२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:०७

८ दिनका लागि गएका अन्तरीक्षयात्री अड्किए, ८ महिनासम्म त्यहीँ बस्नुपर्ने

गत जुन ५ मा दुईजना अमेरिकी अन्तरीक्षयात्रीहरु एक परीक्षण मिसन अन्तर्गत अन्तराष्ट्रिय स्पेस स्टेशनमा जाँदा उनीहरु केही दिनमै पृथ्वीमा फर्किने अपेक्षा गरिएको थियो ।

तर घटनाक्रम चाहिँ योजना अनुसार अघि बढेन ।

जम्मा ८ दिनमा फर्किने योजना बनाएका अन्तरीक्षयात्री ब्यारी बुच विलमोर र सुनिता विलियम्स झण्डै दुई महिना बितिसक्दा पनि अझै अन्तरीक्ष स्टेसनमै रोकिएका छन् ।

वास्तवमा उनीहरु अनिश्चितकालका लागि अन्तरीक्ष स्टेशनमा अड्किएका छन् । उनीहरुले अझै लामो समयसम्म अन्तरीक्षमै बस्नुपर्ने सम्भावना छ । अर्थात् आगामी क्रिसमस र अंग्रेजी नयाँवर्ष उनीहरुले अन्तरीक्ष स्टेसनमै बिताउने छन् ।

६१ वर्षीय विलमोर र ५८ वर्षीया सुनिता बोइंग स्टारलाइनर अन्तरीक्षयानबाट स्पेस स्टेसनमा गएका थिए । यो उक्त यानको पहिलो मानवयुक्त उडान हो । नयाँ यानको नियमित उडान सुरु गर्नुअघिको यसको कार्यसम्पादन परीक्षण गर्नका लागि सो परीक्षण उडान गरिएको थियो ।

तर अन्तरीक्ष स्टेसनमा पुग्ने बेला नै यसमा समस्या देखियो । यानको प्रपल्सन प्रणालीमा केही चुहावट देखियो भने यसका केही थ्रस्टरहरु बन्द भए ।

त्यसैले जेनतेन स्पेस स्टेसनमा सकुशल पुगेका ती दुई अन्तरीक्षयात्रीहरुले पृथ्वीमा फर्किनका लागि भने वैकल्पिक यानको प्रयोग गर्नुपर्ने भयो । किनकि उक्त स्टारलाइनर अन्तरीक्षयानबाट पृथ्वीमा फर्किनका लागि सुरक्षित ठानिएको छैन ।

बुधबारको समाचार ब्रिफिङका क्रममा नासाका अधिकारीहरुले अबको कदमका बारेमा कुनै प्रष्ट निर्णय नगरिएको जानकारी दिए ।

नासाको कमर्सियल क्रु कार्यक्रमका व्यवस्थापक स्टिभ स्टिच भन्छन्, ‘हाम्रो प्राथमिक विकल्प भनेको बुच र सुनितालाई स्टारलाइनरबाटै फर्काउनु हो । तथापि हामीले अन्य विकल्पहरु समेत खुल्ला रहुन् भनेर आवश्यक योजना समेत बनाएका छौं ।

नासाका अनुसार त्यसमध्येको एउटा विकल्प चाहिँ ती दुई अन्तरीक्षयात्रीलाई आगामी सेप्टेम्बरमा प्रक्षेपण गरिने मिसनमै आवद्ध गराउनु हो । यदि त्यसो भयो भने उनीहरु नयाँ अन्तरीक्ष यात्रीसँगै सन् २०२५ को फेब्रुअरीमा मात्रै पृथ्वीमा आउन पाउनेछन् ।

सेप्टेम्बरको मिसनमा स्पेस एक्स क्रु ड्रागन यानको प्रयोग हुनेछ । उक्त मिसनमा चारजना अन्तरीक्षयात्रीहरु पठाइने योजना भएता पनि यदि सुनिता र बुचलाई फिर्ता ल्याउनुपरेमा दुईवटा सिट खाली राखेर यानलाई स्पेस स्टेसनमा पठाइनेछ ।

यदि त्यसो भयो भने ८ दिनका लागि अन्तरीक्ष स्टेसनमा गएका अन्तरीक्ष यात्री सुनिता र बुचले त्यहाँ ८ महिना बिताउनु पर्नेछ ।

त्यसैले स्पेस एक्सको क्रु ड्रागन प्रयोग भएको खण्डमा स्टारलाइनरलाई कम्प्युटर प्रणाली मार्फत् नियन्त्रण गरेर रित्तै पृथ्वीमा ल्याइनेछ ।

दुई अन्तरीक्षयात्रीलाई पृथ्वीमा फर्काउने उल्लेखित विषयमा अन्तिम निर्णय गर्नका लागि कम्तिमा एक हप्ता लाग्ने नासाका अधिकारीहरुले बताएका छन् ।

नासाको स्पेस अपरेसनका निर्देशक केन बोबेरसक्सका अनुसार पछिल्ला हप्तामा विकसित घटना क्रमले गर्दापनि स्टारलाइनर यान रित्तै पृथ्वीमा फर्किने सम्भावना बढेको छ ।

यदि नासाका अन्तरीक्षयात्रीलाई स्पेस एक्सको यानमा राखेर पृथ्वीमा फर्काउनु परेमा र स्टारलाइनरलाई रित्तै फर्काउने अवस्था आएमा त्यो बोइङ कम्पनीका लागि ठूलो झट्का हुनेछ । अन्तरीक्ष यान निर्माणको क्षेत्रमा बोइङले वर्षौँदेखि स्पेस एक्ससँग प्रतिस्पर्धा गर्दै आएको छ ।

हालैमात्र नासाले स्पेस स्टेसनमा रहेका सुनिता र बुचका लागि थप खानेकुरा र लुगाफाटोका साथै अन्य बन्दोबस्तीका सामानहरु स्टेसनमा ढुवानी गर्नका लागि स्पेस एक्सको रकेट प्रयोग गरेको छ ।

स्मरण रहोस् यी दुबै जनाका लागि यो तेस्रो अन्तरीक्ष उडान हो ।

अप्रत्यासित रुपमा अन्तरीक्षमा लामो समयसम्म बस्नु परेको भएपनि यी दुईजना भन्दा लामो समयसम्म त्यहाँ बिताउने अन्तरीक्षयात्रीहरु धेरै छन् ।

रुसी अन्तरीक्षयात्री भ्यालेरी पोलिकोभले सन् १९९० को दशकमा ४३७ दिन अन्तरीक्षमा बिताएका थिए। त्यस्तै गतवर्ष मात्रै अमेरिकी अन्तरीक्षयात्री फ्रांक रुबियो ३ सय ७१ दिनसम्म अन्तरीक्षमा बिताएर फर्किएका थिए ।

हाल अन्तरीक्ष स्टेशनमा रहेका रुसी अन्तरीक्षयात्री ओलेग कोनोनेंको चाहिँ आफ्नो करिअरमा १ हजार दिनभन्दा धेरै स्पेस स्टेसनमा बिताउने

विश्वकै पहिलो अन्तरीक्षयात्री हुन् । बीबीसी

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM