२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:५२

नेपाली भलिबलका जगदीश

महिला, पुरुष, बिच भलिबल र इन्डोर गरेर उनले नेपाललाई १२ पदक दिलाएका छन् । प्रशिक्षकको रुपमा अब उनको चाहना सेन्ट्रल एसियामा इरान, काजकिस्तान र भारत जस्ता देशलाई हराउँदै च्याम्पियन बन्ने छ ।

२७ साउन, काठमाडौं । जब संगीतको धुन बज्छ, फुटबल समर्थक र खेलाडीहरुको तस्वीरहरु देखाइन्छ । बीच–बीचमा इट फुटबल, स्लिप फुटबल र ड्रिक कोकाकोला जस्ता शब्द देखाइन्छ ।

सन् १९९८ को विश्वकप फुटबलताका बनेको यो विज्ञापन यति चर्चित भयो त्यतिबेला फुटबल हेर्ने धेरैको मुखमा ‘कि इट फुटबल, स्लिप फुटबल, ड्रिक कोकाकोला’ झुण्डियो ।

जगदीश भट्टको जीवन भने इट भलिबल, स्लिप भलिबल, ड्रिंक भलिबल जस्तै भएको छ । निरन्तर तीन दशक अर्थात जीवनको आधा समय उनले भलिबलमा बिताएका छन् ।

यसैसाता नेपालले पहिलो पटक भारतलाई हराउँदा मुख्य प्रशिक्षक जगदीश भट्टले लिएको रणनीति तारिफ योग्य थियो । काभा वुमन्स नेसन्स लिग प्रतियोगिताको समूह चरणमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो ।

तर फाइनलमा नेपाल त्यही भारतसँग ३–२ को सेटमा पराजित हुन पुग्यो । प्रतियोगितामा सहभागी भारत, इरान, माल्दिभ्स र श्रीलंका सबैलाई हराउन भने सफल रह्यो ।

‘फाइनल जितेको भए इतिहासको पानामा नाम रहन्थ्यो, भलिबल पनि अर्को स्तरमा पुग्थ्यो’, जगदीश भन्छन्, ‘ट्रफी जित्न नसके पनि हामी च्याम्पियन चाहिँ हो ।’

सन् २०१३ मा प्रशिक्षण सम्हालेयता उनले नेपाली महिला भलिबलसँगै खेलाडीको पहिचान नै बदलेका छन् । उनी प्रशिक्षक बनेर आउनुअघि नेपाललाई भारतविरुद्ध एउटा सेटमा ९/१० अंक कटाउन नै कठिन पर्थ्यो, माल्दिभ्स लगायतका टिमले समेत चुनौती दिन्थे ।

सन् २०१३ मा घरेलु कोर्टमा भएको माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलबाट उनले महिला टोलीको प्रशिक्षण सम्हाल्ले । स्पाइकर प्रतिभा मालीले त्यही खेलमा १३ वर्षको उमेरमा डेब्यू गरेकी थिइन् ।

अर्को वर्ष नेपालले श्रीलंकालाई पहिलो पटक हरायो । तर अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाल सहभागितामा नै सीमित रह्यो । जगदीशले टिममा ठूलो हेरफेर चाहे, युवा खेलाडीमा सम्भावना देखे । १३ औं साग उनका लागि अवसर बन्यो ।

सन् २०१९ अप्रिलमा भएको आठौं राष्ट्रिय खेलकुदको प्रदर्शनको आधारमा जगदीशले युवा खेलाडीहरुलाई प्राथमिकतामा राखेर प्रारम्भिक टोली घोषणा गरे । उनले उषा भण्डारी, निरुता ठगुन्ना, कामना विष्ट र पुनम चन्द लगायत युवा खेलाडीलाई टिममा राखे ।

अनि, तत्कालिन नेपाली टोलीका कप्तान विनिता बुढाथोकी, उपकप्तान मञ्जु गुरुङ, कोपिला उप्रेती, नेविका चौधरी, मनिषा चौधरी र निता शाहलाई १३ औं सागको बन्द प्रशिक्षणमै राखेनन् । उनको त्यो निर्णयले भलिबलमा ठूलो तरंग ल्यायो ।

आलोचना मात्र होइन, दबाब पनि आयो । तर जगदीश आफ्नो निर्णयबाट हलचल भएनन् ।

सागको एक महिनाअघि नेपाल एसियन सेन्ट्रल जोन खेल्न बंगलादेश गयो । युवा खेलाडीले जगदीशले गरेको विश्वास टुट्न दिएनन्, नेपालले फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै आलोचकलाई जवाफ दियो ।

यो नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय स्तरमा जितेको पहिलो उपाधि थियो ।

काठमाडौंमा नै भएको १३औं सागमा पनि नेपाल पहिलो पटक फाइनलमा पुग्यो । यद्यपि भारतसँग ३–२ सेटले पराजित भयो । नेपालले इतिहासमै पहिलो पटक भारतविरुद्धको खेलमा कुनै सेट जितेको थियो ।

जगदीशकै प्रशिक्षणमा नेपाली महिला टिमले सन् २०२१ मा उज्वेकिस्तानलाई फाइनलमा ३–१ ले हराउँदै सेन्ट्रल जोनको उपाधि जित्यो ।

राष्ट्रिय टिमबाट खेलेकै वर्ष प्रशिक्षक

बैतडीमा जन्मिएका ५० वर्षीय जगदीश, परिवारसँगै महेन्द्रनगर झर्दा मात्र २ वर्षका थिए ।

पढाइसँगै खेलमा पनि अब्बल उनी पहिलो पटक १९९३ मा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए । त्यसको दुई वर्षपछि १९९५ मा भारतमा भएको साउथ एसियन गेम्समा उनी पहिलो पटक नेपालको टोलीमा परे । त्यही वर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई करारमा भलिबलको प्रशिक्षक नियुक्त गरेको थियो ।

उनले भलिबल खेल्न भने छाडेनन् । २००४ को साउथ एसियन गेम्स खेल्न पाकिस्तान गए, त्यो पनि भारतबाट रेल चढेर ।

तर फिट हुने पोशाक नभएका कारण उनले श्रीलंकासँग पहिलो खेल खेल्न पाएनन् । अब्बल खेलाडी हुँदाहुँदै प्रतियोगिताका कुनै खेल खेल्न पाएनन् । त्यहीँ झोकमा उनले सन्यास लिए । त्यसलाई जगदीश आफ्नो करिअरको सबभन्दा दुःखद क्षण मान्छन् । खेलाडीका रुपमा उनले कुनैपनि मेडल जित्न सकेनन् ।

पाकिस्तानबाट फर्किनासाथ राखेपले प्रशिक्षकमा स्थायी गर्‍यो, अनि खेलकुद विकास समितिको सहकार्यमा महेन्द्रनगरमा ७० दिन भलिबल प्रशिक्षण केन्द्र तयार पार्दै पूर्णकालीन प्रशिक्षकको यात्रा अघि बढाए ।

काभा वुमन्स नेसन्स लिगमा रजत पदक जितेपछि खेलाडीहरुसँग प्रशिक्षक भट्ट ।

सन् २००६ मा श्रीलंकामा भएको साउथ एसियन गेम्समा नेपालको पुरुष टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाले । त्यसपछि निरन्तर पुरुष टोलीको प्रशिक्षकको रुपमा काम गरे ।

एसियन सेन्ट्रल जोन २०१७ मा पुरुष टोलीले पहिलो पटक कास्य पदक जित्दा जगदीश सहायक प्रशिक्षक थिए । यो अवधिमा उनले भलिबल कोचिङतर्फ लेभल–२ को कोर्स पूरा गरे । राखेप प्रशिक्षकका रुपमा उनको कार्यकाल अब ९ वर्ष बाँकी छ ।

‘जीवनमा रिटायरमेन्ट भन्ने हुँदैन, यो त अशक्त भएपछि कि जीवन नरहेपछि मात्रै हो’, प्रशिक्षक जगदीश भन्छन्, ‘त्यो बेला ५८/६० वर्षको हुन्छु । प्राविधिक रुपमा नभएपनि संस्थागत रुपमा काम गर्नेछु ।’

सन् २०१७ मा पुरुष टोलीले सेन्ट्रल एसियामा प्राप्त गरेको कांस्य पदक, १३ औं सागमा भारतसँग पाँच सेट खेल्नु, एसियन सेन्ट्रल जोनमा दुई पटक स्वर्ण र यस पटक भारतलाई हराउनु उनका करिअरका उत्कृष्ट क्षण हुन् ।

महिला, पुरुष, बिच भलिबल र इन्डोर गरेर उनले नेपाललाई १२ पदक दिलाएका छन् । प्रशिक्षकको रुपमा अबको उनको चाहना सेन्ट्रल एसियामा इरान, काजकिस्तान र भारतजस्ता देशलाई हराउँदै च्याम्पियन बन्ने छ ।

प्रशिक्षक जगदीश गाउँगाउँमा पुगेर युवा प्रतिभाहरुलाई खोजेर राष्ट्रिय टिमसम्म ल्याउन पनि उत्तिकै खटिन्छन् । यस पटकको काभा भलिबलमा राम्रो प्रदर्शन गर्ने ओपन स्पाइकर निरुता ठगुन्नालाई पनि उनले नै दार्चुलाबाट ल्याएका थिए ।

सन् २०१५ मा त्रिभुवन आर्मी क्लबको प्रशिक्षक हुँदा भट्टले निरुतालाई आर्मी क्लबमा आवद्ध गराएका थिए ।

‘मलाई जिरो लेभलबाट ल्याएर आर्मीमा प्रशिक्षण गराउनु भयो । मैले ट्रेनिङ गरेको नै आर्मीमा आएर हो’, निरुता भन्छिन्, ‘म उहाँलाई गार्जियनका रुपमा लिन्छु । मलाई यहाँसम्म ल्याउन उहाँको ठूलो भूमिका छ ।’

जगदीशलाई भावुक बनाउने प्रश्न

नेपाली महिला भलिबलले एकपछि अर्को सफलताको सिँढी चढेपनि खेलाडीहरुको अवस्था फेरिएको छैन । भलिबल संघले चन्दा उठाएर मासिक ५ हजार रुपैयाँ तलब दिन थालेको एक वर्ष मात्र भयो ।

जब खेलाडीहरु भविष्यलाई लिएर चिन्ता गर्न थाल्छन्, प्रशिक्षक जगदीश सम्झाउँछन्, ‘राज्यले के गर्‍यो वा गरेन, त्यो उनीहरुको कुरा हो । तर हामीले राज्यको लागि के गर्‍यौं भन्ने महत्वपूर्ण हुन्छ । आज हामीले दुःख गर्‍यौं, अभावका बीच खेल्यौं भने भोलि आउने पुस्तालाई राम्रो हुन्छ ।’

अगाडि थप्छन्, ‘म पछि आउने प्रशिक्षक कार चढेर हिँडुन् । १० जना कोचिङ स्टाफ हुन् । खेलाडीको गरिमा बढोस् । खेलाडी आउँदा अटोग्राफ लिन हजारौं मानिसको भीड होस् । राम्रो सेवा सुविधा पाउन् । त्यसलाई हामीले दुःख गर्नुपर्छ ।’

उनी आफ्ना खेलाडीलाई जसरी सम्झाउँछन्, आफू पनि त्यसरी नै सम्हालिएका छन् । भलिबल संघले उनलाई तलब दिँदैन, राखेपबाट आउने तलबले गुजारा चलाएका छन् ।

दुई छोरीहरु हुकिँदै गर्दा उनलाई पनि लालनपालान र शिक्षादीक्षालाई लिएर चिन्ता नभएको होइन ।

एक समय त विदेश जाऊँ कि भन्ने सोच पनि आएको थियो । उनले फारम भरिदिएका आधारमा केही साथी अमेरिका गए । ‘म विदेश गएको भए पैसा यति कमाउथे कि खर्च गर्न सक्दैन थिएँ होला । छोराछोरी राम्रो अवस्थामा हुन्थे होला । तर म परिवारबाट बञ्चित हुन्थे’, जगदीश भन्छन्, ‘भलिबलमा यो माया पाउने थिइनँ ।’

छोरीहरुको पढाइ राम्रो नभएको भए गाउँसमाजले बालबच्चा हेर्न र पढाउन सकेन भनेर प्रश्न उठाउने मौका पाउँथे होला । तर जेठी छोरी निकिताले इन्जिनियरिङ पढेकी छन् । कान्छी छोरी ऋतिकाले राम्रो ग्रेड ल्याएर एसईई पास गरिन् ।

तर छोरीहरुले चाहे जस्तो पढाउन नसकेकामा भने उनलाई नमज्जा लागेको छ । ‘मेरो उमेर पनि ढल्दै गयो, काम गर्ने ऊर्जा र क्षमता घट्दै गयो । अर्को पेशा अंगाल्ने समय पनि रहेन’, जगदीश भावुक बने, ‘आफ्ना बालबालिकाले म यो पढ्छु भन्दा पनि पूरा गर्न सकिएन । किनभने त्यहाँ पैसा चाहिने रहेछ ।’

जगदीशकी कान्छी छोरी ऋतिका पनि भलिबल खेल्छिन् । ६.१ इन्च अग्ली उनले सुदूरपश्चिमबाट नवौं राष्ट्रिय खेलकुदमा भाग लिएकी थिइन् ।

जगदीशलाई बेलाबेला छोरीहरु खेलकुदमा लागेर के पाउनुभयो भनेर सोध्छन् । त्यतिबेला उनी नाजवाफ हुन्छन् ।

उनी भन्छन्, ‘म कहिल्यै गद्दारी गर्दिन । मेरो लक्ष्य र अनुभवमा काम गर्छु । राज्यले दिएको जिम्मेवारी शतप्रतिशत पूरा गर्दा गरिमा बढ्छ ।’

हेर्नुहोस् प्रशिक्षक भट्टसँगको कुराकानीको भिडियो



साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM