२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:१३

केवलकार बन्द हुँदा मनकामनामा ६० प्रतिशत भक्तजन घटे

२८ साउन, गोरखा । मर्मत सम्भारका लागि भन्दै गत असार ३१ गतेदेखि मनकामना केवलकार बन्द छ । बन्दका कारण मन्दिर आउने भक्तजनको संख्या ह्वात्तै घटेको छ ।

तुलनात्मक रुपमा करिव ६० प्रतिशतले भक्तजन घटेको मनकामना मुल पुजारी इन्सान थापा मगरले बताए । ‘यो बर्षाको समय अफसिजन भएकाले अन्य महिनाजस्तो भक्तजनको चाप त हुदैन’, उनले भने, ‘तर पनि पोहोरको तुलनामा अहिले ६० प्रतिशतले भक्तजन घटेका छन् ।’

शनिबारबाहेक अन्य दिन दैनिक एक सय जना भक्तजन पुग्न पनि मुश्किल हुने गरेको उनले जानकारी दिए । उनका अनुसार शनिबार पनि दुई तीन सय जना मात्र भक्तजन हुने गरेका छन् । केवलकार खुलेको बेला यो सिजनमा कम्तिमा एक हजार भक्तजन आउने गरेको उनी बताउँछन् ।

भक्तजनको संख्यामा मात्र होइन केवलकार बन्दको प्रभाव मनकामना क्षेत्रको व्यापार व्यवसायमा पनि परेको छ । भक्तजन कम भएकै कारण अहिले अधिकांश रेष्टुरेष्ट तथा लजहरु बन्द छन् ।

‘केवलकारको माथिल्लो चेरेसदेखि मन्दिरसम्म पुग्ने बाटोका करिव शत प्रतिशत होटलहरु बन्द छन्’, गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइका संस्थापक अध्यक्ष दिनेश जोशीले भने, ‘केवलकार बन्द भएपछि त्यो बाटो भक्तजन हिँडेका छैनन्, त्यसमाथि पनि अहिले केवलकार नचलेपछि मन्दिरमा पनि खासै मान्छे देखिएको छैन ।’

अधिकांश व्यवसायी होटलको मर्मत संहारमा जुटेको उनले जानकारी दिए । मोटरबाटोबाट पुरानो बजार हुँदै मन्दिर पुग्ने बाटोका केही पसलहरु भने खुला रहेको उनले बताए । केवलकार बन्द भएकाले अहिले मन्दिर जाने भक्तजनले सडक मार्ग प्रयोग गरेका छन् । पक्की सडक नभएका कारण पनि मन्दिर आउने भक्तजनको कमी भएको जोशी बताउँछन् ।

‘रामशाहघाटको बाटो कालोपत्रेका लागि भनेर अहिले बन्द गरेको छ, मनकामना जाने अरु कच्चि सडकहरु पनि बर्षाले बिगारेको भएर भक्तजनहरु गाडी बाटो प्रयोग गर्न खासै मन्दिर जान खोज्दैनन्’, उनले भने ।

भक्तजनको कमी भएसँगै व्यापार व्यवसाय ठप्प बनेको गोरखा उवासंघ मनकामना बजार इकाइका अध्यक्ष लिलाम्बर थापाले बताए । केवलकार बन्दको प्रभावले मनकामना क्षेत्र सुनसान बनेको उनले जानकारी दिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM