२०८२ कार्तिक २९ गते, शनिबार ०९:०२

नेजपाको आह्वानमा ५५ जनाद्वारा रक्तदान

वीरगंज/नेपाल जनता पार्टीको आह्वानमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन्।

वीरगंजमा रगतको अभाव भएको कारण रक्तदान जीवन दान भन्ने मूल नाराको साथ शनिवार नेपाल जनता पार्टी पर्सा जिल्ला समितिद्वारा घण्टाघरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका हुन्।

रक्तदान गर्नेहरुमा संतोषानन्द महाराज, अनिल कुर्मी, नबीन मिश्रा, आनन्द सिंह कुर्मी, संतोष कुशवाहा,प्रमोद शर्मा,अनिल मेहता, हरेन्द्र चौधरी, पुरषोत्तम गिरी, अलोक साह, रिमी कर्ण, सुदामा देवी, ममता चौरसिया, रेणुका यादव, पुजा यादव, श्रीकांती गिरीलगायत रहेका छन्।

पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी को सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि सहभागी रहेका थिए।

रक्तदाताहरूलाई कार्यक्रमका अतिथि पूर्व शिक्षक, विश्लेषक राजेन्द्र सिंह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आयोजकको तर्फबाट प्रमाण पत्र प्रदान गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM