२०८२ माघ २८ गते, बुधबार ०९:२६

सानफ्रान्सिस्कोमा नेपथ्यको उस्तै उमंग

२८ साउन, सानफ्रान्सिस्को । अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ गाइसकेपछि पनि सानफ्रान्सिस्कोस्थित विशाल वारफिल्ड हलको दुवै तल्लामा खचाखच भरिएका दर्शक उल्लासमा उफ्रिरहेकै थिए ।

सुरुदेखि नृत्यरत दर्शकहरू अन्तिमसम्म पनि सँगसँगै गाउँदै नाचिरहेकै देखिन्थे ।

मञ्चमा भएका कलाकारहरू हातेमालो गर्दै बिदाइ अभिवादनका लागि दर्शक अघिल्तिर बढे । अग्रभागमा रहेको कसैले नेपाली राष्ट्रिय झण्डा हल्लाइरहेको गायक अमृत गुरुङले देखे । साथीहरूलाई यथावत् छाडेर उनी सरासर अघि बढे र त्यो झन्डा समातेर सुरुमा आफूले ओढे अनि बाँकी सदस्यलाई समेत ढाकिदिए । त्यो दृश्यले हजारौँ दर्शकबीच उत्साह र उमंगको भेल बगे जस्तो भयो ।

‘यसैगरी खुसी भएर बस्नुस्,’ अमृतले बिदाइको हात हल्लाउँदै भने, ‘नेपाली भाषा र पहिचानलाई जोगाएर बस्नुहोला है ।’

नेपथ्यले थालेको शृंखलाबद्ध अमेरिका यात्राको दोस्रो प्रदर्शन अमेरिकाको पश्चिमी तटीय सहर सानफ्रान्सिस्कोको प्रसिद्ध वारफिल्ड हलमा भव्य रूपमा सम्पन्न भएको छ ।
यस हलमा ब्यान्ड दोस्रोपटक प्रस्तुत भएको हो । अघिल्लोपटक आठ वर्षअघि नेपथ्य यसै हलमा उभिएको थियो ।

‘मैले नबुझ्ने भाषा भए तापनि असाध्यै रमाइरहेका दर्शकहरू हेरेर यो ब्यान्डको लोकप्रियता अनुमान गर्न सकिन्थ्यो,’ स्थानीय साउन्ड इन्जिनियर फ्रिवे मिग्लियोर भने, ‘मिक्सर चलाउँदै गर्दा म पनि नेपथ्यको संगीतमा झुमिरहेको थिएँ ।’

कार्यक्रममा ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’ हुँदै अगाडि बढेपछि ‘मै नाचेँ छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’बाट बिट मारिएको थियो ।

ब्यान्डको स्थापनाकालदेखि हालसम्मका नयाँ–पुराना गरेर जम्माजम्मी १७ वटा गीत प्रस्तुत गरिएका थिए ।

‘नेपथ्यको कन्सर्ट मैले झन्डै २० वर्षअघि एउटा विद्यार्थीका रूपमा भक्तपुर दरबार स्क्वायरमा हेर्ने मौका पाएको थिएँ,’ आयोजक बिन्दास इभेन्टका सुदीप थापा भन्छन्, ‘अहिले त्यसै ब्यान्डलाई निम्त्याएर यो भेगमै आजसम्मको सबैभन्दा ठूलो नेपाली कार्यक्रम प्रस्तुत गर्ने आयोजक टोलीमा सम्मिलित हुन पाउँदा जीवनभर नमेटिने गौरवपूर्ण क्षण बन्न पुगेको छ ।’

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘विश्वकै अग्ला सांगीतिक हस्तीहरू उभिएको यसै मञ्चमा दोस्रोपटक यति भव्य र सभ्य दर्शकका अघिल्तिर पाइला राख्न पाउँदा अनुगृहीत महसुस गरिरहेको छु,’ ब्यान्डका मुख्य गायक अमृत भन्छन्, ‘म यो आर्जनलाई तमाम नेपाली संगीतप्रेमीहरूप्रति समर्पित गर्न चाहन्छु ।’

कार्यक्रम अवधिभर आफ्ना सामुन्ने खुसीले रमाइरहेका र उफ्रिरहेका दर्शकतर्फ हेर्दै अमृतले बारम्बार ‘यसैगरी रमाएर बस्नुस् है’ भनेको सुनिन्थ्यो ।

अमेरिका यात्राको अघिल्ला दुई कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अबको तेस्रो प्रस्तुति ओहायो राज्यको राजधानी कोलम्बसमा हुनेछ । त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा ब्यान्डले अगस्ट १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ । यो सहर नेपथ्यका लागि पहिलो अनुभव हुनेछ ।

त्यसपछि क्रमशः डालास, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा प्रस्तुत हुनेछ । अमेरिकाका सबै कन्सर्टमा दर्शकहरूले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM