२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:३५

३ वर्षमा विदेशबाट फर्काइए ४ हजार नेपाली

२८ साउन, काठमाडौं । पछिल्लो तीन वर्षमा चार हजार नेपाली विदेशबाट फर्काइएका छन् । वैदेशिक रोजगार, अध्ययन लगायत विभिन्न कामका लागि विदेश पुगेका नेपालीमध्ये सन् २०२१ देखि २०२४ अगस्ट ६ सम्म तीन हजार ९३७ जना स्वदेश फर्काइएका अध्यागमन विभागले जनाएको छ ।

विभागका निर्देशक प्रेमप्रसाद दाहालका अनुसार विदेश पुगेका नेपालीहरु सम्बन्धित देशको अध्यागमनबाट प्रवेश अस्वीकार भएर र गैरकानुनी क्रियाकलापका कारण नेपाल फर्काइउका छन् ।

हरेक वर्ष विदेशबाट फर्काइने नेपालीहरुको संख्या बढ्दो छ । विभागका अनुसार सन् २०२१ मा ८७९ नेपालीहरु फर्काइएका थिए । सन् २०२२ मा यो सख्या बढेर १ हजार १६६ पुग्यो ।

सन् २०२३ मा भने १ हजार ४४२ नेपालीहरु फिर्ता फर्काइए । २०२४ को सात महिनामा ४८९ जना नेपालीहरु फर्काइएका छन् । यो डिपोर्ट गरिने र अध्यागमनबाट फर्काइने दुवैको तथ्याङ्क हो ।

कुन देशमा कति ?

पछिल्लो तीन वर्षमा नेपालको प्रमुख श्रम गन्तव्य युएईबाट ७९९, साउदी अरेबियाबाट ५०३, मलेसियाबाट ३८९, कतारबाट १८० जना स्वदेश फर्काइएका छन् । ‘जुन देशमा नेपालीहरु धेरै गएका छन्, त्यही देशहरुबाटै फर्काइनेको संख्या धेरै छ’, निर्देशक दाहाल भन्छन् ।

पछिल्लो तीन वर्षमा टर्कीबाट २५७, जापानबाट १८०, दक्षिण कोरियाबाट १४९, युक्रेनबाट १२४, रसियाबाट १०७, रोमनियाबाट ९४, अमेरिकाबाट ९३, क्रोएसियाबाट ७८ र साइप्रसबाट ८९ जना नेपाली फर्काइएका छन् ।

किन फर्काइन्छन् ?

अध्यागमन विभागका अधिकारीहरुका अनुसार विभिन्न देश पुगेकाहरु स्वदेश फर्काइनुको कारण एउटा मात्र हुँदैन । नेपालबाट अध्ययन तथा रोजगारीका लागि विदेश पुगेका कतिपय नेपालीहरु नक्कली भिसा, कागजात नपुगेमा वा शंकास्पद लागेमा पनि अध्यागमनबाटै स्वदेश फर्काइन्छन् । त्यसलाई प्रवेश अस्वीकार भनिन्छ ।

अध्यागमन अधिकारीहरु भन्छन्, ‘नेपालको अध्यागमनबाट गएमात्र नेपालीहरु विदेश छिर्न पाउँछन् भन्ने हुँदैन । शंकास्पद भएका उनीहरु सिधै नेपाल फर्काइन्छन् ।’

त्यस्तै डिपोर्ट गरेर पनि नेपालीहरुको संख्या पनि ठूलो छ । विभिन्न मुलुकमा पुगेर गैरकानुनी काम गरेकाहरु सिधै डिपोर्ट गरेर नेपाल फर्काइन्छन् । निर्देशक दाहालका अनुसार अपराधिक क्रियाकलापमा संलग्न, देशको नियम कानुन उल्लंघन, भिसा सकिएर (ओभर स्टे) बसेका, गैरकानुनी रुपमा प्रवेश गरेकाहरु पनि डिपोर्ट गरिन्छन् ।

‘डिपोर्ट हुनेमा अधिकांश भिसा सकिएर बसेका ‘ओभर स्टे’ र गैरकानुनी रुपमा प्रवेश गरेका हुन्छन्’ उनी भन्छन्, ‘कतिपय चाहिँ हत्या, हिंसा, चोरी, लुटपाट, लागूऔषध कारोबारजस्ता आपराधिक क्रियाकलपमाहरुमा संलग्न भएका कारण डिपोर्टमा पर्छन् ।’

पछिल्लो समय युरोप तथा अमेरिका अवैध रुपमा प्रवेश गर्न खोज्नेक्रममा धेरै नेपाली स्वदेश फर्काइएका छन् ।

खास गरी मानव तस्करहरुको सहयोगमा गैरकानुनी रुपमा विभिन्न मुलुक प्रवेश गर्न खोज्ने धेरै नेपाली फर्काइएका नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले बताएको छ ।

पछिल्लो समय विभिन्न देशको बाटो हुँदै अवैध रुपमा अमेरिका पुगेका नेपालीहरु धेरै डिपोर्ट भइरहेका ब्यूरोका प्रहरी उपरीक्षक गौतम मिश्र बताउँछन् । उनका अनुसार पछिल्लो पाँच वर्षमा मात्र २०० नेपालीहरु अमेरिकाबाट डिपोर्ट भएका छन् । ‘यसरी डिपोर्ट हुनेमा अधिकांश अवैध रुपमा अमेरिका प्रवेश गरेकाहरु छन्’, उनले भने ।

यसरी डिपोर्ट भएकाहरुलाई अमेरिकाले बिमान चढाएर नेपाल पठाउने गरेको छ ।

ब्यूरोका अनुसार अवैध बाटोबाट नेपालीलाई अमेरिका पठाउन मानव तस्करले भारत–युएई–टर्की–स्पेन–ब्राजिल–पेरु–इक्वेडर–कोलम्बिया–पानामा–कोष्टारिका–निकारागुआ–होण्डुरस–ग्वाटेमाला–मेक्सिको रुट प्रयोग गर्दै आएका छन् । कति नेपालीहरु अमेरिका पुग्न प्रयोग यी मुलुकबाट समेत फर्काइएका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM