Sunday, March 23, 2025
घरसमाचारस्वर्गीय सङ्गीत साधकको सम्मानमा प्रदेश सरकारले आधा झण्डा झुकाउने

स्वर्गीय सङ्गीत साधकको सम्मानमा प्रदेश सरकारले आधा झण्डा झुकाउने




जनकपुर । मधेश प्रदेश सरकारले शास्त्रीय तथा सुगम सङ्गीतका साधक एवं गुरु स्वर्गीय गुरुदेव कामतको सम्मानमा साउन २० गते आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।     

मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहले आज शोक वक्तव्य जारी गर्दै शास्त्रीय तथा सुगम सङ्गीतका साधक एवं गुरु गुरुदेव कामतको निधनले सङ्गीत  क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको बताउनुभएको हो ।  

स्वर्गीय शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामतले शास्त्रीय तथा सुगम सङ्गीतलाई मनोरञ्जन तथा जीविकोपार्जनको माध्यम मात्र नभई शिक्षा, चेतना र संस्कार उन्नयनका लागि सङ्गीत विधालाई आजीवन साधनाको माध्यम बनाउनु भएकाले उहाँको निधनबाट यस क्षेत्रका लागि ठूलो क्षति भएको मुख्यमन्त्री सिंहले जारी गर्नुभएको शोक वक्तव्यमा उल्लेख रहेको छ ।

आदर्श सङ्गीत अनुयायी, आदर्श गुरु र साङ्गीतिक फाँटमा  मानवीय मूल्यको निरुपण गर्ने संवेदनशील श्रष्टा साधकका रुपमा रहनु भएका स्वर्गीय गुरुदेवजीले नेपाली सङ्गीत आकाशमा सधैँ भरि चम्किला नक्षत्र भएर नेपाली सङ्गीत पारखीलाई प्रेरित एवं प्रोत्साहित गर्ने शोक वक्तव्यमा उल्लेख रहेको छ ।

दुवै मृगौलामा समस्या देखिएपछि गृह जिल्ला सिरहामा उपचाररत सङ्गीत साधक कामतको ६८ वर्षको उमेरमा
२०८१-०४-१७ गते निधन भएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -