२०८२ माघ २८ गते, बुधबार ०८:५५

सात वर्षपछि क्याटलोनियामा देखिए पृथकतावादी नेता पुज्डमोन

बार्सिलोना । ‘क्याटलोनिया स्वतन्त्रता लामो समयसम्म जीवित रहन्छ, हामी अझै यहाँ छौं भनेर याद दिलाउनुको लागि फर्केको हुँ,’ क्याटलोनिया जिन्दावादको नारा लगाउनुपूर्व उनले भने, ‘जनमत संग्रह गराउनु अपराध होइन र कहिल्यै हुने छैन ।’ उनी थिए– क्याटलोनियाका पृथकतावादी नेता कारलस पुज्डमोन ।

राज्यद्रोह गरेको आरोपमा उनी प्रहरीको खोजीको सूचीमा छन् । तर उनले विहीबार बिहान संसद भवन नजिकै भेला भएका सयौं समर्थकहरूलाई बार्सिलोनामा संक्षिप्त रूपमा सम्बोधन गरे । त्यसपछि उनी अज्ञात भए । क्याटलोनियाको प्रहरीले अप्रेशन जारी गर्दै उनलाई खोजी गरिरहेको छ ।

सात वर्षको निर्वासनपछि विहीबार बार्सिलोनामा उनी देखिएनन् मात्रै आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै क्याटलोनियाको स्वतन्त्र अभियान जारी रहेको अभिव्यक्ति दिए ।

सन् २०१७ मा तत्कानीन क्षेत्रीय सरकार प्रमुख पुज्डमोनले विवादित जनमत संग्रह गराएका थिए । त्यसपछि उनले क्याटलोनिया स्वतन्त्र भएको घोषणा समेत गरे । त्यसप्रति प्रतिक्रिया जनाउँदै स्पेनको केन्द्र सरकारले क्षेत्रीय सरकार र संसदलाई विघटन गरेको थियो । आफू बर्खास्तमा परेपछि पुज्डमोन बेल्जियम पुगेका थिए ।

संसद भित्र बहस, बाहिर पुज्डमोनको भाषण

क्याटलोनियाको संसदले विहीबार नयाँ प्रमुख चुन्न मतदान गर्दै थियो । संसदमा बहस सुरु हुनुभन्दा एक घण्टा अघि नै पुज्डमोन देखिए । संसद भवन बाहिर उनले आफ्ना समर्थकहरुलाई सम्बोधन गरे । कतिपयको अड्कलबाजी उनी संसदमा प्रवेश गर्ने प्रयास गर्दैछन् भन्ने पनि थियो ।

आममाफीको कानुन लागू नहुने फैसला सर्वोच्चले सुनाएपछि राजनीतिले नयाँ मोड लियो । त्यसलगत्तै पृथकतावादी नेता पुज्डमोनले आफ्नो सक्रियता देखाएका छन् ।

त्यहीँबाट गिरफ्तार हुनसक्ने कतिपयको अनुमान पनि थियो । तर प्रहरीको आँखा छल्दै उनी अज्ञात भए । ‘क्याटलोनिया जिन्दावादको’ नारा लगाउँदै बिदा भएका उनी यो समाचार तयार पार्दासम्म पनि अज्ञात छन् । पुज्डमोनलाई भाग्न मद्दत गरेको आशंकामा एक क्याटालान प्रहरी अधिकारीलाई हिरासतमा लिइएको स्पेनी मिडियाहरुले जनाएका छन् ।

सडक हुँदै संसदसम्म तातेको आममाफीको कानुन

स्पेनको समाजवादी पार्टीका पेद्रो सान्चेजले आफूलाई प्रधानमन्त्रीको समर्थन लिन दुई क्याटालान पृथकतावादी पार्टीहरूसँग सम्झौता गरेका थिए । उनीहरूले भोटको सट्टामा विवादास्पद आममाफी सम्झौताको माग गरेका थिए ।

प्रधानमन्त्री पेड्रो सान्चेजको समाजवादी पार्टी (पीएसओई) ले संसदमा आममाफी कानून प्रस्तुत गरेको थियो । आम माफीसम्बन्धी कानुनको विरोधमा गत वर्ष नोभेम्बरमा दशौं हजार स्पेनीले प्रदर्शन गरेका थिए । विरोधका बाबजुत पनि संसदबाट कानूनलाई अनुमोदन गरिएको थियो ।

तर जुलाई १ मा स्पेनको सर्वोच्च अदालतको फैसलाले नयाँ मोड लियो । आममाफीको कानुन लागू नहुने फैसला सर्वोच्चले सुनाएपछि राजनीतिले नयाँ मोड लियो ।

त्यसलगत्तै पृथकतावादी नेता पुज्डमोनले आफ्नो सक्रियता देखाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत स्पेन फर्कने योजना समेत सुनाएका थिए । क्याटलोनिया अलग हुने पक्षमा विवादास्पद जनमतसंग्रह गराएयता उनी बेल्जियममा निर्वासनमा थिए ।

क्याटलोनियाको नयाँ प्रमुखमा साल्भाडोर

स्पेनको सत्तारुढ समाजवादी पार्टीका साल्भाडोर इला क्याटलोनियाको १३३ औं राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् ।

विहीबार संसदमा भएको निर्वाचनमा उनले राष्ट्रपतिको रुपमा दावी गरेका थिए । १३५ सदस्य रहेको संसदमा उनले ६८ मत प्राप्त गर्दै नयाँ राष्ट्रपति बनेका हुन् । स्वतन्त्र पक्षधर पार्टी रिपब्लिकन लेफ्ट अफ क्याटालोनिया (ईआरसी) को मुख्य सहयोगमा नै साल्भाडोर निर्वाचित भएका हुन् ।

साल्भाडोर स्पेनका पूर्व स्वास्थ्य मन्त्री समेत हुन् । कोरोना महामारीकालमा प्रधानमन्त्री पेड्रो सान्चेजको मन्त्रिमण्डलमा उनी स्वास्थ्य मन्त्री थिए ।

क्याटालोनियामा सन् २०१० देखि नै स्पेनबाट अलग हुने लक्ष्य राखेका पार्टीहरू र राष्ट्रपतिहरूले शासन गर्दै आएका थिए । सन् २०२४ बाट साल्भाडोरको नेतृत्वले महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने कतिपयले विश्लेषण गरेका छन् । सत्तारुढ समाजवादी पार्टी स्पेन एकता कायम राख्ने पक्षमा उभिदै आएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM