२०८२ कार्तिक २१ गते, शुक्रबार ०९:३६

पौडीबाज डुवाना पेरिस ओलम्पिकबाट बाहिरिन




काठमाडौँ । डुवाना लामा पेरिस ओलम्पिक– २०२४ अन्तर्गत पौडी खेलको हिट चरणबाटै बाहिरिएकी छन् ।

नेपाली पौडीबाज डुवानाले दुई सय मिटर फ्रि–स्टाइलमा निर्धारित दूरी पार गर्न २ मिनेट २०.४७ सेकेन्ड खर्चिइन् । सात खेलाडी भएको हिट वानमा डुवाना अन्तिम स्थानमा रहिन् ।

यससँगै तीन नेपाली खेलाडीको ओलम्पिक यात्रा समाप्त भएको छ ।

यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ र सुटिङकी सुम्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएका थिए । वाइल्ड कार्डमार्फत डुवानाले पेरिस ओलम्पिकको यात्रा तय गरेकी हुन् ।

त्यस्तै अब ओलम्पिकमा जुडोकी मनिता श्रेष्ठ प्रधान, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र पौडीका एलेक्स शाहले आ आफ्नो खेल खेल्न बाँकी छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM