी कम खाँदा पनि पत्थरी हुनसक्छ ।

जसकारण मूत्रनलीबाट पिसाब निस्कने क्रममा अत्यधिक पोल्ने गर्छ । साथै, तल्लो ढाड दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छ ।

के गर्ने ?

– पत्थरीको प्रकार, आकार, स्थान र संरचनाअनुसार उपचार गर्ने विभिन्न तरिका छन् । साना पत्थरीको उपचार औषधिको सेवनबाटै सम्भव हुन्छ ।

– पत्थरी स–साना छन् भने बिरामीलाई औषधि र पानीको मात्रा बढाउन लगाइन्छ । जसकारण पत्थरी सजिलै पिसाबसँगै बगेर जान्छ ।

– धेरै ठूला मिर्गौलाको पत्थरी भएमा हटाउन शल्यक्रिया वा लेजर उपचार सल्लाह दिन सक्छन् ।

प्रोस्टेट ग्रन्थीमा समस्या

प्रोस्टेट ग्रन्थीमा समस्या भएमा पनि लिङ्गमा तीव्र रुपमा पोलेको अनुभव हुनसक्छ । यसको आकार उमेरसँगै बढ्दै जान्छ । जब प्रोस्टेट ग्रन्थीमा कोषहरूको संख्या वृद्धि हुन्छ, यो ग्रन्थीको आकार तथा तौल बढ्दै जान्छ ।

प्रोस्टेट ग्रन्थीको आवरण अर्थात् खोल त्यति लचकदार हुँदैन । प्रोस्टेट ग्रन्थीको लचकता सीमित हुने भएकाले यो ग्रन्थी वृद्धि हुँदा मूत्रनली थिचिन थाल्ने हुनाले पिसाबले सहज बाटो पाउँदैन ।

ग्रन्थी जति जति बढ्यो, मूत्रनली साँघुरिने र लम्बिने हुन्छ । जसको लक्षणको रूपमा पिसाब पोल्ने, दुखाइ, पिसाबमा रगत देखिने र ढिलो पिसाब आउने हुन्छ ।

के गर्ने ?

– चिकित्सकको सल्लाहमा लक्षणअनुसार उपचार, औषधिको प्रयोग, अल्फा ब्लकर लगायत प्रोस्टेट ग्रन्थीलाई सुकाउने अन्य औषधिको प्रयोग निकै प्रभावकारी हुनसक्छ ।

– लामो समय भइसकेको र औषधिले प्रभावकारी तवरमा काम गर्न छाडेमा वा पोस्टेट ग्रन्थीको आकार अत्यन्त ठूलो भएमा शल्यक्रिया आवश्यक हुन्छ ।

– शल्यक्रिया अहिले दूरबीन र लेजर प्रविधिको माध्यमबाट पनि सम्भव छ । जसले गर्दा जटिलता कम मात्रै हुन्छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM