२०८२ माघ ४ गते, आईतवार १९:१७

किसान नेता सहिद भीमदत्त पन्तको स्मृति दिवस आज,को हुन भीमदत्त ?

डडेल्धुरा । अमरगढी नगरपालिका वडा न-२ कारिगाउँमा जन्मिनु भएका किसान नेता एवं सहिद भीमदत्त पन्तको ७२ औँ स्मृति दिवस मनाईन लागेको छ । १९८३ मङ्सिर १० गते आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्रका रुपमा जन्मिनुभएका पन्तको वि.सं २००७ सालको क्रान्तिका क्रममा वि.सं २०१० साल साउन १७ गते डडेल्धुराको आलिताल वडा न- ४ गल्लेकमा नेपाल र भारत दुवै देशका सेनाको घेरामा हत्या गरिएको हो । 

सहिद पन्तले कृषि क्रान्ति,जातीय क्रान्ति र सामन्तीका विरुद्ध सङ्घर्ष गर्नु भएको थियो । “कित जोत हलो कित छोड थलो यदि होइन भने हुनेछैन भलो” भन्दै जोताहा किसानका पक्षमा उहाँले आन्दोलन गर्नु भएको थियो । 

भीमदत्त पन्तले सङ्घर्षका क्रममा दलित समुदायका व्यक्ति जयदासको हातको पानी खुवाएर जातीय विभेदको अन्त्य गर्न खोजेका थिए दलित अधिकार कर्मी चक्र दमाईं उच्च ब्राह्मण परिवारमा जन्मेका पन्तको तत्कालीन विद्रोह दलित तथा भूमिहीनका लागि पनि भएकाले उहाँको स्मरणमा विभिन्न कार्यक्रमको आयोजना गरिने बताउनु हुन्छ । 

वि.सं २००९ सालमा कञ्चनपुरको ब्रह्मदेवमा नुनको गोदाम कब्जा गर्दै पन्तले नेपाल र भारत दुवै देशका शासक विरुद्ध समेत आन्दोलन गर्नुभयो । आन्दोलनकै क्रममा पन्तका दुई छोरा र एक छोरीको कालगतीका कारण मृत्यु भयो । 

पन्तले तत्कालीन डडेल्धुराका प्रशासक बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर चार महिना आफैले बडाहाकिम समेत चलाउनु भयो । बम्बई जान्या रेलगाडीमा दिल्लीको माल आयो गरिवका दिन आया ठालुको काल आयो । यो उहाँले गाउँने गीतको हरफ अहिले पनि यस क्षेत्रमा निकै चर्चित छ । 

भारतको उत्तर प्रदेशमा संस्कृत विषयमा हाईस्कुल सम्मको अध्ययन गर्नुभएका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो । 

निडर र हक्की पन्तले ठालुहरू सँग भएका तमसुकहरू च्यात्दै गरिब, दलित जनताको पक्षमा सशक्त ढंगले आन्दोलन गर्नु भयो ।

 विसं २०१० साउन १७ गते आजकै दिन नेपाल र भारतका सेनाको कब्जामा डडेल्धुरा र डोटीको विचमा रहेको गल्लेक भन्ने स्थानमा उहाँ एउटा घरमा रहेको सूचना पाएपछि घेराबन्दी गरियो । हालको डडेल्धुरा जिल्लामा पर्ने आलिताल गाउँपालिका वडा नं ४ गल्लेकमा लालबहादुर थापाले गोली हानी मारेको र मित भीम दियालले टाउको काटेको थियो । 

भीमदत्त पन्तका भाइ यदुनाथ पन्तले त्यो वेला परिवार नै शोकाकुल वनेको सम्झनु हुन्छ । पन्तको पार्थिव शरीर राज्य पक्षबाट मागेर दाहसंस्कार गर्न नै निकै चुनौती थियो । आफु र भाउजूले हिउँदकोवेला हिउँमा हिँडेर हरिद्वारमा करिब १५ दिन बसेर दाह संस्कार गरेको स्मरण गर्नुभयो । 

दाईका केही कुराहरू याद छन् उहाँले भन्नु भयो धनीले गरिबलाई धेरै सताएको छ । २७ वर्षको कलिलो उमेरमा पन्तले गर्नु भएका महत्त्वपूर्ण कामहरू भने एक असाधारण क्षमता हो । सहिद पन्तलाई २०७२ फागुन १९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राज्यले सहिद घोषणा गरेको थियो । 

सुदूरपश्चिममा भीमदत्त पन्तका नाममा कञ्चनपुरमा रहेको महेन्द्र नगर नगरपालिकाको नाम परिवर्तन गरि भीमदत्त नगरपालिका राखिएको छ , धनगढी–डडेल्धुरा राजमार्गको नाम भीमदत्त राजमार्ग राखिएको छ , बैतडीको पाटनमा भीमदत्त बह प्राविधिक शिक्षालयको स्थापना गरिएको छ , नेपाली चलचित्र भीमदत्तको निमार्ण गरिएको छ भने उहाँकै जन्म स्थान कारिगाउँमा भीमदत्त पन्त स्मृति प्रतिष्ठानको निमार्ण गरिएको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM