Saturday, February 8, 2025
घरसमाचारआज विश्वासको मत लिँदै सोडारी, बहुमत पुर्‍याउन सकस

आज विश्वासको मत लिँदै सोडारी, बहुमत पुर्‍याउन सकस




धनगढी  ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो ४ बजे प्रदेश सभा बैठक डाकिएको छ ।

बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । तत्कालिन सत्ता साझेदार दल नेकपा एमालेले असार २० गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनका लागि साउन १६ गते प्रदेश सभा सचिवालयमा पत्र पठाउनु भएको थियो ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले यस अघि जेठ ४ गते प्रदेश सभामा विश्वासको मत लिनु भएको थियो ।

अहिले मुख्यमन्त्री सोडारीलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्य गरि १५ जनाको समर्थन रहेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा (बहुमत) २७ जना आवश्यक पर्छ । यहाँ काँग्रेसका १८ र एमालेका ११ जना प्रदेश सभा सदस्य हुनुहुन्छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -