२०८२ माघ २८ गते, बुधबार ०९:३२

राजनीतिक नेतृत्वसँग परिचय गर्न ‘म्याराथन’ भेट

२८ साउन, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपालका उच्च राजनीतिक नेतृत्वसँग ‘म्याराथन’ भेटवार्ता  सकेर नयाँदिल्ली फर्किएका छन् ।

विदेश सचिव मिश्री परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा आइतबार विहान काठमाडौं ओर्लिएका थिए । विदेश सचिवका रुपमा पहिलो पटक नेपाल आएका मिश्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजनीतिक भेट थालेका थिए ।

सोमबार दिउँसो नेपाल छोड्नुअघि फेरि सिंहदरबार पुगे । उनले परराष्ट्रमन्त्री आरजु देउवा राणा र विदेश सचिव सेवा लम्सालसँग छुट्टा–छुट्टै भेटवार्ता गरे ।

नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले राजनीतिक नेतृत्वसँग ‘म्याराथन’ भेटवार्ताहरु गरे । आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

आइतबार साँझ प्रमुख दलका दोस्रो तहका नेताहरुलाई पाँचतारे होटलमा बोलाएर सामूहिक भेटवार्ता गरे ।

भारतीय विदेश मिश्रीले रात्रीभोजका लागि कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलका नेताहरुलाई याक एण्ड यति होटलमा साँझ ७ः३० बजे बोलाएका थिए । एक सहभागीका अनुसार विदेश सचिव मिश्री केहीबेर ढिला पुगेका थिए । विदेश सचिव डिनर निम्तो मान्न पुगेका नेताहरु एक अर्कालाई देख्दा अप्ठ्यारो मान्ने अवस्था थियो ।

राजदूतसँगको डिनर भेटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वउपसभापति विमलेन्द्र निधिलगायत, नेकपा एमालेबाट प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल, उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य राजन भट्टराई लगायत पुगेका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवहरु वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक प्रवक्ता मनिष झालगायतका नेताहरु होटल याक एण्ड यती पुगेका थिए ।

विदेश सचिव मिश्राले सोमबार भने सिंहदबारमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी लगायतलाई मन्त्रालयमै पुगेर भेटे ।

अनि परराष्ट्रमन्त्री र सचिवलाई भेटेर दिल्ली फर्किए । नेताहरुका अनुसार विदेश सचिव भएपछि पहिलो पटक नेपाल आएका मिश्रीको यो आफ्नो भ्रमण परिचय गराउने नै उद्देश्यले भएको देखिन्छ । ‘विदेश सचिव भएपछि छिमेकी देशहरुलाई प्राथमिकतामा राखेर भ्रमण गर्ने परम्परा छ, उहाँको यो भ्रमण पनि परिचयात्मक भ्रमण हो’, एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई भन्छन् ।

आइतबार साँझ दलका नेताहरुको डिनर मिटिङमा छोटो सम्बोधनका क्रममा मिश्री स्वयंले पनि त्यही भनेका थिए ।

२००७ मा प्रणव मुखर्जी विदेशमन्त्रीका रुपमा नेपाल आएका बेला आफू पनि भ्रमण टोलीमा रहेको स्मरण गर्दै उनले भनेका थिए, ‘विदेश सचिव भएपछि भुटान गएँ, त्यसपछि नेपाल आएको छु । म आफूलाई परिचय गराउन आएको हुँ ।’

सन् १९८९ मा भारतको विदेश मामिला सेवामा प्रवेश गरेका उनले कहिल्यै नेपालमा काम गरेका छैनन् । अघिल्ला भारतीय विदेश सचिव विनयमोहन क्वात्रा भने नेपालका लागि भारतीय राजदूत रहेकै बेला बढुवा भएका थिए ।

मिश्री भने लामो समय प्रधानमन्त्रीको सचिवालयमा रहेर काम गरे । उनले प्रधानमन्त्री आईके गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवका रुपमा काम गरेका छन् । युरोप, अफ्रिका, एसिया र उत्तर अमेरिकाका विभिन्न मिसनमा काम गरेका २०१९ जनवरीदेखि २०२१ डिसेम्बरसम्म भारतका लागि चीनका राजदूत थिए । यसपछि डेपुटी राष्ट्रिय सुरक्षा सल्लाहकार रहे, अनि विनयमोहन क्वात्राले अवकाश पाएपछि विदेश सचिव बने ।

विदेश सचिवका रुपमा भुटानपछि नेपाल आएका उनले नेताहरुलाई भेटेर आफ्नो परिचय मात्र गराएका छैनन्, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई समेत बुझ्ने कोशिस गरेको नेताहरु बताउँछन् ।

खासगरी कांग्रेस र एमालेबीच १७ असारमा भएको नयाँ गठबन्धन भारतको संस्थापन पक्षका लागि अनपेक्षित थियो । एक नेता भन्छन्, ‘यो भ्रमणमा उनले नेपालको राजनीति अब कसरी अगाडि बढ्छ भन्ने बुझ्ने प्रयास चाहिँ गरेका छन् ।’

परराष्ट्र मन्त्रालयका अनुसार दुई देशको विदेश सचिवबीच भएको भेटका क्रममा ऊर्जा, डिजिटल कनेक्सन, कृषि, पर्यटन, व्यापार तथा पारवहन सहकार्यबारे छलफल भएको छ । ‘दुई विदेश सचिव द्वीपक्षीय संयन्त्रहरुमार्फत सहकार्यलाई अझ घनिभूत बनाउन सहमत भएका छन्’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

भारतको विदेश मन्त्रालयले पनि सोमबार विज्ञप्ति जारी गरेर परराष्ट्र सचिव मिश्रीको नेपाल भ्रमणका क्रममा दुई पक्षीय सहयोगको सन्दर्भमा भएका प्रगति विवरणबारे समीक्षा भएको उल्लेख गरेको छ ।

‘कनेक्टिभिटीका भौतिक, डिजिटल र उर्जाका साथै नागरिक स्तरका द्विपक्षीय सहयोगमा पछिल्ला वर्षमा सन्तोषजनक प्रगति हासिल भएको दुवै पक्षले उल्लेख गरेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘सडक, पुल, एकीकृत जाँच चौकी, सीमा पार रेलवे र पेट्रोलियम पाइपलाइनसम्मबारे छलफल भएको छ ।’

दुवै पक्षले उर्जाको क्षेत्रमा सहकार्यका लागि भइरहेको प्रगतिप्रति प्रशंसा गरेको समेत भनिएको छ । ‘जलविद्युत् निर्यातको क्षेत्रमा भएको कयौं गुणा वृद्धिले नेपालका लागि राजश्व र भारतका लागि स्वच्छ उर्जाको अतिरिक्त स्रोत सिर्जना गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ मा अति कम विकसितबाट विकासशील राष्ट्रमा स्तररोन्नती हुन लाग्नुमा उर्जा क्षेत्रको सहकार्यबारे पनि चर्चा भएको छ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM