२०८२ फाल्गुन १ गते, शुक्रबार ०७:११

भुटानी क्लब पारोले उठायो दशरथ रंगशालामाथि प्रश्न

२८ साउन, काठमाडौं । एएफसी च्यालेन्ज कप प्लेअफमा मंगलबार नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब र भुटानी लिग च्याम्पियन पारो एफसीबीच दशरथ रंगशालमा खेल हुँदैछ ।

करिब ९ महिनापछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल हुँदा मैदानको विषयलाई लिएर प्रश्न उठेको छ । काठमाडौंको दशरथ रंगशालामा २ मंसिर २०८० मा नेपाल र यमनबीच खेल भएदेखि अन्तर्राष्ट्रिय खेल भएको छैन ।

यस बीचमा मैदानको अवस्था खेल्नलायक नभएकैले नेपालको राष्ट्रिय टोलीले दशरथ रंगशालामा खेल्नुपर्ने दुईवटा खेल खेल्न पाएन । फिफा विश्वकप छनोट अन्तर्गत नै बहराइन र युएईविरुद्धको खेल नेपालले न्यूट्रल भेन्यूमा खेलेको थियो ।

एसियाली फुटबलम महासंघ (एएफसी) ले दशरथ रंगशालको पिच कन्डिसन, सुरक्षा स्थिति र फ्लडलाइडको विषयमा प्रश्न उठाएपछि नेपाल घरेलु मैदानमा खेल्नबाट बञ्चित भएको थियो ।

एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल खेलाउनको लागि स्वीकृति प्रदान गरेपछि चर्च ब्वाइज र पारो एएफसीबीच दशरथ रंगशालामा फुटबल हुन लागेको हो ।

तर भुटानी टिम पारोका प्रशिक्षक पुष्पलाल शर्माले भने दशरथ रंगशालामा खेल्न आफूहरुलाई अफ्ठ्यारो हुने बताएका छन् । सोमबार आयोजित प्रिम्याच कन्फ्रेन्समा उनले भने, ‘पहिलो चुनौती यहाँको मौसम कन्डिसनमा छ । यस्तै ग्राउण्डको पनि चुनौती छ । हिजो ट्रेनिङमा पनि चुनौती भयो ।’

आइतबार प्रशिक्षणपछि पारोका जापानी खेलाडी केसुके होन्डाले प्रशिक्षणस्थल एकदमै खराब रहेको बताएका थिए । सुरुमा पारोले भद्रकालीस्थित नेपाली सेनाको मैदानमा प्रशिक्षण गर्ने तय थियो । तर समयमा मैदान तयार नभएपछि पारोले दशरथ रंगशालामा अभ्यास गरेको थियो ।

होन्डाले बोलेको सार्वजनिक भिडियोमा भने उनले अभ्यासस्थल खराब रहेको भनेका छन् । ‘जब म सुरुमा आएँ । यो जोकजस्तो लाग्यो । १०० जना जति मानिस काम गर्दै थिए । अचम्म लाग्यो यसमा हामीले खेले कस्तो होला’, उनले टिकटकमा भनेका छन् ।

उनले जापानिज भाषामा बोलेको अभिव्यक्ति अंग्रेजीमा उल्था गरेर भिडियोमा राखिएको छ । ‘म खुशी छु कि त्यसपछि हामीले म्याच खेल्ने मैदानमै प्रशिक्षण गर्न पायौं, उनले भिडियोमा भनेका छन् ।

दशरथ रंगशालाको बारेमा सोधिएको प्रश्नमा उनले यो आफूले विगतमा खेलेको मैदान भन्दा फरक रहेको बताएका छन् । ‘विगतमा खेलेको पिचसँग म तुलना गर्न चाहन्न । कम्प्लेन गरेर हुँदैन । म तयार हुनुपर्छ । हामीले यो पिच शतप्रतिशत प्रयोग गर्न सक्छौँ जस्तो लाग्दैन’, होण्डाले भनेका छन् ।

सोमबार प्रिम्याच कन्फ्ररेन्समा पारोका प्रशिक्षक पुष्पलाल शर्मालाई टिममा स्टार खेलाडी हुँदा के फाइदा हुन्छ भनेर प्रश्न गर्दा उनले खेलाडी राम्रो भएपनि मैदान राम्रो भएन भने त्यसले असर गर्ने बताएका थिए ।

‘मेरो लागि क्लालिबर प्लेअरको भन्दा टिम बन्डिङ महत्वपूर्ण हो । टिमको कोअर्डिनेस मुख्य कुरा हो । त्यो हामीले गरिरहेका छौं । एउटै अपसेट हुने कुरा के हो भने होन्डाले लाइफमा खेलेकोमध्ये सबैभन्दा वर्स्ट फिल्ड भनेका छन्’, प्रशिक्षक शर्माले भनेका छन् ।

चर्च ब्वाइज क्लबले पनि खेलअघि दशरथ रंगशालामा प्रशिक्षण गर्न पाएको छैन । चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनले दशरथ रंगशालामा खेलअघि प्रशिक्षण गर्न नपाउँदा फरक पर्ने बताए ।

उनले आफ्नो टिमले प्रशिक्षण गरेको स्थान भने राम्रो नरहेको बताए । चर्च ब्वाइजका कप्तान अनन्त तामाङले भने दशरथ रंगशालामा यसअघि खेलिसकेकाले लामो समयपछि त्यहाँ खेल्दा फरक नपर्ने बताए ।

एएफसीले च्यालेन्ज कपका लागि दशरथ रंगशालाको निरीक्षण गरेर नै खेल्नको लागि स्वीकृति दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले बताए ।

‘एएफसीले इभेन्ट हुँदा आएर परीक्षण गर्ने हो । यो इभेन्टलाई उसले स्वीकृत गर्‍यो । अर्को इभेन्ट आउँदा फेरि निरीक्षण हुन्छ’, राईले भने ।

राष्ट्रिय खेलकुद परिषद राखेपले एक वर्षको सुरक्षा सर्टिफिकेट उपलब्ध गराएपछि एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेलका लागि स्वीकृति दिएको राईले बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले अहिले दशरथ रंगशालाको अवस्था धेरै राम्रो भएको बताए । ‘एएफसीले निरीक्षण गरेर नै दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय खेलका लागि स्वीकृति दिएको छ । अहिले मैदानको अवस्था धेरै राम्रो भएको छ ।’

च्यालेन्ज कप प्लेअफ पछि एन्फाले दशरथ रंगशालामा दक्षिण एसियाली फुटबल महासंघको कार्यक्रम अनुसार साफ यू-२० च्याम्पियनसिप आयोजना गर्दैछ । उक्त च्याम्पियनसिप भदौ २ देखि १२ गतेसम्म हुनेछ ।

यस्तै अक्टोबरमा काठमाडौंमै साफ महिला च्याम्पियनसिप पनि हुने तय छ । त्यसअघि सेप्टेम्बरमै एसिया रग्बीको कार्यक्रम अनुसार दुई वटा अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता पनि दशरथ रंगशालामै आयोजना हुँदैछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM