२०८२ कार्तिक २४ गते, सोमबार १०:३७

माओवादी पदाधिकारी बैठक : जनपरिचालन र सङ्गठन निर्माणमा जोड

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको बैठक आज पनि जारी रह्यो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारबाट बाहिरिएपछिको अवस्था र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भूमिका, जनपरिचालन र सङ्गठन निर्माणलगायतका विषयमा छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा नेताहरू जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि, श्रीराम ढकालले धारणा व्यक्त गर्नुभयो ।

उहाँहरूले सुशासन, सामाजिक न्याय र आर्थिक विकासका सन्दर्भमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रभावकारी काम गरेको बताउनुभएको थियो ।

सुशासन, भ्रष्टाचार नियन्त्रणका सवालमा सरकार प्रभावकारी तवरले अगाडि बढ्न खोजेपछि संसद्को पहिलो र दोस्रो ठूलो दल एक आपसमा मिलेको उहाँहरूको भनाइ थियो ।

प्रवक्ता सापकोटाका अनुसार, सरकारका रहँदा भएका सकारात्मक काम कारबाहीका विषयमा पनि सामूहिक रुपमा जनतामा लैजाने र कमी कमजोरीबारे सामूहिक रुपमा नै स्वामित्व लिनुपर्ने नेताहरूको भनाइ थियो ।

शुक्रबारदेखि जारी पदाधिकारी बैठकमा नेताहरूले सरकारबाट पार्टी बाहिरिँदा विजयी भावका साथ जनतामा जाने र त्यसका आधारमा सङ्गठन विस्तार गर्ने अवसर पैदा भएको उल्लेख गर्नुभएको थियो ।

माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि दिउँसो १:०० बजे पनि जारी रहनेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM