२०८२ माघ २४ गते, शनिबार ०१:१०

सेयर बजार आकार हालसम्मकै ठूलो, एकैदिन बने दुई कीर्तिमान

२७ साउन, काठमाडौं । नेपालको धितोपत्र बजारमा सूचीकृत सम्पूर्ण सेयरको कुल मूल्यमा नयाँ रेकर्ड बनेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार बजारमा लगानीकर्ताको कुल सेयर मूल्य (सूचीकृत सबै सेयरको कुल मूल्य) ४५ खर्ब ४१ अर्ब पुगेको छ । यसअघि २०७८ भदौ २ गते बजारको आकार कुल ४४ खर्ब ६८ अर्ब रुपैयाँको थियो ।

जुन दिन बजारको परिसूचक नेप्से ३१९८ अंकको उच्चतम रेकर्ड बनाएको थियो । नेप्से परिसूचकको रेकर्ड तोडिन नपाउँदै सूचीकृत धितोपत्रको सम्पत्ति मूल्य भने अहिलेसम्मकै उच्च भएको हो ।

थप कम्पनीको सेयर सूचीकृत हुनु र समग्रमा ती सेयरको मूल्य बढ्दै जाँदा बजारको सम्पत्ति मूल्य (आकार) अहिलेसम्मकै उच्च भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

‘थप कम्पनीहरुको सेयर सूचीकृत हुनु र तीसहित अन्य सेयरको पनि मूल्य बढ्दा पूँजीकरण रकमले नयाँ रेकर्ड बनाएको हो’ उनले भने ।

३० माघ २०५० देखि सबै कम्पनीको पूँजीकृत रकमलाई १ सय आधार मानेर नेप्से गणना सुरु भएको हो । त्यसैले पूँजीकृत रकम घटबढ भएकै आधारमा नेप्से घटबढ हुन्छ ।

कुनै दिन अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा पनि नेप्से घटेको हुन्छ भने कुनै दिन अधिकांश कम्पनीको मूल्य घट्दा पनि नेप्से बढेको हुन्छ । तर कुल पूँजीकृत रकम बढ्दा नेप्से घट्ने हुँदैन ।

सेयर बजारको आकारका साथै आइतबार कारोबार रकममा पनि नयाँ रेकर्ड बनेको छ । यस दिन २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM