२०८२ माघ २८ गते, बुधबार ०८:३७

टुकुचाले कल्भर्टको टेको भत्काउँदा कमलादीको सडकमा भ्वाङ

२५ साउन, काठमाडौं। बिहीबार साँझ करिब ८ बजे काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजाको छेउमा कमलादी रोडमा भ्वाङ परेको छ ।डिभिजन सडक कार्यालय काठमाडौं मातहतको उक्त सडकमा करिब ५ मिटरभन्दा गहिरो र करिब १० मिटर भन्दा फराकिलो भ्वाङ परेको छ ।

फुटपाथमा हिँड्न समेत असहज हुने गरी भ्वाङ परेकाले दुई लेनको एकतर्फी यो सडक हाल पूर्णरुपमा बन्द गरिएको छ । सडकमा भ्वाङ परेको जानकारी पाएपछि डिभिजन सडक कार्यालयका अधिकारीहरु अवलोकनका लागि गएका थिए ।

अवलोकनमा गएका डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार टुकुचा खोला (इच्छुमती)को कल्भर्टको टेको भत्किएर सडकमा भ्वाङ परेको हो ।

‘टुकुचा माथि स्ल्याब कल्भर्ट छ । अरु पुल लामो हुन्छ, तर त्यो छोटो पुलजस्तो छ । स्ल्याब कल्भर्टलाई अड्याउन टेको लगाइएको थियो । त्यो टेको ५० औं वर्ष अगाडि ईंटाको बनाइएको रहेछ,’ अनलाइनखबरसँग भण्डारीले भने ।

‘त्यो बेला ईंटाको वाल लगाएर त्यसमाथि फलाम तेर्स्याएर ढलान गरेको रहेछ । त्यसपछि त्यो वाललाई खोलाले खोलाले खोल्दै जाँदा भत्केको हो । जुन ब्रिज वाल हो त्यो भत्केको छ । इँटाको पर्खाल भत्केर फाटेर बस्यो त्यसपछि टुकुचाले माटो बगाएर लगेपछि भ्वाङ पर्‍यो ,’ उनले ब्याख्या गरे ।

भण्डारीका अनुसार पश्चिम क्षेत्र दरबारमार्ग तर्फबाट कमलादीतर्फ पानी आउँदा टेको भत्केपछि सडक मुनिको माटो बगाउँदा भ्वाङ परेको हो ।

पुनर्निर्माण गर्न ३ महिना लाग्ने अनुमान

उनले यसलाई मर्मत सम्भार गरेर मात्र नहुने भन्दै पुरै पुनर्निर्माण गर्ने बताए । ‘त्यो पुरानो कल्भर्टले काम गर्दैन त्यसको लागि फेरी पुरै फेँददेखि नै उठाउन आवश्यक छ,’ भण्डारीले भने ।

कमलादी सडक सञ्चालनमा आउन अब ३ महिना लाग्न सक्ने उनले बताए । ‘यो मर्मत, सम्भार गरेर सञ्चालन गर्ने अवस्था नै छैन । यसको लागि पुरै तलदेखि उठाएर नयाँ कल्भर्ट निर्माण गर्नुपर्ने हुन्छ । अब यो ठेक्का प्रक्रियामै गएर सुरु गर्दा एक–डेढ महिना लाग्छ । काम सम्पन्न गर्दा २–३ महिना हुन्छ,’ उनले अनलाइनखबरसँग भने ।

बालेन भन्छन् : टुकुचालाई आफ्नै बाटोमा जान दिनुपर्छ

डिभिजन सडक कार्यालय काठमाडौंले पुनर्निर्माण गर्न ३ महिना लाग्ने अनुमान गरिरहेको कमलादीको सडक मुनि टुकुचा खोला छ ।

काठमाडौं महानगरपालिकाले त्यो खोलालाई अवरोध नगरी आफ्नै बाटोमा बग्न दिनुपर्ने तर्क राखेको छ । महानगरका मेयर बालेन शाहले टुकुचा माथि सडकमा परेको खाल्डोको भिडियो सामाजिक सञ्जालमा राख्दै खोलालाई आफ्नै बाटोमा हिँड्न दिनुपर्ने बताएका छन् ।

‘यो टुकुचा माथिको बाटो हो । अझै केही घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौैं महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौं,’ बालेनले लेखेका छन् ।

त्यतिबेला अदालती कारणले रोकिन परेको भन्दै उनले टुकुचा खोलाको क्षेत्राधिकार भित्रका व्यक्ति विशेषका नाममा त्रुटिबस हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्न सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको बताएका छन् ।

‘सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउने छ,’ बालेनले लेखेका छन्, ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’

१५ वर्षदेखि टुकुचा खोल्न नसकेको महानगर

बालेनले भनेजस्तै काठमाडौं महानगरपालिकाले टुकुचा खोल्न १५ वर्षदेखि प्रयास गरिरहेको छ ।  २०६६ सालमा काठमाडौं महानगरपालिकाले एक सार्वजनिक सूचना निकालेर टुकुचा खोलामा भएको अतिक्रमण हटाउन भनेको थियो । तर, खोला खोज्न फिल्डमा भने गएन ।

२०७६ सालमा फेरि टुकुचा खोज्न महानगरले वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार ग¥यो । उपत्यका विकास प्राधिकरण फिल्डमा पुग्यो तर, महानगरपालिकाले ‘फलोअप’ गरेन ।

टुकुचाको खोजीको विषय पटक–पटक उठ्दा पनि बीचमै सेलाउनुको मूल कारण थियो, जय नेपाल हल (नारायणहिटीको दक्षिण पर्खालसँगै सडकपारि) देखि काठमाडौं मलसम्म खोला नै गायब हुनु । यो खोला गायब भएका क्षेत्रमा ठूला–ठूला व्यवसायिक र आवासीय भवनहरु बनेका छन् । टुुकचा खोज्दा तिनलाई हटाउनु पर्ने अवस्था देखिएपछि महानगरको तत्कालीन नेतृत्वले आँट नै गर्न सकेन ।

३० वैशाख २०७९ को स्थानीय तह चुनावमा नयाँ नेतृत्व आएसँगै २०७९ साल १२ साउनमै काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकालेर फेरि अतिक्रमण हटाउन भनेको थियो । सूचनामा काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तरतर्फ) देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउन भनिएको थियो ।

सूचनामा घर धनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैंले हटाउने चेतावनी दिएर खोतल्न पनि सुरु गरेको थियो । ३० भदौ २०७९ मा सुरुमा जय नेपाल हलको परिसरमा करिब १५ फिट खोतल्दा महानगरले खोला ढाकिएको परम्परागत गुम्बज शैली नाला फेला पारेको थियो । त्यसपछि ५ सय मिटर जति उत्खनन भएपछि महानगरलाई अदालतको आदेशले रोकेको छ ।

महानगरले बोनाफाइड इन्जिनियरिङ कन्सलटेन्सीमार्फत टुकुचाको खोला पहिलेको अवस्था, हाल भएको अतिक्रमण र महानगरले गर्नुपर्ने कामको सम्बन्धमा  गरेको  अध्ययन  अनुसार  टुकुचा काठमाडौं महानगरभित्र उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो ।

माथिल्लो तटीय क्षेत्रमा ३ मिटरदेखि तल्लो तटीय क्षेत्रमा ८ मिटरसम्म फराकिलो बहाब क्षेत्र छ । तर, खोलाका विभिन्न भागमा मापदण्ड विपरीत घर, टहरा र संरचनाहरु बनाइँदा टुकुचा खोला अतिक्रमित र दुर्गन्धित भएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM