२०८२ कार्तिक २४ गते, सोमबार १०:५८

सल्यानमा प्रभावकारी बन्दै स्वास्थ्य बिमा कार्यक्रम 




सल्यान । आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा  ल्याउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम सल्यानमा प्रभावकारी बन्दै गएको छ । भौगोलिक कठिनाइ, गरिबी, नागरिकको चेतनास्तर लगायतका चुनौतीका बाबजुद पनि जिल्लामा बिमा कार्यक्रम प्रभावकारी देखिएको स्वास्थ्य बिमा कार्यालय सल्यानले जनाएको छ । 

चार वर्ष अघि स्थापना भएको कम्पनीमा हालसम्म १५ हजार ६ सय ७३ जनाले स्वास्थ्य बिमा गरेको बिमा कार्यालय सल्यानका प्रमुख लाल बहादुर खड्काले जानकारी दिनु भयो । बिमाका लागी सामान्यतया ५ जनासम्मको परिवारले प्रति बर्ष ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ । उक्त रकमले पाँच जनासम्मको परिवारले एक लाखसम्म वार्षिक सेवा पाउने खड्काले बताउनु भयो । यस्तै ५ जना भन्दा बढीको परिवारले प्रतिसदस्य ७ सय प्रिमियम तिरेर २० हजारसम्मको सेवा उपलब्ध हुने उहाँको भनाई छ । 

सल्यान जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएपछि सजिलो भएको शारदा नगरपालिका १० का अमरसिंह चलाउनेले बताउनु भयो । दैनिक प्रेसरको औषधी सेवन गर्नुका साथै अन्य रोगको उपचारका लागि अस्पताल धाउँदा-धाउँदा धेरै पैसा सकिए पश्चात् स्वास्थ्य बिमा बनाएपछि अहिले निकै सहज भएको बताउनु भयो । उहाँले भन्नु भयो उपचारका लागि कति पैसा सकियो भनि साध्य छैन । नियमित उपचार गर्ने व्यक्तिले स्वास्थ्य बिमा बनाउँदा फाइदा हुन्छ भन्ने सुने पछि अहिले स्वास्थ्य बिमा बनाएको छु र औषधी निःशुल्क पाइरहेको छु । 

यस्तै शारदा नगरपालिका-१३ की कुमारी पुनले बिमा नगरेकै कारण  अस्पतालमा जाँदा धेरै पैसा खर्च भएको बताउनु भयो । सल्यान अस्पताल, काठमाडौँ, नेपालगञ्ज गएर उपचार गर्दा धेरै पैसा सकिएपछि स्वास्थ्य बिमा बनाएको उहाँको भनाई छ । स्वास्थ्य बिमा बनाएपछि ३५ सय रुपैयाँले एक लाखसम्मको सेवा सुविधा लिन पाइएको छ । “बिमाले हामी जस्ता गरिब दुखीलाई निकै सहयोग गरेको छ ।” उहाँले भन्नुभयो 

सल्यान जिल्ला अस्पतालमा समेत उपचारका लागी आउने बिरामीमध्ये करिब १५ प्रतिशत बिमितले सेवा लिने गरेका छन् । जसमा दम, प्रेसर सुगरलगायत रोग भएका ज्येष्ठ नागरिक र महिला बढी आउने गरेको सल्यान अस्पताल सल्यानका  मेडिकल अधिकृत आकाश मण्डलले बताउनु भयो । गरिब विपन्न परिवार जसलाई कुनै रोगको उपचारका लागि क्षमता भन्दा बाहिरको पछि छ । त्यस्ता रोगहरूका लागि स्वास्थ्य बिमा निकै प्रभावकारी छ उहाँले भन्नुभयो । 

बिमा बोर्डले ७० बर्ष पुगेका ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता भएका व्यक्ती तथा एड्स, क्षय रोगको निःशुल्क बिमा गर्ने गरेको छ । तर बिमा प्रभावकारिताका विषयमा आम नागरिकलाई अझै बुझाउन नसकेको  शारदा नगरपालिका वडा नं-२ का वडाध्यक्ष सविन हमालको बुझाई छ । नेपाल सरकारले जुन योजनाका साथ स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ त्यस अनुसार भएको नपाइए पनि विमितहरुले पनि सहज रुपमा सेवा पाइरहेको उहाँको भनाई छ । स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नु पर्ने हमालले बताउनु भयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM