Thursday, July 18, 2024
घरसमाचारप्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित




काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारका कुनै पनि मन्त्रीहरू उपस्थित नभएपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले बैठकमा कुनै पनि मन्त्री तथा प्रधानमन्त्रीको उपस्थिति नरहेका कारण कार्यसूचीमा रहेका सम्पूर्ण विषय हटाएर बैठक स्थगित गर्नुभयो ।

यसअघि बैठक सुरु हुनासाथ नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले समय लिई बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेको बारे सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिनिधिसभा नियमावलीले सभाको बैठक सञ्चालनका लागि सरकारका मन्त्री वा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक भोली असार २८ गते शुक्रबार बिहान ११:०० बजे बस्ने छ ।

प्रतिनिधिसभाको भोलीको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुहुने कार्यक्रम रहेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -