२०८२ माघ २८ गते, बुधबार ०८:१७

आलोचना बढेपछि मुख्यमन्त्रीलाई स्पष्टीकरण

२५ साउन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह ५ जना राज्यमन्त्री थप्दै जम्बो मन्त्रिपरिषद् रेकर्ड बनाए । त्यसको भोलिपल्ट २३ साउनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका युवाहरुले सडक प्रदर्शन गरिहाले ।

६ वर्षभन्दा लामो समय मधेश सरकारको नेतृत्व गरेको जसपा नेपाललाई दुई महिना अगाडि मात्र जनमतले विस्तापित गरेको थियो । पहिलो पटक प्रतिपक्षमा पुगेको जसपा नेपालले सरकारको एकएक कमजोरीमा समाउने गरेको छ ।

सुरुमै बजेट विवादमा सदन अवरुद्ध गरेको थियो । मुख्यमन्त्री स्वयंमले बजेटमा त्रुटि स्वीकार गरेपछि बजेट प्रणाली पिएलएमबीएसआई ह्याक गरेर बजेट इन्ट्री भएको भन्दै प्रदेशसभा अवरुद्ध गरेको थियो । उच्चस्तरीय छानबिन समिति बनाउन वर्तमान र निवर्तमान मुख्यमन्त्रीलाई प्रदेश सभाले जिम्मा नै दिएको छ ।

यो पटक राज्यमन्त्रीको लर्को लगाएपछि जनस्तरमै आलोचना भयो । जसपा नेपालले युवा कार्यकर्तालाई सडकमा ओरालेर ‘कुर्सी आतंक बन्द गर’ भनेर नारा लगायो ।

जनमतका नेताहरुले सुरुमा कांग्रेससहितका सत्ता साझेदार दलहरुतिर दोष देखाएका थिए । तर जनस्तरबाटै कार्यशैली र सुशासनमा प्रश्न उठेपछि पहिलो पटक प्रदेशसभामा पुगेको र सरकारको नेतृत्व गरेको जनमत दबावमा परेको छ ।

त्यही दबावमा जनमतले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मुख्यमन्त्री सिंहले पार्टीसँग समन्वय नगरेको र पार्टीको निर्देशनको पाल्ना नगरेको भन्दै अनुशासन समितिले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्पष्टीकरण पत्र दिउँसै मुख्यमन्त्री सिंहलाई पठाइएको जनमतका प्रवक्ता शरदसिंह यादवले बताए । मुख्यमन्त्री सिंहमाथि पार्टीसँग समन्वय नै नगरीे मन्त्रालय बाँडफाँट गरेको र अहिले राज्यमन्त्री थपेको आरोप छ ।

नेताहरु भने मन्त्रालय भागबन्डा, मन्त्रीहरुको छनोट र राज्यमन्त्री थप गर्ने निर्णय नेतृत्वसँग परामर्श गरेकै भएको बताउँछन् । ‘पार्टी नेतृत्वसँग समन्वय गरेरै मुख्यमन्त्रीले काम गर्नुभएको छ । पार्टीको निर्णयअनुसार दुई मन्त्री र चार राज्यमन्त्री बन्नु भएको हो’ एक केन्द्रीय नेता भन्छन् ‘अहिले पार्टी समन्वय नगरेको भनेर मुख्यमन्त्रीलाई स्पष्टीकरण सोध्नु न्यायसंगत भएन ।’

जनमतका एक प्रदेश सभा सदस्यका अनुसार एकपछि अर्को विवादमा फसेपछि साउन पहिलो साता जनकपुरमा बसेकोसचिवालय बैठकले जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिएको थियो । ‘विगतको जस्तो त्रुटि हुन नदिनुस्, जनतालाई अनुभूति हुने गरी काम गर्नुस् भनिएको थियो’ ती सांसद भन्छन् ।

मुख्यमन्त्री सिंह पनि पछिल्लो पटक थपिएका एक राज्यमन्त्री पनि पार्टीकै सिफारिस भएको बताउँछन् । ‘पार्टी नेतृत्व मेरो अभिभावक हो । पार्टीलाई बाइपास गरेर हिड्न मिल्दैन । महत्वपूर्ण धेरै कामहरु समन्वय सरसल्लाह गरी गर्छु’ सिंह भन्छन्, ‘गठबन्धनको सरकार भएकाले सबैलाई मिलाएर काम गरिरहेको छु ।’

साथै संवैधानिक प्रावधानअनुसार नै राज्यमन्त्री थपेको बताए । ‘प्रदेश सभामा कुल सदस्य संख्याको २० प्रतिशत मन्त्री बनाउन सकिने संवैधानिक प्रावधान छ । यस हिसाबले अझ एकजना थप्न सकिन्छ’ उनले भने, ‘बिगत जस्तो राज्यमन्त्री बनाएर थुपार्ने काम मात्र हुँदैन । कार्य जिम्मेवारी दिएर काम गरेर समेत देखाउँछु ।’

यद्यपि पार्टीले स्पष्टीकरण सोध्नुलाई आफूले स्वाभाविक लिएका मुख्यमन्त्री सिंह बताउँछन् । ‘पार्टीले नै मुख्यमन्त्री बनाएको हो, पार्टीले जतिबेला पनि स्पष्टीकरण सोध्नसक्छ’ उनले अनलाइनखबरसँग भने, ‘यसलाई समान्य रुपमा लिएको छु ।’

सिंह संसदीय दलका नेता महेशकुमार यादवलाई रोकेर २५ जेठमा मुख्यमन्त्री बनेका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM