२०८२ कार्तिक २६ गते, बुधबार ०१:५०

सञ्चारमन्त्रीद्वारा मानव सेवा आश्रम भवनको निरीक्षण




लमजुङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यहाँ निर्माणाधीन मानव सेवा आश्रम भवनको निरीक्षण गर्नुभएको छ ।

बेँसीसहर नगरपालिका–९ पाखाथोकमा निर्माणाधीन मानव सेवा आश्रमको आज यहाँ उहाँले स्थलगत निरीक्षण गर्नुभएको हो ।

आश्रमको निरीक्षण गर्दै सञ्चारमन्त्री गुरुङले आफू प्रदेशको मुख्यमन्त्री हुँदा नै आश्रमलाई सक्दो सहयोग गरेको र आगामी दिनमा पनि बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले असहाय, बेवारिसे, दिन दुःखीलाई आश्रय दिएर आश्रमले सराहनीय काम गरेको बताउनुभयो ।

सो अवसरमा आश्रमकी संयोजक अनिता अधिकारीले सञ्चारमन्त्री गुरुङलाई भाडामा आश्रम सञ्चालन गर्दा समस्या भएको बताउनुभयो । आश्रमका लागि धेरै संरचना बन्न बाँकी रहेको उहाँले सञ्चारमन्त्री गुरुङलाई जानकारी दिनुभयो ।

पहिरो रोकथाम गर्न, पर्खाल टेवा लगाउन, जग्गा सम्याउन र तीन वटा घर निर्माण गर्न रु ६ करोड खर्च भइसकेको संयोजक अधिकारीको भनाइ थियो । विसंं २०७८ देखि आश्रम निर्माण थालिएको हो । गण्डकी प्रदेश सरकार, पालिका, विभिन्न सङ्घसंस्थाको भवन निर्माण भइरहेको छ ।

आश्रमको भवन निर्माण गर्न ‘बालसपना समाज’ले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ ।

विसंं २०७३ चैतदेखि बेँसीसहर नगरपालिका–७ मा घर भाडामा लिएर आश्रम सञ्चालन गरिएको छ । हाल आश्रममा २३ जना रहेका संयोजक अधिकारीले बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM