Tuesday, May 28, 2024
घरसमाचारतनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्रे

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्रे

तनहुँ। गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्रे भएको छ ।

जिल्लामा सूचीकृत भएका योजनाअन्तर्गत चालु आवको नौ महिनाको अवधिमा उक्त सडक कालोपत्रे गरिएको हो । यस वर्ष पिसिसी, आरसिसी र कालोपत्रे गरी २६ किमी सडक निर्माण गर्ने लक्ष्य रहेको जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख कृष्ण आचार्यका अनुसार कच्ची सडक १५ किलोमिटर निर्माण गर्ने लक्ष्यअनुरूप हालसम्म चार किमी र २५ हजार घनमिटरको टेवा पर्खालमध्ये एक हजार सात सय घनमिटर पर्खाल निर्माण सम्पन्न भएको छ । ग्राभेल सडक २५ किमी बनाउने लक्ष्यअनुरूप काम भएको, छ किमी, सडक चौडा भएको छ ।

त्यसैगरी कजवे, कल्भर्ट निर्माणतर्फ १० योजना सम्पन्न गर्ने लक्ष्य छ । त्यसैगरी झोलुङ्गे पुल तीन र सहरी भवन चारवटा निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।

एघार किमी कालोपत्रे गरिँदै

त्यसैगरी, गण्डकी प्रदेशको गौरव आयोजना मानिएको मानपुर–डेडगाउँ–बुलिङटार सडकखण्डको ११ किलोमिटर कालोपत्रे गर्न सुरु गरिएको छ । अब जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरदेखि डेढगाउँको सिमानासम्म कालोपत्रे हुनेछ ।

“अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्रे गरिएको छ”, उहाँले भन्नुभयो, “सडकको चौडाइ सात मिटरको हुनेछ भने सडकमा पाँच मिटरको कालोपत्रे र एक मिटरको नाला निर्माण गरिने छ,” कार्यालय प्रमुख आचार्यले भन्नुभयो ।

विसं २०५१ मा उक्त सडकको ट्रयाक खुलेको थियो । विसं २०७७ मङ्सिर ५ गतेदेखि त्यस सडकखण्डमा स्तरोन्नतिका काम थालिएको थियो । पैतीस् करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार तीन सय १६ मा कालोपत्रेको ठेक्का पाएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -