Saturday, February 8, 2025
घरसमाचारनेपाली कला र संस्कृति प्रवर्धन गर्न क्यानडामा मानभी स्टुडियोज स्थापना

नेपाली कला र संस्कृति प्रवर्धन गर्न क्यानडामा मानभी स्टुडियोज स्थापना

काठमाडौं । नेपाली कलाप्रेमी युवाहरुले क्यानडामा मानभी स्टुडियोजको स्थापना गरेका छन् । ओन्टारियोमा स्थापना भएको यो कम्पनीले नेपाली चलचित्र, कला र संस्कृति प्रवर्धनमा कार्य गर्ने जनाइएको छ ।

कम्पनीले फिल्म, संगीत, भिडियो, टिभी विज्ञापन, पडकास्ट, वृत्तचित्र र कार्यक्रम ब्यवस्थापनमा कार्य गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । स्टुडियोले क्यानडा नियोगका राजदूत भरतराज पौड्यालको अन्तर्वार्तासँगै पडकास्टको थालनी गरेको छ ।

पडकास्टको अर्को संस्करणमा गायक हिमाल सागर हुने जनाइएको छ । गायक सागर यतिबेला सांगीतिक कार्यक्रमको सिलसिलामा क्यानडा भ्रमणमा छन् ।

पछिल्लो समय क्यानडामा नेपाली समुदाय विस्तार हुने क्रममा रहेकाले स्टुडियोले दुबै समुदायको सांस्कृतिक अन्तरघुलन र सहिष्णुतामा कार्य गर्ने अपेक्षा राखेको छ ।

क्यानडामा नेपाली कलाकार र व्यक्तित्वलाई बोलाएर कार्यक्रम आयोजना गर्ने, नेपाली फिल्ममा डायस्पोराको सहभागिता सुनिश्चित गर्दै नेपाली फिल्मको वितरणलाई सहज तुल्याउने उद्देश्य पनि संस्थाको छ ।

फिल्ममेकर तथा संचारकर्मी विधान कार्की र कला निर्देशक मनिषा पोखरेलले स्थापना गरेको यो संस्थाले अनुभव र कलाको संयोजन गर्ने ध्येय राखेको छ । यसअघि यी दुईले नेपसिने नामक संस्थाको ब्यवस्थापन गरिसकेका छन् ।

‘हाम्रो लक्ष्य क्यानडमा रहेका नेपाली समुदायलाई जोड्ने र क्यानडाली दर्शकमाझ पुग्नु हो’ दुबै संस्थापकले भनेका छन्, ‘हामी एक जीवन्त प्लेटफर्म सिर्जना गर्न चाहन्छौं जसले दृश्य र प्रदर्शन कलामार्फत सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहित गर्दछ ।’

मानभी स्टुडियोजले नेपाल र क्यानडाबीचको सांस्कृतिक पुलको रुपमा काम गर्न तयार रहेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -