Wednesday, March 19, 2025
घरसमाचारजुम्लामा अनुदानको खाद्यान्न अभाव, रोकियो सर्वसाधारणलाई विक्री

जुम्लामा अनुदानको खाद्यान्न अभाव, रोकियो सर्वसाधारणलाई विक्री




जुम्ला । जुम्लामा सरकारी अनुदानको खाद्यान्न अभाव भएपछि विक्री रोकिएको छ । ढुवानीको चामल नपुगेको र गोदाम रित्तिँदै गएपछि सर्वसाधारणका लागि अनुदानको खाद्यान्न विक्री रोकिएको हो ।

यद्यपि, विपद्, कारागार, जन्म मृत्युका लागि झण्डै १४ सय क्विन्टल चामल मौज्दात रहेको छ । तर व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा जुम्लाले ढुवानी नभए सम्मका लागि सर्वसाधारणका लागि खाद्यान्न विक्री रोकिएको सूचना जारी गरेको छ ।

विपद् बाहेक नियमित विक्री गर्ने खाद्यान्न सकिएपछि केही समयका लागि विक्री रोकिएको व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा जुम्लाका प्रमुख सन्तोष तिवारीले बताउनुभयो । आगामी साउन २० गते आइतबारदेखि सर्वसाधारणलाई खाद्यान्न विक्री गरिने छ ।
गत आर्थिक वर्ष २०८०/८१ का लागि स्वीकृत वार्षिक कोटा सात हजार ५ सय रहेकोमा हालसम्म सबै कोटा ढुवानी भइसकेको छ । सुर्खेत, राजापुर, नेपालगन्जबाट आउने सबै खाद्यान्न आइसकेको र थोरै आउन बाँकी चामल १९ गतेसम्म पुग्ने २० गतेबाट वितरण गरिने प्रमुख तिवारीले उल्लेख गर्नुभयो ।

गत साउन ९ गतेबाट जुम्लामा सरकारी अनुदानको खाद्यान्न विक्री बन्द भएपछि सर्वसाधारण मारमा परेका छन् । आफ्नो उत्पादनले वर्षको ४/५ महिना नपुग्ने स्थानीय सरकारी अनुदानकै खाद्यान्नमा निर्भर रहेका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -