Tuesday, May 28, 2024
घरसमाचारनेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको अधिवेशन भव्यताका साथ सम्पन्न

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको अधिवेशन भव्यताका साथ सम्पन्न

काठमाण्डौ/ नेपाल पत्रकार महासंघको दोस्रो अधिवेशन तथा साधारणसभा भव्यताका साथ सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघको केन्द्रद्वारा निर्धारित समय सीमा भित्र बिहिवार महासंघ केन्द्रिय कार्यालयको सभाहलमा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनको उद्घाटन सत्रको प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले शुभकामना मन्तव्य दिनुहुँदै एसोसिएट प्रदेश समितिले आफ्नो तीन वर्षको कार्यकालमा पत्रकार हक हितका लागि गरेको योगदानको प्रशंसा गर्नु भयो।

एशोसिएट प्रदेश समितिका अध्यक्ष बैकुण्ठराज पराजुलीको अध्यक्षतामा भएको सो समारोहमा प्रमुख अतिथि केंन्द्रिय अध्यक्ष पोखरेलले विभिन्न १२ वटा संस्थाका अध्यक्षहरूलाई कदर पत्रले सम्मानित गर्नु भयो।

ध्रुब लम्साल, पूर्व केन्द्रीय सचिव, प्रकाश थापा, पूर्व केन्द्रीय सचिव, बासु क्षितिज, कार्टुनिष्ट क्लब अध्यक्ष, देवेन्द्र सुवेदी, खेलकुद पत्रकार मञ्च अध्यक्ष, माधव प्र तिवारी, पत्रकारिता विकास समाज अध्यक्ष, डिल्ली सापकोटा, अनलाइन पत्रकार संघ अध्यक्ष, समीर बलामी, चलचित्र पत्रकार संघ अध्यक्ष, शुभद्रा थापा, पर्यटन पत्रकार मञ्च अध्यक्ष, तेज प्रकाश पण्डित, पत्रकारिता अनुसन्धान समाज अध्यक्ष, द्वारिकम काफ्ले, फाेटाे जर्नलिस्ट क्लब अध्यक्ष, युवराज बिद्राेही, नेपाल पत्रकार मञ्च अध्यक्षलगायतलाई सम्मानित गरिएको थियो।

बन्दसत्रमा महासचिव रोयल आचार्य (डम्मर)को प्रतिवेदन कोषाध्यक्ष ध्रुव तुलाधरले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरी सम्पन्न भएको थियो।

अधिवेशन तथा साधारणसभा सफल बनाउन भूमिका खेल्नुहुने एवं सहभागी सम्पूर्णमा महासचिव आचार्यले धन्यवाद दिँदै सम्पन्न भएको थियो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -