Thursday, July 25, 2024
घरसमाचाररोल्पामा जीप दुर्घटना, आठ जनाको मृत्यु

रोल्पामा जीप दुर्घटना, आठ जनाको मृत्यु

लिवाङ/रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको जिप दुर्घटनामा हुँदा आठ जनाको ज्यान गएको छ ।

लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका वडा नं. ४ स्थित परेवा छहरामा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब चार सय मिटर तल खसेको छ । दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।

मृतक र घाइतेको परिचय खुलिसकेको छैन । अहिले घटनास्थलतर्फ घर्तीगाउँ प्रहरी चौकीको टोली पुगेको छ । स्थानीयहरु पनि उद्दार कार्यमा खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -