२०८२ बैशाख ३० गते, मंगलवार १९:०९

क्यासिनो प्यालेसमा राजस्व अनुसन्धानको छापा, एक करोड ६ लाख बढ़ी रकम बरामद

काठमाडौं । दरबारमार्गको अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

विभागले बिहीबार छापा मारेर नेपाली र भारु गरेर डेढ करोडभन्दा बढी रुपैयाँ बरामद गरेको हो ।

विभागका प्रवक्ता नवराज अधिकारीका अनुसार १ करोड ६ लाख नेपाली र ४८ हजार ७०० भारतीय रुपैयाँ बरामद भएको छ ।

विभिन्न आकारका लकर ५ थान, १० थान मोबाइल, ल्यापटप र कम्प्युटर एक/एक थान बरामद गरिएको प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM