२०८२ माघ २४ गते, शनिबार ००:५२

नागपञ्चमीमा सर्पका कुरा

सदा झैं यस वर्ष पनि नागपञ्चमी पर्व नेपालीहरूको घरआँगनमा आइसकेको छ । हिन्दु धर्ममा सर्पलाई समेत भगवानको अंश भनी पूजा गर्ने चलन चलिआएको छ । त्यसो त नेपाली र पूर्वीय समाजमा प्रकृतिको पूजा विभिन्न दृष्टिकोणले गर्ने चलन छ । बोटबिरुवामा पीपल र तुलसीलाई विष्णु भगवानको अवतारको रूपमा पूजा गर्ने चलन छ ।

ढुङ्गा तथा शालिग्रामको पूजा गर्ने, नदीनालालाई पवित्र तीर्थाटन नै मान्ने, पशुमा गाई र कुकुरको पूजा गर्ने, पन्छीमा कागको पूजा गर्ने, सर्पको पूजा गर्ने जस्ता आदि चालचलनले नेपालीहरू प्रकृतिप्रेमी छन् भन्ने कुरा प्रष्ट हुन्छ । यसको साथै गुरुङ्ग समुदायमा त सबै वर्षको गणना समेत प्रकृतिका पशुपन्छीका नामका आधारमा गर्ने गरिन्छ भने अन्य विभिन्न धर्म सम्प्रदायमा समेत प्रत्यक्ष वा परोक्ष रूपमा प्रकृतिकै पूजा गर्ने चलन चलिआएको छ ।

पाश्चात्य समाजमा प्रकृतिलाई मानवलाई प्राप्त अथाह स्रोत–साधनको खानी भनी व्याख्या गरिन्छ र अधिकांश रूपमा प्रकृतिको दोहन गर्ने गरिन्छ । सर्पकै सम्बन्धमा छोटो कुरा गर्ने हो भने क्रिश्चियनहरूले सर्पलाई सबैभन्दा ठूलो शैतान वा शत्रु ठान्छन् र देखेमा मारिहाल्नुपर्छ भन्ने मान्यता राख्दछन् भने पूर्वीय समाजमा सर्पलाई नाग देवताको रूपमा पूजा गर्ने चलन छ ।

नागपञ्चमी र नागको महत्व

नागपञ्चमी पर्व वर्षायाममा सर्पहरू प्रशस्त निस्कने याममा पर्दछ जुन सान्दर्भिक पनि छ । सर्पलाई नाग मानिन्छ भने नागहरू विभिन्न प्रकारका हुने विश्वास छ । ग्रन्थहरूमा अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः । कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः ।। भनेर अष्ट नागहरूको वर्णन पाइन्छ र यी नागहरू पूजनीय हुन्, जसलाई पूजा गर्नुपर्छ भन्ने मान्यता पाइन्छ । खासगरी नागहरू शिवजीका गहना हुन् भनी अझ बढी महत्व दिने गरिन्छ ।

नागपञ्चमीका दिन यस्ता सबै नागहरूको विधिपूर्वक पूजाआजा गरी नागको चित्र घरको मूल ढोकामा टाँसेमा असाध्यै शुभ हुने र सर्पको टोकाइ नहुने समेत विश्वास गरिन्छ । हिन्दु धर्ममा यही दिनमा नागका मूर्ति र तस्वीरहरूमा पूजाआजा गरे निकै राम्रो हुने विश्वास गरी नागलाई प्रकृतिको एउटा अंशको रूपमा स्वीकार गरी यसको महत्व पुष्टि गरिन्छ ।

सर्पको टोकाइको तथ्याङ्क

नेपालको तराई भेगमा प्रत्येक वर्ष गर्मी तथा वर्षायाममा मात्र करीब ४० हजार जनालाई सर्पले टोकेको पाइन्छ । तीमध्ये करीब ३ हजार बिरामीहरूको मृत्यु हुन्छ । आजकल सर्पको टोकाइको बारेमा भएको जनचेतना र औषधिको उपलब्धताले गर्दा मृत्युदरमा कमी आएको छ । २० वर्षअघि यस्तो मृत्युदर १८.७ प्रतिशत रहेकोमा हाल ६.६२ प्रतिशत मात्र छ । यदि सर्पदंशको उपचार सर्वसुलभ भयो भने सर्पको टोकाइबाट कोही पनि मर्नुपर्दैन जुन विशिष्ट उपचारबाट निको हुने समस्या हो ।

 

विश्वको तथ्याङ्क हेर्ने हो भने वार्षिक करिब ५.४ मिलियन व्यक्तिहरू सर्पको टोकाइबाट पीडित हुन्छन्, तीमध्ये १.८ देखि २.७ मिलियन व्यक्तिहरू सर्पको टोकाइबाट पीडित हुन्छन् र तीमध्ये ८० हजारदेखि १ लाख ३८ हजारको मृत्यु हुनेगर्छ । बाँकी अन्य व्यक्तिहरूको कडा सङ्क्रमण हुने वा हातखुट्टा नै काट्नुपर्ने अवस्था छ । सबैभन्दा बढी सर्पको टोकाइ बाङ्लादेश, नेपाल, भारत, पाकिस्तान र श्रीलङ्कामा हुने पाइएको छ र तीमध्ये ७० प्रतिशत विश्वको कुल सर्पको टोकाइको तथ्याङ्क हो ।

नेपालमा सर्पको टोकाइ प्रायः ग्रामीण बस्तीका न्यून आर्थिक अवस्था भएका व्यक्तिहरूमा हुने पाइएको छ । सर्पको टोकाइ एउटा अनपेक्षित खालको समस्या हो जसलाई आजसम्म खासै प्राथमिकतामा राखेको पाइँदैन तर यो तराई भेगमा निकै ठूलो समस्याको रूपमा रहेको छ र मृत्युदर बढी छ । यसरी लुकेर रहेको यो विकराल समस्या समाधान गर्न नीति निर्माताहरू लाग्नुपर्ने देखिन्छ ।

सर्पका प्रकार

सर्पहरूको बनावट लगभग उस्तै हुन्छ तर सर्पको रङ, कत्ला, आँखा र टाउकोको आधारमा सर्पहरू विभिन्न प्रकारका हुन्छन् । विषालु र विषरहित सर्प समेत यस्तै विशेषताका आधारमा छुट्याइन्छ । नेपालको तराई भेगमा पाइने मुख्य विषालु सर्पहरू गोमन/कोब्रा र करेत नै हुन् । यी बाहेक नेपालमा पाइने केही सर्पहरू यसप्रकार छन् :

१. हरियो सर्प (विष रहित)

२. हरियो पिट भाइपर (विषालु सर्प)

३. रसेल भाइपर (खतरनाक विषालु सर्प)

४. तिब्बतियन पिट भाइपर (विष रहित)

५. हिमालयन पिट भाइपर (विष रहित)

६. पाइथोन (विष रहित तर हानिकारक)

७. करेत (अति विषालु)

८. कोब्रा वा किङ्ग कोब्रा (गोमन सर्प/अति विषालु)

९. क्याट स्नेक (बिराले सर्प/विषालु)

१०. कुक्री, वोल्फ, कोरल, पानी सर्प आदि ।

नेपालमा हालसम्म २१ प्रकारका विषालु सर्पहरू पाइएका छन् । विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनसँगै विषालु सर्पहरू केवल तराई भेगमा मात्र सीमित नरही पहाडतर्फ समेत पाउन थालिएका छन् । अनुसन्धानले देखाए अनुसार विषालु सर्पको विष अझ बढी मात्रामा विषालु बन्दै गइरहेको अवस्था छ ।

कोब्रा वा किङ्ग कोब्रा सबैभन्दा बढी विषालु हुन्छ र यसले टोकेमा बढी परिमाणमा शरीरभित्र विष पठाइदिन्छ, जसका कारण श्वास–प्रश्वासमा समस्या आई बिरामीको मृत्यु हुने गर्छ । यो सर्प तराई र ३ हजार ५०० मिटर माथिका भागहरूसम्म नेपालमा पाइएको छ ।

विषालु सर्पको विष विरुद्धको औषधि (एन्टी भेनम)

नेपालमा सर्पको विषमा उपचार हुने एन्टी भेनम औषधि भने ४ प्रकारका मात्र प्रयोगमा आएका छन् । यी औषधिहरूको उत्पादन निकै महँगो पर्छ र नेपालमा उत्पादन नै हुँदैन । सर्पको विष, घोडा र भेडाको रगतमा दिएपछि त्यहाँ उत्पन्न हुने विष विरुद्धको पदार्थ रगतबाट निकाली प्रशोधन गरेर मात्र उक्त औषधि (एन्टी भेनम) तयार हुन्छ । जुन उत्पादन खर्च सस्तोदेखि निकै महँगो समेत पर्न जान्छ ।

एउटा भाइलको उत्पादन मूल्य मात्र सर्पको आधारमा फरक फरक पर्न जान्छ । कहिलेकाहीं कम्तीमा पनि २२०० डलर पर्छ भने कुनै एउटा बिरामीलाई बचाउन कम्तीमा पनि ३० हजार डलरको औषधिको आवश्यक पर्न सक्छ । तर नेपालमा हाल यो औषधि सबै सर्पको विषका लागि लगभग मिल्ने खालको पाइन्छ जुन निःशुल्क रूपमा वितरण गर्ने गरिन्छ ।

सर्पदंशको उपचार पद्धति

नेपालमा सर्पले टोकेमा परम्परागत उपचार विधिबाट उपचार गर्ने चलन छँदैछ । परम्परागत धामी–झाँक्रीले फुकेर, चुसेर, मन्त्र उच्चारण गरेर, विशेष प्रकारको ढुङ्गाको प्रयोग गरेर, बिरामीलाई बढी मात्रामा जाँड–रक्सी खुवाएर, पिरो खुर्सानी खुवाएर, टोकेको ठाउँ माथि निकै बढी कसिने गरी बाँधेर, टोकेको भाग वा अङ्ग काटेर जस्ता आदि उपचार पद्धतिबाट उपचार गरिन्छ जुन अवैज्ञानिक उपचार पद्धतिका कारण पनि नेपालमा सर्पको टोकाइबाट हुने मृत्युदर बढी भएको हो । यस्तो मृत्युदर घटाउन सर्पको टोकाइबाट बच्ने र टोकिहालेमा प्राथमिक उपचार गरी विशिष्ट उपचारका लागि यथाशीघ्र अस्पतालमा जाने रणनीति अपनाउनुपर्छ । जुनसुकै सर्पले टोकेको किन नहोस् बिरामीलाई विषको प्रभाव देखा पर्नासाथ उपचार सुरु गरिहाल्नुपर्छ । नत्र विषको प्रभाव कडा रूपमा देखापरिसकेपछि बाँच्ने सम्भावना कम हुँदै जान्छ र थप विशिष्ट उपचारको (भेन्टिलेटरमा राखेर गरिने) जरूरी पर्छ ।

सर्पले टोकेमा देखापर्ने लक्षण र चिह्न

विषालु सर्पले टोक्दा प्रष्ट रूपमा गहिरा दुईवटा डोबयुक्त घाउ देखापर्छ र घाउबाट रगत बग्छ तर विषरहित सर्पले टोकेमा दुईवटा डोब नदेखिई अरू धेरैवटा दाँतको डोब देखिन सक्छ । कुनै सर्पको टोकाइको विषको प्रभावले स्नायु प्रणाली र कुनै सर्पको विषले रगत बग्ने, रगत उल्टी गर्ने र मुटु फुटेर मृत्यु पनि हुनसक्छ ।

गोमन र करेत सर्पले टोकेर त्यसको विषको प्रभाव शरीरमा परिहालेमा स्नायु प्रणालीमा समस्या देखापर्छ । सुरुको समस्या भनेको आँखाको माथिल्लो ढकनी खोल्न नसक्नु हो त्यस अवस्थालाई एतयकष्क (पिटोसिस) भनिन्छ । अनि डराउने, तर्सने, मुख खोल्न नसक्ने, जिब्रो चलाउन नसक्ने, निल्न नसक्ने, हातखुट्टा र अनुहारमा पक्षघात हुने, सास फेर्न कठिनाइ हुने, शरीर नीलो देखिने, मुखबाट र्‍याल र फिंज निस्कने, बिरामी छट्पटिने, चिच्याउन खोज्ने, पसिना आउने, उल्टी आउने, चक्कर लाग्ने, बेहोश हुने र छिट्टै मृत्युवरण गर्ने जस्ता लक्षणहरू देखिन्छन् ।

सर्पदंश भएमा गर्ने र नगर्नुपर्ने व्यवहार

सर्पले टोकिहालेमा सकभर कुन सर्पले टोक्यो भनी सर्पको पहिचान गर्नुपर्छ । अनि टोकेको भाग वा अंग नचलाई राख्ने, नदगुर्ने, नआत्तिने, टोकेको ठाउँमा नकाट्ने बरु सक्दो छिटो साबुनपानीले राम्रोसँग घाउ सफा गर्ने, टोकेको ठाउँभन्दा माथि पर्ने गरी उपलब्ध छ भने क्रेप ब्याण्डेजले बाँध्ने नत्र रुमाल वा कपडाको टुक्राले हल्का बाँध्नुपर्छ र अङ्ग नचलाई स्थिर राख्ने अनि बिरामीलाई सान्त्वना दिंदै यथाशक्य छिटो अस्पताल लगिहाल्नुपर्छ । यसरी सामान्य रूपको प्राथमिक उपचार टोकेको स्थानमै गर्न सकियो भने बिरामीलाई विषको प्रभाव छिटो पर्दैन र अस्पताल पुर्‍याई उपचार गर्न सकिन्छ । यी तरिकाहरू बाहेक अन्य खालका परम्परागत उपचार पद्धतिले बिरामीलाई छिटो विष लाग्ने र मृत्यु हुनसक्छ । सर्पले टोकेमा विष नलागे तापनि घाउमा सङ्क्रमण हुने, धनुष्टंकार हुनसक्ने, सङ्क्रमित भागको मासु सड्न सक्ने जस्ता आदि समस्या थपिन सक्ने भएकोले त्यस्ता समस्या निराकरणका लागि समेत अस्पताल जानैपर्छ ।

अन्त्यमा, सर्प पूर्वीय समाजमा पूजा गरी आदर प्रकट गरिने जीव हो तर यो ठूलो दुर्घटनाको कारण पनि हो । प्रायः सर्पले आफैं टोक्दैन भनिन्छ । सर्पले टोक्ने कारण आफूमाथि आइपर्न सक्ने सम्भावित खतराको कारणले हो भने कहिलेकाहीं मानिसले अज्ञानतावश सर्पलाई छुँदा वा उसका बच्चा नजिक जाँदा टोक्न सक्छ । सर्पले टोकेर मृत्यु भइहाल्दैन किनकि संसारभर पाइने करिब ३ हजार सर्पमध्ये केवल ४०० जति सर्प मात्र विषालु हुन्छन् र कहिलेकाहीं विषालु सर्पले नै टोकिहालेमा पनि विष नखसेको हुनसक्छ र विष नलाग्न सक्छ । यदि प्राथमिक उपचार समयमै गरियो, सान्त्वना प्रदान गर्न सकियो र छिटो माध्यमले सुविधासम्पन्न अस्पतालमा लैजान सकियो भने विषालु सर्पले टोके तापनि बिरामीको बाँच्ने सम्भावना बढी हुन्छ । त्यसकारण लापरवाही नगरी, परम्परागत उपचारमा नलागी अस्पताल जाने बानीको विकास गर्न आजैदेखि सचेत बन्नु जरूरी छ ।

(जीवनशैली व्यवस्थापनमा विद्यावारिधि लेखक सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन् ।) 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM