२०८२ माघ २८ गते, बुधबार ०८:२६

लोकार्नोका लागि स्वीट्जरल्याण्ड उडे शाहरुख, नेपालबाट को-को जाँदैछन् ?

काठमाडौं । स्वीट्जरल्याण्डमा आयोजना हुने विश्वप्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलमा सहभागी हुन बलिउड सुपरस्टार शाहरुख खान त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई त्यहाँ ‘करिअर अचिभमेन्ट अवार्ड’ प्रदान गरिने जनाइएको छ ।

शाहरुख मुम्बई एयरपोर्टमा देखिएका तस्वीर सेयर भइरहेका छन् । फेस्टिभल चाहिं बिहीबारदेखि नै सुरु भइसकेको छ । महोत्सवमा जेन क्याम्पियन, अल्फेन्सा कुरोन र आइरिन जैकबलाई पनि सम्मान प्रदान गरिने जनाइएको छ ।

शनिबार शाहरुखलाई भारतीय फिल्मलाई विश्वका दर्शकमाझ लैजान उनले दिएको योगदानका लागि ‘पार्दो अल्ला क्यारीरा अवार्ड’ प्रदान गरिनेछ ।

अगस्ट ११ मा शाहरुख सिनेमा ग्रानरेक्समा हुने सार्वजनिक कुराकानीमा पनि संलग्न हुनेछन् । विश्वभरका प्रशंसकलाई ग्लोबल आइकनको यो कुराकानी सुन्ने अवसरका लागि लाइभ स्ट्रिम पनि गरिने भएको छ ।

शाहरुखले सन् १९९३ को थ्रिलर ‘बाजीगर’मा उत्कृष्ट भूमिका निर्वाह गरेदेखि नै बलिउडमा राज गर्दै आएका छन् । उनी अभिनित दिलवाले दुल्हनिया ले जायेंगे, कुछ कुछ होता है, देवदास, कल हो ना हो जस्ता क्लासिक फिल्म अहिले पनि उत्तिकै रुचाइन्छन् ।

नेपालबाट निर्देशक भाम र अभिनेत्री ल्हामो जाने

यसपटकको लोकार्नो फिल्म फेस्टिभलको अर्को आकर्षण भनेको नेपाली फिल्म ‘शाम्बाला’को विशेष स्क्रिनिङ पनि हो । त्यसका लागि निर्देशक मीनबहादुर भाम, अभिनेत्री थिन्ले ल्हामोसहित फिल्मका कलाकार शनिबार स्वीट्जरल्याण्डतर्फ जाँदैछन् ।

थिन्ले शनिबार बिहान उड्नेछिन् भने भाम सोही दिन बेलुका त्यसतर्फ जाने कार्यक्रम छ । अभिनेता सोनम तोप्देन भने यतिबेला अमेरिकामा छन् । अनलाइनखबरसँग कुरा गर्दै अभिनेत्री ल्हामोले आफूहरु विशेष स्क्रिनिङ, त्यसपछि आयोजना हुने पत्रकार सम्मेलन र रेडकार्पेटमा सहभागी हुने बताइन् ।

‘शाम्बाला’ नेपालमा भने भदौ २८ गते रिलिज तयारीमा छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM