२०८२ माघ २८ गते, बुधबार १०:०१

चीनका विदेशमन्त्री वाङ र इन्डोनेसियाका नवनिर्वाचित राष्ट्रपति जोकोवीबीच भेट

जाकर्ता।  बेइजिङले आफ्नो क्षेत्रीय प्रभाव बढाउन खोजेका बेला चीनका विदेशमन्त्री वाङ यीले बिहीबार इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र उहाँका उत्तराधिकारी प्रबोवो सुबियान्तोसँग भेटवार्ता गर्नुभएको छ । 

यसै महिना प्रबोवोको बेइजिङ भ्रमणपछि उक्त भेटवार्ता भएको हो । प्रबोवोको बेइजिङ भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले जाकर्तासँगको सम्बन्धको प्रशंसा गर्दै बेइजिङ र अन्य पूर्वी एसियाली छिमेकीहरूबीच विवादित दक्षिण चीन सागरलाई लिएर फिलिपिन्ससहितको तनाव बढ्दै गएपछि क्षेत्रीय शान्तिका लागि एउटा दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।  

इन्डोनेसियाका रक्षामन्त्री प्रबोवोले फेब्रुअरीमा इन्डोनेसियामा भएको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा बहुमतसहित विजय हासिल गर्नुभएको थियो । उहाँले बेइजिङसँग घनिष्ठ सम्बन्ध विकास गर्न समर्थन जनाउनुभएको छ । 

चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति भवनमा जोकोवीको नामले प्रख्यात विडोडो र रक्षा मन्त्रालयमा प्रबोवोसँग भेट गर्नुअघि बिहीबार इन्डोनेसियाली समकक्षी रेटनो मार्सुडीसँग पनि भेटवार्ता गर्नुभयो । जोकोवी र वाङले क्षेत्रीय शान्ति र स्थिरताका लागि आफ्नो इच्छा व्यक्त गर्नुभएको र इजराइल तथा हमासबीच गाजामा युद्धविरामका लागि बारम्बार आह्वान गर्नुभएको रेटनोले बताउनुभयो । 

“राष्ट्रपतिले कुनै पनि तनाव बढ्न नहुनेमा जोड दिनुभयो”, बैठकपछि रेटनोले पत्रकारहरूसँग भन्नुभयो, “यस मुद्दामा चीन र इन्डोनेसियाको अडान समान छ र राष्ट्रपतिले चीनले पनि बढ्दो तनाव रोक्नका लागि आफ्नो प्रभाव प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।”

प्रबोवोको मिडिया टिमले वाङसँगको छलफलपछि जारी गरेको विज्ञप्तिमा दुवै नेताले सम्भावित संयुक्त सैन्य अभ्यासबारे छलफल गर्नुभएको बताएको थियो । पछि उक्त विषयबारे कुनै पनि उल्लिखित कुरालाई हटाउनका लागि  विज्ञप्तिमा संशोधन गरिएको थियो । इन्डोनेसियाको रक्षा मन्त्रालले अर्को विज्ञप्ति जारी गर्दै दुवै पक्षले विवरण निर्दिष्ट नगरी प्रशिक्षण सहयोग र संयुक्त अभ्यासबारे छलफल गरेको बताएको छ । 

चीन इन्डोनेसियामा प्रत्यक्ष विदेशी लगानीको सबैभन्दा ठूला स्रोतहरूमध्येको एक हो र उसले इन्डोनेसियामा परियोजनाहरूमा अर्बौं डलर लगानी गरेको छ । चिनियाँ कम्पनीहरूले हालैका वर्षहरूमा इन्डोनेसियाली प्राकृतिक स्रोतहरूको निकासीमा लगानी गरेका छन् । 

जाकर्ताले गत वर्ष दक्षिणपूर्वी एसियाको पहिलो उच्च गतिको रेल लाइनको उद्घाटन गरेको थियो । उक्त रेल लाइन बेइजिङ समर्थित बहु–अर्बौं डलरको परियोजना पनि हो ।एएफपी

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM