२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:४९

नेप्सेमा उच्च उतारचढाव, उच्च कारोबारमा हाइड्रोपावरले गरेको ‘लिड’

२५ साउन, काठमाडौं । पछिल्लो केही साता लगातार उच्च वृद्धि देखिएको सेयर बजारमा गत साता भने स्थिर जस्तै देखिएको छ । सातामा बजार परिसूचक नेप्से ०.३९ प्रतिशतको सामान्य वृद्धि देखिए पनि बजारमा तीव्र उतारचढाव देखियो ।

बढ्दो बजारमा केही ‘स्पेकुलेटिभ’ प्रवृत्ति हावी हुँदा न्यून चक्र पूँजी भएको केही हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च दरमा बढेको छ ।

सातामा चार कारोबार दिन मात्रै खुलेको बजार एक दिन उच्च अंकको गिरावट हुँदा ती कारोबार दिन बढेर बन्द भएको छ । साताभरि समग्रमा बजार परिसूचक नेप्से १०.७६ अंकले बढेर २७६६.३८ को बिन्दुमा बन्द भएको छ ।

गत साता बिहीबार २७५५.६२ को बिन्दुमा बन्द भएको नेप्से यो साता पटक–पटक २८ सयको बिन्दु पार गरे पनि त्यसभन्दा माथि रोकिन सकेन ।

साताको पहिलो कारोबार दिन नै २८०६.६९ को बिन्दुसम्म पुगे पनि २७९६.३८ को बिन्दुमा बन्द भयो । मंगलबार नेप्सेमा एक कारोबार दिनमा अहिलेसम्मकै उच्च १४५.०६ अंकको गिरावट हुँदा उक्त दिन पनि नेप्सेले २८१५.९४ अंकको उच्च बिन्दु कायम गर्दा २६४४.८६ अंकको न्यून बिन्दु कायम गरेको थियो । न्यून बिन्दुभन्दा केही माथि बिन्दुमा बन्द भएको छ । मंगलबार नेप्से २६५१.३२ को बिन्दुमा बन्द भयो ।

मंगलबार उच्च गिरावट भएको नेप्सेमा बुधबार एकै दिन १०८.३५ अंकको ‘बाउन्स ब्याक’ भयो । बुधबार ‘इन्ट्राडे’ मा २६३०.६६ सम्म झरेको नेप्से सोही दिन २७५९.६७ अंकमा पुगेर बन्द भयो ।

बिहीबार तीव्र चतारचढाव देखिएको नेप्सेले पटक–पटक २८०० को बिन्दु पार गरे पनि २८०० माथि रोकिन सकेन । उक्त दिन २८११.१६ को उच्च बिन्दुसम्म पुगेको नेप्सेले सोही दिन २७४४.८७ को तल्लो बिन्दु कायम गरेर २७६६.३८ को बिन्दुमा बन्द भयो ।

नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार पनि सकारात्मक देखिन्छ । गत साता ५ कारोबार दिन नै कारोबार हुँदा नेप्सेमा ९५ अर्ब ५३ करोड ८६ लाखको सेयर कारोबार भएको थियो । यो साता आइतबार सार्वजनिक बिदा हुँदा चार दिन मात्रै कारोबार भयो ।

चार दिनमा नेप्सेमा ८२ अर्ब ७१ करोड ३१ लाखको सेयर कारोबार भएको छ । गत साता प्रतिकारोबार दिन औसत करिब १९ अर्ब ११ करोडको कारोबार भएकोमा यो साता प्रतिदिन औसत करिब २० अर्ब ६८ करोडको कारोबार भएको छ ।

यो साता बजारमा अन्य, व्यापार, हाइड्रोपावर, उत्पादन तथा प्रशोधनमूलक उद्योग, लगानी र होटल तथा पर्यटन क्षेत्रका कम्पनी लगानीकर्ताको रोजाइमा परेका छन् । यी क्षेत्रका कम्पनी समावेश भएको उपसूचक वृद्धि हुँदा, बैंकिङ, विकास बैंक, वित्त कम्पनी, लघुवित्त लगायत कम्पनीको सेयर मूल्य गिरावट भएका छन् ।

नयाँ सूचीकृत हाइड्रोपावर कम्पनीमा लकइन नखुल्दा सेयर सप्लाई कम हुने र ट्रेडरलाई मूल्यमा कर्नरिङ गर्न सहज हुने गर्छ । त्यस्तै साना पूँजी भएका लघुवित्त र वित्त कम्पनीको समेत सेयर सप्लाई कम हुँदा कर्नरिङ गरेर मूल्य बढाउन सहज हुने भएकाले सीमित अवधिमा धेरै प्रतिफल खोज्नेहरू समूह नै बनाएर यस्ता कम्पनीमा लगानी गरिरहेका छन् ।

तर, यो साता भने सेयर मूल्य कर्नरिङ भएको भन्दै संसदमा समेत आवाज उठेपछि त्यसमा केही फरक प्रवृत्ति देखिएका छन् । केही उच्च पूँजी भएका कम्पनी पनि सेयर मूल्य बढ्ने शीर्ष कम्पनीमा छन् ।

एउटा मूल्यमा पुर्‍याएपछि उक्त कम्पनीबाट सेयर बिक्री गर्ने र पुनः अर्को कम्पनीमा त्यसरी नै कर्नरिङ गर्दा उक्त समूहको कम्पनीको सेयर मूल्यमा पनि धेरै उतारचढाव भएको छ भने सेयर कारोबार रकम समेत उच्च छ ।

यो साताभरि नेप्सेका उपसूचकमध्ये अन्य उपसूचक सर्वाधिक ११.९४ प्रतिशतले बढेको छ । यस्तै विशाल बजार र साल्ट ट्रेडिङ गरी दुई कम्पनी मात्रै रहेको व्यापार उपसूचक ५.५० प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर ४.७२ प्रतिशतले बढेको छ ।

यस्तै उत्पादन तथा प्रशोधन उपसूचक ३.९१ प्रतिशतले वृद्धि हुँदा लगानी उपसूचक २.०५ प्रतिशत, होटल तथा पर्यटन उपसूचक १.८६ प्रतिशतले बढेको छ ।

यता वित्त कम्पनी उपसूचकमा सर्वाधिक ६.२३ प्रतिशतको गिरावट हुँदा बैंकिङ उपसूचक ४.८० प्रतिशत, विकास बैंक उपसूचक २.६१ प्रतिशत र लघुवित्त उपसूचक पनि २.९२ प्रतिशतले गिरावट भएको छ । धेरै उपसूचकमा वृद्धि देखिए पनि बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा नै ठूलो गिरावटले नेप्से भारी अंकले बढ्न सकेन ।

यो साता बजारमा कुल ८२ अर्ब ७१ करोड ३१ लाखको कारोबार हुँदा त्यसको करिब एक तिहाइ कारोबार हाड्रोपावर कम्पनीको मात्रै छ । हाइड्रोपावर कम्पनीहरूको मात्रै २१ अर्ब १ करोड १६ लाखको कारोबार भएको छ । जुन कुल कारोबारको ३०.२४ प्रतिशत हो ।

यस्तै वाणिज्य बैंकहरूको सेयर करिब १०.७१ प्रतिशतले हुने ८ अर्ब ८५ करोड ९६ लाख र अन्य उपसमूहको ९.८८ प्रतिशतले हुने ८ अर्ब १७ करोड ८.२९ लाखको कारोबार भएको छ ।

लगानी र वित्त कम्पनी पनि कारोबारका हिसाबले अगाडि देखिएका छन् । लगानी उपसमूहका कम्पनीको सेयर ८.८५ प्रतिशत अर्थात् ७ अर्ब ३२ करोड ६ लाख, वित्त कम्पनीको ९.९८ प्रतिशत अर्थात् ७ अर्ब ४२ करोड ९९ लाखको कारोबार भएको छ ।

साताभरि सबैभन्दा धेरै सेयर कारोबार हुने कम्पनी हिमालयन रि–इन्स्योरेन्स छ । कम्पनीको सेयर यो साताको ४ कारोबार दिनमै ५ अर्ब २६ करोड ९३ लाख पुगेको छ ।

यस्तै शिवम् सिमेन्टको २ अर्ब ५० करोड २२ लाख, सानिमा माई हाइड्रोपावरको १ अर्ब ८५ करोड २ लाखको कारोबार भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १ अर्ब ७१ करोड ८ लाखको कारोबार भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी हो । यसको मात्रै १ अर्ब ५८ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सेयर मूल्य धेरै बढ्ने शीर्ष तीन कम्पनीका सेयर सप्लाई र पूँजी कम भएका कम्पनी छन् । यो साता सबैभन्दा धेरै सेयर मूल्य बढेको कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर सप्लाई १ लाख कित्ता मात्रै छ । कम्पनीको पब्लिक सेयर २ लाख ४४ हजार कित्तामध्ये योजना प्रभावित स्थानीय र कर्मचारीलाई जारी गरिएको आईपीओको लकइन खुलेको छैन । कम्पनीको सेयर मूल्य सातामै ४६.२९ प्रतिशतले बढेको छ ।

त्यसैगरी एक सातामा सगरमाथा जलविद्युत कम्पनीका सेयर मूल्य २५.७३ प्रतिशतले बढेको छ । २५.२३ प्रतिशत सेयर मूल्य बढेको माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर ३० लाख कित्ता मात्रै छ ।

यता सेयर मूल्य घट्ने हिमालयन लघुवित्त अग्र स्थानमा छ । जसको मूल्य १७ प्रतिशतले घटेको छ । १० प्रतिशत ब्याजदरको सानिमा बैंक ऋणपत्रको मूल्य १६.९२ प्रतिशतले घटेको हो ।

सेयर मूल्य धेरै घट्ने शीर्ष १० कम्पनीमा ४ वाणिज्य बैंक नै छन् । एनएमबी बैंकको सेयर मूल्य १२.७४ प्रतिशत, सिटिजन्स बैंक १२.३७ प्रतिशत, माछापुच्छ«े बैंक १०.०४ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयर मूल्य ९.४४ प्रतिशतले घटेको हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM