२०८२ माघ २८ गते, बुधबार ०९:३६

दशौं राष्ट्रिय खेलकुदको मस्कट रेडपाण्डा प्रस्ताव

२७ साउन, सुर्खेत । आगामी मंसिर पहिलो साता कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको सय दिने काउन्टडाउन सुरु भएको छ ।

स्थानीय आयोजकको रुपमा रहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले शबावार वीरेन्द्रनगरमा एक कार्यक्रम गर्दै एक सय दिनको काउन्टडाउन सुरु गरेको हो ।

दशौं राष्ट्रिय खेलकुद मंसिर २ देखि ९ गतेसम्मका लागि तय भएको छ ।

दशौं राष्ट्रिय खेलकुदको मुख्य उद्घाटनस्थल निर्माणाधीन कर्णाली प्रदेश रंगशालामा शनिबार विषेश कार्यक्रम आयोजना गरिएको थियो । जहाँ कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट पनि राष्ट्रिय खेलकुद परिषद्लाई प्रस्तावको रुपमा पेस गरेको छ ।

प्रस्तावित लोगोमा सातवटा रंगमा सात वटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने नेपालको राष्ट्रिय चरा डाँफे, नेपालको राष्ट्रिय झण्डा, बगिरहेको कर्णाली नदी अंकित लोगो राष्ट्रिय खेलकुद परिषद्लाई प्रस्तावको रुपमा पठाइएको छ । उक्त लोगोको रचयता भने विकास तमखु रहेका छन् ।

यस्तै कर्णालीले सार्वजनिक गरेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट भने कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा रहेको छ ।

सरोकारवाला सबैको सुझावमा रेडपाण्डालाई मस्कटको रुपमा राष्ट्रिय खेलकुद परिषद्लाई पठाइएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्न तयार रहेको बताए ।

यस्तै कर्णाली प्रदेशले सार्वजनिक सूचनामार्फत कर्णाली खेल गीतको शब्द रचना तयार गरी संगीत गरिएको गीतको समेत शनिबार मन्त्री भण्डारीले सार्वजनिक गरेका थिए ।

उक्त कर्णाली खेल गीतका शब्द रचनाकार जाजरकोटका रामकुमार शाही ‘क्षितिज समर्पण’ रहेका छन् भने उक्त गीतमा संगीत सन्तोष श्रेष्ठले गरेका छन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको १०० दिने काउनडाउ सुरु गरेसँगै परिषद्ले पाँच मुख्य कामलाई ध्यान दिएर अगाडि बढेको परिषद्का सदस्य-सचिव विश्वामित्र संज्यालले बताए ।

सदस्य सचिव संज्यालका अनुसार परिषद्ले पहिलो प्रथामिकतामा राखेका पाँच काममध्ये पूर्वाधार, बसोबास, यातायात, स्वास्थ्य र सुरक्षा रहेका छन् ।

सदस्य-सचिव संज्यालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजना स्थल प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी कार्य असोजसम्म सम्पन्न गर्ने कार्य योजना तयार रहेको बताए ।

यस्तै हुम्लामा हक्की खेल मैदान, रारामा कबड्डीको खेल मैदान र जुम्ला, कालीकाट, दैलेख र रुकुम पश्चिममा इनडोर कवर्डहल तयार भएको संज्यालले जानकारी दिए ।

सदस्य-सचिव संज्यालका अनुसार जाजरकोटमा भने टेवल टेनिसको लागि खेल पूर्वाधार तयार रहे पनि केही मर्मत सुधार गर्नु पर्नेछ ।

दशौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशभित्र २४ खेल मात्र गर्न सम्भव रहेको संज्लयाले बताएका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेलहरु समावेश भएका थिए । तर, १०औंमा आयोजक कर्णाली प्रदेशले २४ वटा खेल खेलाउन सक्ने गरी खेल तालिका बनाएर पठाएको छ ।

सोही अनुसार बसोबासलाई व्यवस्थित गर्न उद्घाटनभन्दा ६ दिन अगाडिदेखि खेलहरू सुरु गर्ने गरी प्रस्तावित तालिका र खेल संख्या राष्ट्रिय खेलकुदलाई पठाइसकेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM