२०८२ बैशाख ३० गते, मंगलवार १८:५५

औद्योगिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ : मन्त्री खड्का




काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले औद्योगिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घले आज सिंहदरबारस्थित मन्त्रालयमा गरेको भेटमा उहाँले मुलुकको ऊर्जा क्षेत्रको विकासका क्रममा देखिएका नीतिगत समस्या समाधान गर्दै औद्योगिक वातावरण निर्माणमा सरकार लागेको बताउनुभएको हो ।

“सरकारले १० वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ, उक्त लक्ष्यलाई पूरा गर्न देखिएका अप्ठ्यारालाई हल गर्दै सरकार अगाडि बढ्छ”, मन्त्री खड्काले भन्नुभयो ।

ऊर्जा क्षेत्रको विकासका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताउनुहुँदै मन्त्री खड्काले उद्योगी व्यवसायीको आम्दानी वृद्धि हुने गरी सरकारले काम गर्ने भएकाले सोहीअनुसार कर तिर्नसमेत व्यवसायीलाई आग्रह गर्नुभयो ।

भेटमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले अझै पनि कतिपय उद्योगीले लोडसेडिङको समस्या भोग्नुपरेकाले समाधानका लागि सहजीकरण गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

उहाँले ऊर्जा उत्पादनलाई बढाउनका लागि सरकारले विद्युत्सँगै वैकल्पिक ऊर्जामा ध्यान दिनुपर्ने बताउनुभयो । गुणस्तरीय बिजुली नभई देशको विकास हुन नसक्ने उहाँको भनाइ थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM