२०८२ असार ३१ गते, मंगलवार १८:५४

एमाले सचिवालय बैठक : उपाध्यक्षमा गुरु बराल मनोनीत




काठमाडौँ । नेकपा एमाले केन्द्रिय कमिटीको उपाध्यक्षमा गुरु बराल मनोनीत हुनुभएको छ ।

नेकपा एमालेको आज बसेको केन्द्रिय सचिवालय बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य बराललाई नियुक्त गर्ने निर्णय गरेको पार्टीका महासचिव शकर पोखरेलले जानकारी गराउनुभयो ।

बैठकले पार्टी स्थायी कमिटीको सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनयन गरेको महासचिव पोखरेलले बताउनुभयो ।

यस्तै, बैठकले पार्टीको प्रदेश इन्चार्जको जिम्मेवारी पनि तोकेको छ । जसमा कोशी प्रदेश इन्चार्जमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, बाग्मती प्रदेशमा डा.राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनी प्रदेशमा पद्मा अर्याल, कर्णाली प्रदेशमा गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारीमा लेखनाथ भट्ट तोकिनुभएको हो ।

सचिवालय बैठकले पार्टी केन्द्रिय सदस्यमा १७ जनालाई मनोनयन समेत गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM