Thursday, July 25, 2024
घरसमाचारएनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर

एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर

काठमाडौं । एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्छन् ।

एनसेल र फेसबुकको मातृसंस्था मेटाबीच एनसेलका ग्राहकलाई ब्यालेन्स विना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सबल बनाउन समझदारी भएको छ ।

एनसेलले मेटासँगको सहकार्यमा मंगलबारदेखि लागु हुने गरी दुई प्रोडक्टहरू फेसबुक बेसिक मोड र डिस्कभर सञ्चालनमा ल्याएको छ ।

विशेष गरी टुजी मोबाइल सेट बोक्ने ग्राहकका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक हुने विश्वास गरिएको छ ।

एनसेलका अनुसार डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरी इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ । त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटो सहित फेसबुक पहुँच सुविधा पाउनेछन् । यी दुवै प्रोडक्टमा एनसेलको नीति अनुसार फेयर युसेज पोलिसी अर्थात उचित उपयोग नीति लागु हुनेछ ।

यो पहलले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पुग्ने र सधैं अन क्याम्पेनको एक अंशको रूपमा यसले ग्राहकका मोबाइलमा केही आधारभूत सेवाहरू सुनिश्चित गर्ने विश्वास कम्पनीको छ ।

एनसेलका चीफ कमर्सियल अफिसर उमेर मोहसिनले यस किसिमका सहकार्यले डिजिटल समावेशी नेपालको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण कदम हुने बताए ।

डिस्कभर एन्ड्रोइड एप प्रयोग गरेर ग्राहकले एनसेलमार्फत टेक्स्ट मात्र पहुँच हुनेगरी इन्टरनेट चलाउन सकिन्छ । यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्न सकिने कम्पनीको भनाइ छ । टेक्स्टमात्र सपोर्ट गर्ने हुनाले यसमा भिडियो, अडियो र अन्य प्रकारको धेरै डेटा खपत हुने सामग्री उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

स्वास्थ्य एवम् सुरक्षा सम्बन्धी विश्वासिलो जानकारीहरूमा सहज पहुँचका लागि डिस्कभरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनको वेबसाइटहरू बुकमार्क गरिएको छ ।

फेसबुक बेसिक मोडमा, एनसेलका ग्राहकहरूले डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्नका लागि ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोहरूसहितको फेसबुक चलाउन सक्छन् ।

ग्राहकले आफ्नो स्टाटस्, पोस्ट राख्ने, फोटोहरू हेर्ने र राख्ने जस्ता काम गर्न सक्छन् । ग्राहकहरूले डेटा खरिद गरेपछि उनीहरू स्वतः शुल्क लाग्ने फुल फेसबुक मोडमा फर्किन्छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -