२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:१३

पार्टी निर्माणमा एमालेभन्दा कांग्रेस पछाडि

२८ साउन, काठमाडौं । प्रतिनिधि सभाको ठूलो दल भएपनि नेपाली कांग्रेसको भूमिका दोस्रो र तेस्रो दलका नेतालाई प्रधानमन्त्री बनाउनेमा सीमित देखिएको छ ।

गत २१ फागुनसम्म माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरिरहेको कांग्रेस अहिले एमाले नेतृत्वको सरकारमा सहभागी छ । कांग्रेसकै समर्थन पाएर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका हुन् ।

ओलीसँग सभापति शेरबहादुर देउवाले आलोपालो प्रधानमन्त्रीको सहमति गरेका छन् । अर्थात् सानै अन्तर भएपनि प्रतिनिधि सभाको पहिलो शक्ति बन्न सफल कांग्रेसले सत्ताको नेतृत्व भने गर्न पाएको छैन ।

घटनाक्रम विकसित हुँदै जाँदा आफ्नो समर्थनमा प्रतिष्पर्धी दलका नेता ओली प्रधानमन्त्री बन्नपुग्नुलाई कांग्रेसका  नेताहरुले राजनीतिमा विश्वासको संकट भनिरहेका छन् ।

जेसुकै कारणले होस्, सत्ता राजनीति आफ्नो पक्षमा पार्न नसकिरहेको कांग्रेस पार्टी संगठनात्मक गतिविधिमा पनि अगाडि छैन । केन्द्रीय समितिको पूर्णता र गतिविधि, भ्रातृ संस्थाहरुको निर्वाचन र गतिविधि, बैठक र निर्णयहरू, राष्ट्रिय अभियान र सदस्यता विस्तारजस्ता हरेक मानकमा कांग्रेसलाई एमालेले पछि पारिरहेको छ ।

मुख्य प्रतिस्पर्धी एमालेको तुलनामा कांग्रेस पछि रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पनि स्वीकार्छन् । ‘प्रतिस्पर्धी शक्तिसँगै हामी सरकारमा रहेकाले चुनौती धेरै छन् । पार्टी चुस्त दुरुस्त हुन सकेको छैन’, उनले भने । तर केन्द्रीय समिति बैठकपछि पार्टी सञ्चालनको पद्धतिमा सुधार आउने विश्वकर्माको विश्वास छ ।

बैठक बस्नै मुश्किल

विधानतः कांग्रेसको हरेक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हो । विधानको धारा २१ (१२) बमोजिम महामन्त्री गगन थापाले गत वर्ष साउनमा नियमित केन्द्रीय समिति बैठक बस्ने प्रस्ताव ल्याएका थिए ।

उनको प्रस्ताव बमोजिम साउन, असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बैठक बस्नुपथ्र्यो । त्यसबेला देउवाले असोज पहिलो साता बैठक बोलाएर महामन्त्री थापाको प्रस्तावलाई केन्द्रीय समितिको निर्णय बनेको घोषणा पनि गरे ।

कांग्रेस केन्द्रीय समिति बैठक

असोजमा बैठक बोलाए पनि । तर त्यसपछि देउवाले पुरानै लयमा फर्किहाले । विधान बमोजिम पूर्वनिर्धारित नभएर अनुकुलताका आधारमा गत १२ पुस, ३ फागुन, ९ जेठमा केन्द्रीय समितिको बैठक बोलाइयो ।

९ जेठको बैठक सहकारी प्रकरणमा संसदीय छानबिन समिति माग गर्ने निर्णय गराउन बोलाइएको थियो भने गत ३ फागुनको बैठक महासमिति बैठकको प्रतिवेदन अनुमोदन गर्न बसेको थियो ।

त्यसबीच कांग्रेसका पूर्वनेताहरुमा शोक प्रस्ताव पारित गर्न दुईपटक केन्द्रीय समिति बैठक बोलाइयो । पूर्वमन्त्री सूर्यमान गुरुङको निधनमा २७ बैशाख र केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको शोकमा गत २३ माघमा बैठक बस्यो ।

राजनीतिक एवं संगठनात्मक छलफल गर्नेगरी भने बल्ल बुधबार (२३ साउन) देखि केन्द्रीय समिति बैठक चलिरहेको छ ।
कांग्रेसमा केन्द्रीय समिति पछि शक्तिशाली संरचना हो, कार्यसम्पादन समिति ।

यो समितिको बैठक त हरेक महिना बस्नुपर्ने वैधानिक व्यवस्था छ । तर चौधौं महाधिवेशनपछि गत १९–२९ असार सहित मुश्किलले कार्य सम्पादन समितिको बैठक चार पटक बसेको छ ।

गत १० वैशाखको उपनिर्वाचनमा उम्मेदवार छान्न १८–२२ चैतसम्म कार्यसम्पादन समितिको बैठक बसेको थियो । त्यसअघि राष्ट्रिय सभाका १० उम्मेदवार छनोट गर्न गत २२ पुसमा बैठक बोलाइएको थियो ।

महासमितिको बैठक एकपटक बसेको छ । गत ७–१० फागुनमा महासमिति बैठक बसेको थियो । जबकी विधानले महाधिवेशनको वर्षबाहेक हरेक वर्ष महासमिति बैठक बस्नुपर्ने भनेको छ ।

केन्द्रीय सदस्य डा. गोविन्द पोखेरल विधिसंगत तरिकाले नचल्दा विधान बमोजिम समेत गतिविधि हुन नसकेको बताउँछन् । ‘कांग्रेसको निर्णय प्रक्रिया सभापतीय प्रणाली जस्तो छ । सभापतिले नचाहेसम्म केही हुन्न’, उनी भन्छन् ।

जबकी प्रतिस्पर्धी एमालेले विधानको व्यवस्था भन्दा धेरै बैठक र निर्णयहरु गरिसकेको छ । कांग्रेसको कार्य सम्पादन जस्तै एमालेमा सचिवालय कमिटी छ ।

कांग्रेससँगै महाधिवेशन गरेको (कांग्रेसले २०७८ मंसिर–पुसमा चौधौं महाधिवेशन गरेको थियो भने एमालेले यसको एक महिना अगाडि) एमालेको सचिवालय बैठक ३४ पटक बसिसकेको छ ।

एमाले सचिवालय बैठक ।

केन्द्रीय कमिटीको बैठक भने एमालेमा पनि नियमित देखिदैन । यद्यपि बर्षमा दुई पटक भन्दा बढी बसिरहेको छ । त्यसमुनिका कमिटीहरुको बैठक नियमित बसिरहेको छ । मिसन ग्रासरुट अभियानमा मात्र सबै कमिटी गरी २४ हजार बढी बैठक बसेको तथ्याङ्क एमालेले राखेको छ ।

एमालेको दाबी अनुसार, त्यसबाहेक महाधिवेशन यता सचिवालय, केन्द्रीय कार्यालय, सचिवालय, केन्द्रीय समिति, प्रदेश कमिटी सहित मातहतका कमिटी गरी दुई हजार भन्दा बढी बैठक बसेको छ ।

भूमिकाहीन विशाल पंक्ति

गत २८ असारमा बसेको सचिवालय बैठकबाट एमालेले केन्द्रीय सदस्यहरुको चौथोपटक कार्यविभाजन गरेको छ ।

महाधिवेशन सकिएको एक महिनाभित्रै पदाधिकारी सहित केन्द्रीय सदस्यहरुलाई भूगोल, गैरभूगोल र विभागहरुको जिम्मेवारी (प्रमुख/उपप्रमुख) तोकिएको थियो ।

लगभग सबै विभागले त्यसैबेला पूर्णता पाएको थियो । एमालेमा विभागका सदस्यहरु पुरानै हुने र प्रमुख मात्र फेरिने व्यवस्था छ । त्यसैले महाधिवेशन हुँदा विभाग खाली हुँदैन । थप मनोनयन भने निरन्तर चल्छ । हरेकजसो बैठकबाट एमालेले विभागमा सदस्यहरु थपिरहेको छ ।

एमालेले दोस्रोपटक कार्यविभाजन २०७९ को माघमा गरेको थियो । २०७९ मंसिरको चुनावमा अपेक्षित नतिजा नआएपछि दुई महिने मिसन ग्रासरुट (माघ २०७९ देखि वैशाख २०८० सम्म) अभियान सञ्चालन गर्नुअघि नेताहरुको जिम्मेवारीहरु हेरफेर भएको थियो ।

मिसन ग्रासरुट अभियानपछि फेरि एक वर्षे विशेष अभियान एमालेले सञ्चालन गर्‍यो । त्यसबेला नेताहरुको तेस्रोपटक जिम्मेवारी हेरफेर भयो । एक वर्षे अभियान सकिएपछि अहिले चौथौपटक एमाले नेताहरुको जिम्मेवारी हेरफेर भएको छ ।

एमालेमा सक्रिय रहेको विभागहरुको गतिविधि, अध्ययन र निष्कर्षकै आधारमा एमालेले आफ्नै अध्यक्ष प्रधानमन्त्री रहेको सरकारसँग गत ४ साउनमा एकीकृत सुझावपत्र बुझाएको थियो ।

तर चौधौ महाधिवेशन पश्चात कांग्रेसमा सबै नेताले एकपटक पनि जिम्मेवारी पाउन सकेका छैनन् । सभापति देउवाले आफ्नो अधिकार उपयोग गरी ४८ वटा रहेको विभाग संख्या बढाएर ७० पुर्‍याउने तयारी गरेका छन् ।

पाँच पटक गरी सभापति देउवाले ५५ विभागका प्रमुख तोकेका छन् । तर अधिकांशमा विभागमा प्रमुख मात्रै छन्, सदस्य नै छैन ।

जबकी महाधिवेशन सकिएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था छ । हरेक विभागमा प्रमुखसहित बढीमा ५१ जना मनोनित हुने व्यवस्था हुँदा ३५ सय बढी नेताहरु समेटिने थिए । तर १५औं महाधिवेशन आउन डेढ वर्ष बाँकी रहँदा विभागहरुले पूर्णता पाउन सकेका छैनन् ।

तदर्थ नेतृत्व

एमालेले आफ्ना २३ वटै जनसंगठनहरुको राष्ट्रिय सम्मलेन विशेष अभियानकै रुपमा सम्पन्न गरेको थियो । धेरैजसोको नेतृत्व परिवर्तन भएको छ । कतिपय जनसंगठनहरु फेरि राष्ट्रिय सम्मेलनको तयारीमा छन् ।

मिसन–०८४ को अभियान सञ्चालन गरिरहेको एमालेले जनसंगठनहरुलाई सम्पूर्ण ध्यान केन्द्रित गर्न निर्देशन दिएको छ । त्यसैअनुसारको गतिविधिमा नेताहरु सक्रिय छन् ।

सहकारीको रकम अपचलनमा संलग्नलाई कारबाहीको माग गर्दै कांग्रेसले निकालेको जुलुस ।

तर कांग्रेसको १३ मध्ये दुईवटा भ्रातृ संगठनले मात्र अधिवेशन गरेका छन् । १० वटा तदर्थ समितिबाट चलिरहेको छ भने एउटामा तदर्थ समिति पनि छैन ।

कांग्रेसमा अधिवेशन गर्ने भातृ संस्थाहरु लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र मुस्लिम संघ मात्र हुन् भने ठाकुर संघको तदर्थ समिति पनि छैन ।

महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई पटक पटक अवधि थपिँदै आएको छ । नियमित अधिवेशन नभएपछि कांग्रेसले निर्देशक समिति बनाउने निर्णय गरिसकेको छ ।

महामन्त्री थापाले निर्देशक समितिको प्रस्ताव पनि ल्याएका छन् । यो समितिले महाधिवेशन गर्न सहजीकरण र समन्वय गर्नेछ । ‘छिटो भन्दा छिटो भ्रातृ संस्थाको अधिवेशन गरिहाल्नुपर्नेछ । सबै संगठनलाई पूर्ण बनाएर अलि गतिशील बनाउनुपर्नेछ’, प्रचार विभाग प्रमुख विश्वकर्मा भन्छन् ।

घोषणामा सीमित अभियान

कांग्रेसले अघिल्लो वर्ष सदस्यता र क्रियाशील सदस्यता वितरण अभियान चलाउने निर्णय गरेको थियो । २०८० को भदौ, असोज र कात्तिकलाई क्रियाशील सदस्यता नवीकरणको महिना पनि भनियो । तर यो अभियानबाट उल्लेख्य उपलब्धि भएको देखिएन ।

किनकि अहिले कांग्रेसको सूचीकृत सदस्य संख्या ८ लाख ७० हजार छ । अढाई वर्ष अघिसम्म भएको चौधौं महाधिवेशनमा यो संख्या ८ लाख ५२ हजार ७११ थियो । अर्थात् कांग्रेसमा बढेको सदस्यता संख्या १७ हजार हाराहारी मात्र छ ।

एमालेले भने यो अवधिमा सदस्यता विस्तार भन्दा पनि शुद्धिकरण अभियान चलायो । चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनका बेला ८ लाख बढी सदस्य रहेको दाबी गरेको एमालेले २०७९ मंसिरको आमचुनाव पछि अढाई लाखको मात्र अभिलेख राख्यो ।

सक्रिय पार्टी सदस्यलाई मात्र राख्ने अभियान अन्तर्गत अढाइ लाखमा झरेको एमाले यो डेढ वर्षे अधिवेशनमा दोब्बर भन्दा बढी संख्यामा पुगेको छ ।

गत असारसम्म एमालेमा संगठित सदस्यता लिने संख्या साढे पाँच लाख रहेको स्थायी कमिटी सदस्य भानुभक्त ढकाल बताउँछन् । ‘हामी डेढ वर्षभित्रै साढे पाँच लाख पुगेका छौं । आगामी महाधिवेशनसम्म दश लाख पुग्ने योजना छ’, ढकाल भन्छन् ।

उनका अनुसार, जनसंगठनहरुमा आवद्ध २३ लाख सदस्यलाई प्रशिक्षण गरेर पार्टी सदस्यता दिइने योजना एमालेले बनाएको छ ।

सदस्य विस्तार जस्तै कांग्रेसले घोषणा गरेको अरु अभियानहरु पनि सञ्चालन हुन सकेन । कांग्रेसले संगठन सुदृढीकरणका लागि अघिल्लो साउनदेखि यो असार मसान्तसम्म ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने निर्णय गरेको थियो । यो अभियानबाट ५ देखि ७ लाख पार्टी सदस्य थपिने उद्देश्य राखिएको थियो ।

कांग्रेसको अर्को अभियान थियो, संगठन सुदृढीकरण । यो अभियान अघिल्लो वर्ष २० साउनदेखि १ भदौसम्म चल्नुपर्ने थियो । यसपछि १०–२४ भदौसम्म ‘समुदायसँग संवाद’ र १५ मंसिरदेखि १५ माघसम्म (दुई महिना) ‘घरघरमा कांग्रेस अभियान’ चलाउने निर्णय भएको थियो । पहिलो चरणको अभियान सफल नै भयो । दोस्रो अभियान बीचमा रोकियो भने तेस्रो अभियान हुन सकेन ।

जबकी एमालेले यो अवधिमा संगठन सृदृढीकरणबाहेक ‘मिसन ग्रासरुट’, मध्यपहाडी संकल्प यात्रा जस्तो अभियान समेत सञ्चालन गर्‍यो ।

मध्यपहाडी लोकमार्ग यात्रामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

एक हजार ८७९ किलोमिटर लामो मध्यपहाडी संकल्प यात्रा (१४ मंसिरदेखि १ पुस २०८० सम्म) बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म चलेको थियो ।

ओलीकै नेतृत्वमा निस्किएको यो यात्राका क्रममा २६ जिल्लाका ४० भन्दा बढी ठाउँमा सभा भयो । थुप्रै साना सभा र लाखौं मासिनसँग जमघट गरेको एमालेको दाबी छ ।

अपूर्ण समिति, सधैंको नियति

गत १८ साउनमा बसेको सचिवालय बैठकबाट एमालेले गुरुप्रसाद बराललाई केन्द्रीय उपाध्यक्ष पदमा चयन गरेको छ । गत वर्ष भदौमा सुवास नेम्वाङको निधन भएपछि रिक्त पदमा बराललाई मनोनीत गरिएको हो ।

बराल उपाध्यक्ष भएसँगै एमालेको पदाधिकारी पूर्ण भएको छ । यही बैठकबाट मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठ स्थायी कमिटी सदस्य मनोनीत भए । नेम्वाङको निधन र मणि थापाले राजीनामा दिएकाले रिक्त स्थायी कमिटीमा न्यौपाने र श्रेष्ठको मनोनयनपछि पूर्णता पाएको छ । सँगै अरु पार्टीबाट प्रवेश गरेका सहित १६ जना केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

रिक्त भएका स्थान र अरु पार्टीबाट आउनेहरुको कोटामा एमालेले यस्तो निर्णय गरेको हो । नत्र पार्टी कमिटीलाई पूर्णता दिने काम एमालेले दशौं महाधिवेशन सकिएको १० दिनभित्रै (२६ मंसिर २०७८ मा) गरेको थियो ।

तर सँगै महाधिवेशन गरेको कांग्रेसमा भने अहिलेसम्म पदाधिकारी, केन्द्रीय समिति, केन्द्रीय कार्य सम्पादन समिति लगायत संरचना अपूर्ण छ ।

चारपटक सदस्य मनोनीत गर्दा सभापति देउवाले बल्ल १६८ सदस्यीय केन्द्रीय समिति बनाएका छन् । १३५ जना महाधिवेशनबाटै निर्वाचित भएका थिए । बाँकी ३१ जना मनोनीत गर्न चारपटक लाग्यो भने थप दुई जना केन्द्रीय सदस्यको पद रिक्त छ ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको संख्या पुर्‍याउन अझ देउवाले दुई जना थप्नुपर्नेछ । महाधिवेशनलगत्तै मनोनीत हुनुपर्ने कोषाध्यक्ष पद अहिलेसम्म खाली छ । ४६ सदस्यीय कार्य सम्पादन समिति हुनुपर्नेमा अहिले ३७ जना मात्र छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM