२०८२ माघ २८ गते, बुधबार ०८:४०

काठमाडौंमा डोल्पा (तस्वीरहरू)

जगदुल्ला गाँउपालिकाम अवस्थित जगदुल्ला ताल । यो ताल समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको छ ।

२७ साउन, काठमाडौं । काठमाडौंमा डोल्पाका तस्वीर, भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन जारी छ ।

शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्ने भन्दै ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त डोल्पा जिल्लाको प्रर्दशनी सुरु गरिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको डोल्पा जिल्ला झल्कने गरी काठमाडौंमा तस्वीर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामग्रीहरू प्रर्दशनी सुरु भएको छ ।

मनघरी फाउण्डेशनको आयोजनामा शनिबारदेखि सुरु भएको प्रर्दशनी आगामी सोमबारसम्म जारी रहने छ ।

संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादित सामग्रीहरू मार्फत कर्णालीका सम्भावना र सुन्दरतालाई पस्कने क्रममा असार महिनामा दैलेखको प्रर्दशनी गरेका थियो भने साउन महिनामा डोल्पा जिल्ला प्रर्दशन गर्न लागिएको कनेक्टिङ कर्णालाका परिकल्पनाकार मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।

प्रर्दशनीमा डोल्पा जिल्लामा अवस्थित धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित डोल्पा जिल्ला झल्कने गरी ३ वटा तस्वीरकासाथै डोल्पा जिल्लाई केन्द्रित गरी कर्णाली झल्कने भिडियो प्रर्दशनी र उत्पादित सामग्री प्रर्दशनीमा राखिएको आयोजकले जनाएको छ ।

अहिले देशको सबैभन्दा स्वच्छ उद्योगका रुपमा पर्यटन क्षेत्र नै छ ।

जुन क्षेत्रका लागि कर्णाली प्रदेश विल्कुल नयाँ गन्तव्य बन्न सक्ने अथाह सम्भावना छन् । तर तिनिहरुको उचित प्रचार प्रसार हुन सकेको छैन, यही कुरालाई मनन् गर्दै कार्यक्रम गर्न लागेको अध्यक्ष भरतबन्धु थापाले बताए ।

प्रर्दशनीमा टेक शाहीका ४ वटा तस्वीर, जगे बुढाका २ वटा तस्वीर र डा सुरज उपाध्याय, रामचन्द्र बस्नेत, रामचन्द्र न्यौपाने र डब्लु डब्लु एफको एक/एक वटा तस्वीर रहेको छ भने बाँकी तस्वीरहरु भरतबन्धु थापा रहेका छन् । प्रर्दशन गरिएका भिडियोहरु टेक शाही र मनघरी फाउण्डेशनले तयार पारेका हुन् ।

फोक्सुन्डो ताल

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित यो ताल ३ हजार ६११ मिटरको उचाइमा डोल्पा जिल्लामा अवस्थित छ । यस तालको लम्बाइ ४.८ कि मी, चौडाइ १.६ किमि कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल वाई आकारको छ ।

माथिल्लो डोल्पाको द्यो नजिकै रहेको विद्यालय अध्ययन पश्चात घरतर्फ जाँदै गर्दा विद्यार्थीहरू ।
खेतमा काम गर्दै माथिल्लो डोल्पाको द्यो तरापमा स्थानीयहरू
फाफरको लगर (रोटी) बनाउदै स्थानीय महिला ।
जिराना चुट्किला नाच नाच्दै स्थानीयहरू । यो नाच बर्खे झरीको समयका साथै विशेष गरी दशैं र भदौ पूर्णिमा नाचिन्छ ।
मुकुटेश्वर हिमाल,यो हिमाल त्रिपुरासुन्दरी नगरपालिकामा पर्दछ । धार्मिक हिसावले महत्तवपूर्ण मानिने डोल्पाको हिमालहरू मध्य एक हो । बर्सेनि सयौंको संख्यामा विभिन्न जिल्लाबाट यहाँ आउने गर्दछन् । सतिदेवि अङ्गलाई काधमा राखेर विश्राम गरेको स्थलका रुपले पनी प्रख्यात रहेको हो ।

माथिल्लो डोल्पा पदगमार्ग हुँदै फोक्सुण्डो तालतर्फ जाँदै पदयात्रीहरू ।

फोक्सुन्डो ताल ।

तस्वीरहरू : कनेक्टिङ कर्णाली अभियान

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM