२०८२ माघ २८ गते, बुधबार ०९:१०

अनलाइनखबरले छान्यो ४० वर्ष मुनिका ४० युवा

२८ साउन, काठमाडौं । १२ अगष्ट अर्थात् अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा अनलाइनखबरडटकमले नेपालका४० वर्ष मुनिका ४० प्रभावशाली युवाको सूची सार्वजनिक गरेको छ ।

यो सूचीमा राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ४० युवाहरु छन् ।

अन्तिम सूची तयार हुनुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका  ब्युरोहरूबाट सम्भावित व्यक्तिहरूको नामावली सहितको प्रारम्भिक सूची तयार गरेको थियो । यसमा समाचार कक्ष बाहिरका कतिपय विज्ञ र स्रोतहरूबाट समेत सुझाव र सहयोग मागिएको थियो ।

यसरी तयार भएको १५० माथिको सूचीलाई विभिन्न विधा (राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा) र स्पष्ट मापदण्ड तय गरी ८० मा झारिएको थियो ।

अनि तयार भएको ८० जनाको सूचीलाई स्वतन्त्र जुरीसमक्ष प्रस्तुत गरेको थियो । १७ र २१ असार २०८१ मा बसेको जुरीको बैठकको निर्णय बमोजिम ४० वर्ष मुनिका ४० युवाको अन्तिम सूची तयार गरिएको हो ।

अन्तिम नाम छनोट गर्ने जुरीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल सिन्हा, संयोजक, पूर्व बैंकर तथा नेपाल प्राइभेट इक्विटी एशोसिएसनका अध्यक्ष सिद्धान्तराज पाण्डे, त्रिभुवन विश्वविद्यालय समाजशास्त्र संकायकी उप–प्राध्यापक नीति अर्याल खनाल र अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए । र, ‘४० मुनिका ४०’ को संयोजन गरेका थिए अनलाइनखबरका विचार सम्पादक सुदर्शन खतिवडाले ।

जुरीले ४० जनाको नाम छनोट गर्दा पहुँच बाहिरको परिस्थितिका कारण कोही उपलब्ध हुन नसकेमा वा कसैले अनिच्छा देखाएमा वैकल्पिक सूचीका नाम मध्येबाट छनोट गर्न पाउने गरी ४ जनाको वैकल्पिक सूची पनि छनोट गरेको थियो ।

समाजका विभिन्न क्षेत्रमा प्रभावकारी नतिजा दिएर क्रियाशील भइरहेका युवाको पहिचान तथा उनीहरुको विशिष्ट योगदान र सामाजिक प्रभावलाई मुलुककै उपलब्धिको रूपमा सार्वजनिक अभिलेखमा राख्नु ‘४० प्रभावशाली युवा’ छनोटको उद्देश्य रहेको अनलाइनखबरडटकमका प्रधानसम्पादक शिव गाउँलेले जानकारी दिए ।

‘हिजोआज मुलुकमा केही गर्न सकिन्न र यहाँ केही गर्ने वातावरण नै छैन भन्ने भाष्य बनाउन खोजिएको छ, त्यो सही होइन भन्ने यो सूचीले पुष्टि गर्छ’ प्रधानसम्पादक गाउँलेले भने, ‘हो, हाम्रा थुप्रै नीतिगत र व्यावहारिक समस्या छन्, तर पनि राजधानीदेखि कुनाकन्दरासम्म थुप्रै युवाहरु आफ्नो पौरखमा रमाइरहेका छन्, यो सूची त्यसको प्रमाण हो ।’

४० प्रभावशाली युवा छनोटका लागि विभिन्न मापदण्ड बनाइएको थियो । ती मापदण्ड यस्ता थिए–

१. पछिल्ला एक वर्षमा समाज रूपान्तरणका लागि विशिष्ट काम गरेका ४० वर्षभन्दा तलका युवा पहिचान गरिएको ।

२. समाजलाई प्रोत्साहन गरिरहेका, आफ्नो कर्म/सोचद्वारा प्रेरित र तरङ्गित गरिरहेका, जसको कथाले समाजको उल्लेख्य हिस्सालाई ठूलो मात्रामा सकारात्मक प्रभाव पार्न सक्छ, त्यस्ता युवा ।

३. कुनै खास क्षेत्रमा उल्लेखनीय काम र निरन्तर संघर्षद्वारा समाज र समुदायमा अद्वितीय/विशिष्ट योगदानकर्ता युवा ।

४. प्रचलित कुरीति र हानिकारक तथा गलत परम्परागत मान्यतालाई चुनौती दिएर समाजलाई लाभ पुर्‍याएका युवा ।

५. समाजमा इन्नोभेटिभ आइडिया दिएका, असल अभ्यासकर्ता जसको योग्य कामले पनि मूलप्रवाहको ध्यानाकर्षण गर्न सकेको छैन, त्यस्ता युवा ।

६. नेपाली समाजको विविधता झल्किने, उमेर र भूगोल समेतलाई ख्याल गरेर छनोटमा परेका युवा ।

हामीले जुन अभ्यास गर्‍यौं, यस्तो अभ्यास अन्यत्र पनि छ । व्यवसाय क्षेत्रका परिवर्तनकर्ताहरू, सफल अभ्यासको नेतृत्वकर्ता, कुनै पनि क्षेत्रको दूरदर्शी नेतृत्व, चुपचाप प्रगति गरिरहेकाहरू, रूपान्तरणकारी योजनामा कार्यरत, हाम्रो देशको भविष्यलाई आकार दिन मद्दत गरिरहेका प्रेरणादायी युवाहरू यो छनोटमा परेका छन् ।

हाम्रो यो प्रयासले व्यक्तिगत प्रतिबद्धता र व्यावसायिक सफलतालाई मात्रै उजागर गर्ने होइन, उनीहरूका परोपकारी काम र त्यसले समाजलाई दिइरहेको सन्देश समेत बाहिर आउन पाओस् भन्ने चाहना राखेका छौं ।

हामी आगामी वर्षहरूमा पनि यस्ता युवाहरूको खोजी गर्दै रहनेछौं । तपाईंको सुझाव यसमा अपेक्षित छ ।

१२ अगस्ट अर्थात् अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना ! हामी जुनसुकै उमेर समूहका हौं, यी र यस्ता अनेकौं ‘चेन्जमेकर’ युवाहरूलाई स्याबासी दिऔं, उनीहरूबाट ऊर्जा र प्रेरणा लिऔं । ४० भित्र नपरे पनि समाजलाई निरन्तर मार्गदर्शन गरिरहने युवाहरूलाई निरन्तर हौसला प्रदान गरौं ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM