२०८२ फाल्गुन १ गते, शुक्रबार ०६:०६

निवर्तमान श्रममन्त्रीका तीन विवादास्पद निर्णय खारेज

६ वैशाख, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्वतमान श्रममन्त्री शरतसिंह भण्डारी र तत्कालीन श्रमसचिव केवलप्रसाद भण्डारीले गरेका ३ वटा विवादास्पद निर्णयहरु खारेज गरेको छ । वर्तमान श्रममन्त्री डोलप्रसाद अर्याल (डीपी)ले विवादास्पद बनेका मागपत्रको प्रमाणीकरण, अनिवार्य अंग्रेजी भाषा र  पूर्वाप्रस्थान अभिमुखीकरणको शुल्कसम्बन्धी निर्णयहरु खारेज गर्ने निर्णय गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता गोबिन्दप्रसाद रिजालका अनुसार  श्रमिकले पनि विदेश जाँदा न्युनतम् अंग्रेजी भाषा जानेकै हुनुपर्ने गरी गत ६ मंसिरमा भएको निर्णय खारेज भएको छ । अब मन्त्रालयको निर्णयअनुसार खाडी मुलुकमा जाने सबै श्रमिकले अंग्रेजी भाषा जानेको हुनुपर्ने व्यवस्था कार्यान्वयन नहुने भएको छ ।

त्यसैगरी मन्त्रालयले ७ असोजमा भएको अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि–२०७६को दोस्रो संशोधनसम्बन्धी निर्णय पनि खारेज गरेको छ । सो संशोधनमार्फत यसअघिका श्रममन्त्री र सचिवले विदेश जाँदा श्रमिकले लिनुपर्ने अभिमुखीकरण कक्षा बापतको शुल्क चार गुणाले बढाउँदै खाडी मुलुक जान अंग्रेजी र सम्बन्धित देशको भाषा कक्षा र परीक्षा अनिवार्य गर्ने निर्णय गरेका थिए । परीक्षामा ५० प्रतिशत अंक नल्याउने फेल हुने र विदशे नै जान नपाउनेसम्मको व्यवस्था गरेर श्रमिकलाई मानसिक रूपमा समेत दबाबमा राख्न खोजिएको थियो ।

नयाँ श्रम स्वीकृति लिएर विदेशिने श्रमिकले लिनुपर्ने पूर्वप्रस्थान अभिमुखीकरण तालिम बापतको २८०० रुपैयाँ पुर्‍याउने निर्णय अब कार्यान्वयन हुनेछैन । अब सो बापतको शुल्क हालकै ७०० रुपैयाँ नै कायम हुनेछ ।  यसअघिका श्रममन्त्री भण्डारीले २ दिनको अभिमुखीकरणको कक्षालाई ३ दिन बनाउने बहाना बनाएर सेवा शुल्क तेब्बर बनाउने निर्णय गरेका थिए ।

भण्डारीले कार्यविधि संशोधन गरेर दैनिक ६ घण्टाका दरले तीन दिनसम्म १८ घण्टा तालिम लिनुपर्ने बनाएका थिए । दिनको ७०० रुपैयाँ लाग्ने अभिमुखीकरण तालिमको शुल्क  लिने र ७०० रुपैयाँ परीक्षा र प्रमाणपत्रको शुल्कका रुपमा लिने भनिएको थियो ।

पहिलो र दोस्रो दिनको पहिलो ३ घण्टा अंग्रेजी भाषाको र तेस्रो दिनको पहिलो ३ घण्टामा सम्बन्धित देशको भाषाको तालिम हुने व्यवस्था पछिल्लो  संशोधनमार्फत गरिएको थियो । तालिमपछि परीक्षा लिने र ५० प्रतिशत अंक पनि नल्याएर परीक्षामा फेल भएमा विदेश जान नपाइनेसम्मको श्रमिकलाई शोषित गर्ने व्यवस्था कार्यविधिमा गरिएको थियो । अब यी सबै व्यवस्थाहरु कार्यान्वयन नहुने गरी कार्यविधिको पछिल्लो संशोधनलाई मन्त्रालयले खारेज गरेको श्रम मन्त्रालयका प्रवक्ता रिजालले बताए ।

यस्तै मन्त्रालयले वैदेशिक रोजगारको मागपत्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागबाटै प्रमाणीकरण गर्ने व्यवस्था पनि खारेज गरेको छ । ‘वैदेशिक रोजगारको मागपत्र जाँचबुझ र स्वीकृतसम्बन्धी कार्यविधि-२०८० जारी गरेर मन्त्रालयले १५ दिनभित्र सम्बन्धित दूतावास/नियोगले प्रमाणीकरण नगरेमा मन्त्रालयको वैदेशिक रोजगार  महाशाखाका प्रमुख संयोजकत्वको एक समितिबाट पनि मागपत्र प्रमाणीकरण गर्न सकिने व्यवस्था गरेको थियो । सो व्यवस्था  वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ विपरीत भएकाले खारेज गर्ने निर्णय भएको सहसचिव रिजालले जानकारी दिए ।

श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयको राय विपरीत गत पुसमा कार्यविधि जारी भएको थियो । तर, कार्यविधि लागु गर्न पनि परराष्ट्रले सहयोग नगरेपछि श्रम मन्त्रालयले निर्देशिकामा संशोधन गर्न समेत खोजेको थियो ।

विदेशबाट श्रमिक माग गर्दा कामदारको संख्या, किसिम, योग्यता, कामदारले पाउने पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरु उल्लेख गरी रोजगारदाता संस्थाले म्यानपावर एजेन्सीलाई पठाएको पत्र नै ‘मागपत्र’ (डिमान्ड लेटर) हो । यो मागपत्र हालसम्म सम्बन्धित देश हेर्ने नेपाली दूतावास वा नियोगले प्रमाणीकरण गर्दै आएकामा नयाँ कार्यविधिले छिटो गर्ने नाममा प्रमाणीकरणको अधिकार श्रम मन्त्रालयमा ल्याउन खजेपछि परराष्ट्र मन्त्रालय असन्तुष्ट थियो ।

श्रम मन्त्रालयका ततकालीन अधिकारीहरुले भने पररराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली दूतावासका पदाधिकारीहरु श्रम कूटनीतिसम्बद्ध काम गर्न आलटाल गर्ने भएकाले निर्देशिका संशोधन गर्न खोज्दा परराष्ट्रले राय प्रक्रिया अल्झाएर असहयोग गरेपछि विकल्पमा कार्यविधि ल्याएको बताइरहेका थिए । उनीहरूले  कोरिया, जापान, अष्ट्रिया, जर्मनी लगायतका देश हेर्ने नेपाली नियोगहरुले विभिन्न कारण देखाएर मागपत्र रोकेपछि आफैं प्रमाणीकरण गर्न मिल्ने गरी कार्यविधि ल्याउनुपरेको बताउँदै आएका थिए ।

विशेषगरी कोरियास्थित नेपाली दूतावासले कोरियाको ई–७ भिसा र जर्मनी र अष्ट्रियाका दूतावासले रोमानिया र क्रोयसियाका विभिन्न मागपत्र रोकेपछि म्यानपावर व्यवसायीले नै काठमाडौंबाटै मागपत्र प्रमाणीकरण गराउने व्यवस्था गर्न माग गर्दै आएका थिए । सो निर्देशिका संशोधनपछि विभिन्न अवैध किसिमका भिसाहरु मन्त्रालयबाटै प्रमाणीकरण गराएर श्रमिक पठाउन चलखेल सुरु भएको थियो ।

अब निर्देशिका बमोजिम मागपत्र प्रमाणीकरणको काम सम्बन्धित मुलुककै रहेका नेपाली दूतावासले मात्रै गर्ने भएका छन् ।

श्रम मन्त्रालयबाट भएका विभिन्न नीतिगत निर्णयहरुमाथि प्रश्न उठ्दा पनि तत्कालीन श्रममन्त्री भण्डारी मौन थिए । विवाद भएपछि २४ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम मन्त्रालयलाई १७ बुँदे निर्देशन दिएका थिए । तर, तत्कालीन श्रममन्त्री भण्डारीले निर्देशन पालना गर्न रुचि देखाएका थिएनन् ।

नयाँ श्रममन्त्रीका रुपमा अर्याल आएपछि प्रधानमन्त्रीको कार्यान्वयनबारे अध्ययन र मन्त्रालयका निर्णयहरु पुनरावलोकन गर्न २९ चैतमा सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको थियो ।

प्रधानमन्त्रीबाट आएको निर्देशन, विभिन्न सञ्चारका माध्यममा आएका समाचार, श्रमिकबाट आएका गुनासा एवम् सरोकारवालाहरुको चासो र सुझाव समेतलाई मध्यनजर गर्दै त्यस्ता विषयहरुमा अध्ययन गरी २१ दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न समय दिइएको थियो । समितिबाट प्रतिवेदन प्राप्त गरेपछि विगतमा मन्त्रालयबाट भएका ३ वटा निर्णयहरु खरोज भएका हुन् ।

श्रम मन्त्रालयले भण्डारीकै पालामा जारी भएर विवादमा परेका कोरिया, जापान र इजरालयमा म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउने गरी बनेका कार्यविधिको कार्यान्वयन स्थगित गरेको छ । तर, खारेजीको निर्णय भने गरेको छैन ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM