२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:४६

मुख्यमन्त्री कार्कीद्वारा विश्व आदिवासी दिवसको शुभकामना




विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३०औँ विश्व आदिवासी दिवसका अवसरमा स्वदेश एवं विदेशमा रहनुभएका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति जारी गर्दै आजको दिनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण एवं अधिकार प्राप्तिको अभियानमा निरन्तर सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“हाम्रो देश सबैको साझा फूलबारी हो । नेपालमा आदिवासी जनजातिको ठूलो सङ्ख्या छ । त्यसमा पनि कोशी प्रदेश आदिवासी जनजातिको ठूलो जनसङ्ख्या भएको प्रदेश हो । कोशी प्रदेशमा आदिवासीको सदिऔँदेखिको बसोबास छ । आदिवासी जनजाति समुदायले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । प्रथम सहिद लखन थापादेखि अहिलेसम्म भएका परिवर्तनका आन्दोलनमा आदिवासी जनजातिको योगदान स्मरणीय छ । आदिवासी जनजातिहरूको विभिन्न भाषा, संस्कृति, परम्परा र संस्कारले कोशी प्रदेशलाई समृद्ध बनाएको छ”, मुख्यमन्त्री कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खुवालुङदेखि माङ्सेबुङलगायत पवित्रस्थल कोशी प्रदेशका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार प्रदेशमा रहेका सबै आदिवासी जनजातिको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण तथा विकास गर्दै उहाँहरूको पहिचानलाई थप परिस्कृत बनाउन लागिपरेको बताउनुभएको छ । आदिवासीका धार्मिक धरोहरको संरक्षण र सङ्ग्रहालयमार्फत समुदायको पहिचानलाई वर्षौँसम्म चिरस्थायी बनाउन सरकारले काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगष्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको हो । यो दिवसले आदिवासीलाई आफ्नो अधिकार स्थापित गर्दै विकास र समृद्धिमा जोड्न प्रेरणा दिने मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा भनिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM