Sunday, March 23, 2025
घरसमाचारसन्दीप लामिछाने निर्दोष ठहर, पाए सफाई

सन्दीप लामिछाने निर्दोष ठहर, पाए सफाई

काठमाडौं। उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने निर्दोष भएको ठहर गरेको छ। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई उच्च अदालतले सफाई दिएको हो।

न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेको हो।

मंगलबार न्यायाधीशद्धय भट्ट र उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो। मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो।

गौशाला २६ले हालेको जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -