२०८२ माघ २८ गते, बुधबार ०९:४४

दैलेखमा पेट्रोलियम खोज्न १३ सय ४० मिटर ‘ड्रिलिङ’

२८ साउन, काठमाडौं । दैलेखमा पेट्रोलियम अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम १ हजार ३ सय ४० मिटर गहिराइसम्म पुगेको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार आइतबारसम्मको आँकडामा त्यति गहिराइसम्म ड्रिलिङ गरिएको जानकारी आयोजनाले गराएको छ ।

यो आयोजनामा ४ हजारदेखि ४ हजार ५ सय मिटरसम्म गहिराइ ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ । त्यसपछि यस स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन सम्भावनाबारे अध्ययन गरिने छ ।

सरकारले चालु आर्थिक वर्ष २०८१/८२ भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ । गत आव २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको छ ।

दैलेखमा चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु भएको हो । दैलेखको भैरवी गाउँपालिकामा अन्वेषण साइट छनोट भएको छ ।

चैत २०७२ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । माघ २०७५ मा चीनलाई नेपालका दुई क्षेत्रमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिने सम्बन्धी परियोजना स्वीकृत भएको थियो ।

सहमति अनुसार २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जियोलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न २ अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।

यस समझदारी कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त कार्ययोजना बनाएका थिए । पहिलो चरण (१० महिना) मा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो । दोस्रो चरणमा ड्रिल गर्ने र तेस्रो चरणमा सर्भे प्रतिवेदन बुझाउने सहमति भएको थियो ।

कोभिड महामारीका कारण सम्झौता अनुसार काम अगाडि बढ्न सकेन । पछिल्लो समय कामले गति लिएको हो । अहिले वर्षायामका केही दिन काम रोकिए पनि धमाधम काम भइरहेको महानिर्देशक घिमिरेले जानकारी दिए ।

चिनियाँ सरकारसँग ‘जीटूजी’ सम्झौता अनुसार अगाडि बढेको आयोजना नेपाली अर्थतन्त्रकै लागि कोसेढुंगो सावित हुने अपेक्षा छ ।

यसअघि चीनले असोज २०७९ मै पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ गर्ने स्थान छनोट गरेको थियो । चीनबाट आएको प्राविधिक टोलीले त्यसबेला ड्रिलिङका लागि १५ मिटरसम्म लामा फलामे पाइप कन्टेनर मार्फत साइटमा लैजानुपर्ने बताएको थियो ।

सोही अनुसार चीनबाट भारत हुँदै नेपालगञ्ज नाकाबाट ड्रिलिङ उपकरण दैलेख लगिएको छ । चीनले स्थान छनोट भइसकेपछि ती स्थानको जग्गा अधिग्रहण गरी सरकारले मुआब्जा दिएको हो ।

पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलको काम सम्पन्न भइसकेपछि दैलेखका यी क्षेत्रमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भावना टुंगो लाग्ने छ ।

अहिलेसम्म गरिएका अध्ययनले यो क्षेत्रमा पेट्रोलियम पदार्थ उत्खनन सम्भावना रहेको देखिएको छ । दैलेखका नाभिस्थान, श्रीस्थान, पादुका लगायत क्षेत्र आधार मानेर ४ सय वर्गकिलोमिटर क्षेत्रलाई समेट्ने गरी सर्वेक्षण भइसकेको छ ।

पहिलो चरणको सर्वेक्षणले सकारात्मक नतिजा दिएसँगै दोस्रो चरणमा ड्रिल नै गरेर अन्वेषण गर्न लागिएको हो । कात्तिक २०७६ मा तत्कालीन उद्योगमन्त्री मात्रिका यादवले दैलेख नाभिस्थानमा पेट्रोलियम पदार्थ अन्वेषण उद्घाटन गरेका थिए । यो आयोजनामा साइट क्लियरेन्स र स्थानीय तयारी बाहेक खर्च चीनले बेहोरिरहेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM