२०८२ मंसिर २४ गते, बुधबार १९:५१

नयाँ सरकार बनेपछि जनतामा भएको निराशा अन्त्य भयो : उद्योगमन्त्री भण्डारी

वीरगंज । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय राजनीति संकट र अन्योलपूर्ण बन्दै गएपछि नदीको दुई किनारा बनेका कांग्रेस एमाले अहिले एकै नदीको संगम बनेर अगाडी बढेको हुँदा यसले जनतामा उत्पन्न निराशाको अन्त्य गरेको दाबी गर्नु भएको छ । 

वीरगंज महानगरपालिका वडा नम्बर ३१ म स्थापना गरिएको गोल्छा अर्गनाईजेसनको हुलास स्टिलको ग्याल्भनाईजिङ इकाईको आज एक कार्यक्रमका बिच उद्घाटन गर्नु हुँदै मन्त्री भण्डारीले जनतामा देखिएको निराशालाई चिर्दै आशामा बदल्न सरकार अगाडी बढेको दाबी गर्नु भयो । 

समृद्ध मुलुक निर्माणका लागि उद्योग व्यापार क्षेत्रलाई संकट मुक्त बनाउनु पर्ने कुरामा जोड दिँदै  नेपालको उद्योग क्षेत्र सङ्कटमा पर्दा रोजगारी र उत्पादन घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उद्योग मन्त्री भण्डारीले व्यापार घाटा बढ्दै गएको र हाल वार्षिक रुपमा एक खर्ब भन्दा बढीको कृषिजन्य उत्पादन आयात भई रहेको हुँदा सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी अबको एक दशक कृषि दशकको रुपमा मनाउने निर्णय गरेको बताउनु भयो ।

उहाँले खाद्यान्न, फलफूलको आयातलाई रोकेर निर्यात गर्न सक्ने अवस्थामा पुर्‍याउन मधेश प्रदेशलाई व्यावसायिक कृषि तर्फ केन्द्रित गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

मन्त्री भण्डारीले अहिले उद्योग सञ्चालनका लागि मन्त्रालयमै थुप्रै जटिलताहरू रहेका छन् भन्नु हुँदै अहिले मन्त्रालय नीतिगत सुधारलाई प्राथमिकता दिएर अगाडी बढी रहेको बताउनु भयो ।

मन्त्री भण्डारीले तीन तहका सरकार प्रतिपक्ष, सत्तापक्ष अब एकै गतिमा अगाडी बढेर मुलुकलाई समृद्धि तर्फ लैजानु पर्ने कुरालाई जोड दिँदै सबै आ–आफ्नो जिम्मेवारी तथा जनउत्तरदायित्व पुरा गर्नु पर्छ भन्नुभयो ।

उहाँले अबको विकास आवश्यकता र परिणाममा हुने बताउँदै मनगढन्ते योजना नबन्ने दाबी समेत गर्नु भयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले बारा पर्सा औद्योगिक कोरिडोरमा स्थानीय नागरिकलाई रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिनुभयो  । 

उहाँले औद्योगिक कोरिडोरमा अधिकांश भारतीय मूलका नागरिक कार्यरत रहेको बताउँदै बिस्तारै स्थानीय नागरिकलाई दक्ष बनाएर रोजगारी दिलाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

मुख्यमन्त्री सिंहले औद्योगिक क्षेत्रलाई आवश्यक जनशक्ति तयार पार्न प्रदेश सरकारको लगानी र सहयोगमा कुनै कमी नहुने बताउँदै स्थानीय नागरिकले रोजगारी पाउँदा वैदेशिक रोजगारीमा जाने र बेरोजगारीको सङ्ख्या कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गोल्छा अर्गनाईजेसनका हितेश गोल्छाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाराका सांसद किसान श्रेष्ठ, बारा पर्साका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखहरू, राजनीतिक दलका नेताहरू, वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM