Thursday, July 25, 2024
घरसमाचारभरतपुर अस्पतालमा एमआरआई सेवा

भरतपुर अस्पतालमा एमआरआई सेवा




चितवन। भरतपुर अस्पतालमा आजदेखि ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस ’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो । प्राडा पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको रु २५ करोड र अस्पताल विकास समितिको रु पाँच करोड गरी रु ३० करोडमा मेसिन खरिद गरिएको हो ।

स्वास्थ्य बीमाले तय गरेको रु नौ हजारदेखि १४ हजार शुल्कमा परीक्षण हुने उहाँले जानकारी दिनुभयो । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ । अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल वा निजी अस्पताल जानुपर्ने बाध्यता थियो । अस्पतालमा दुर्घटनाका धेरै बिरामी आउने गर्दछन् ।

अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायतका उपकरण यसअघि नै सञ्चालित छ । अस्पतालमा ‘क्याथल्याब’ सञ्चालन गर्ने तयारी गरिएको छ । धेरै बिरामी उपचार गर्ने अस्पतालमा यो पर्दछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -