Thursday, July 18, 2024
घरसमाचारइन्डोर टी-१० क्रिकेट च्याम्पियनसिप हुने

इन्डोर टी-१० क्रिकेट च्याम्पियनसिप हुने

२७ असार, काठमाडौं । भक्तवीर सिंह तुलाधर फाउन्डेसन खुला इन्डोर टी-१० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

कटिया हाउस प्रालिको आयोजनामा हुने च्याम्पियनसिप आगामी साउन २२ देखि २६ गतेसम्म हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । तीनदिने प्रतियोगिता भेलोसिटी इन्डोर क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेतालाई १ लाख ८० हजार, उपविजेतालाई ८० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिने छ । सर्वोकृष्ट खेलाडीले १० हजार, उत्कृष्ट ब्याटर र बलरले जनही ५ हजार र ‘प्लेयर अफ द म्याच’ ले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल राष्ट्रिय टेलिभिजनलगायत विभिन्न सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ ।

टुर्नामेन्ट

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -