२०८२ माघ २८ गते, बुधबार ०९:००

अर्थमन्त्रीसँग फेसबुकको चासो- सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता र व्यापार कुण्ठित नहोस्

६ वैशाख, वासिङ्टन डीसी । अमेरिकन चेम्बर अफ कमर्स मुख्यालयमा अर्थमन्त्री वर्षमान पुनसँग औपचारिक भेटपछि पनि केही लगानीकर्ताले उनलाई छुट्टै भेट्न चाहे । ती थिए बहुराष्ट्रिय कम्पनी कोकाकोला र संसारकै ठूलो सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटाका प्रतिनिधि ।

अन्य लगानीकर्ता जस्तै यी दुई प्रतिनिधिका पनि समान चासो थिए– नेपालको कर तथा लगानीसम्बन्धी कानुन अनुमानयोग्य होस् । अर्थात्, ‘आज एउटा कानुनअनुसार व्यवसाय गर्‍यो, भोलि कानुनी व्यवस्था नै परिवर्तन नहोस् वा कानुनको फरक व्याख्या नगरियोस् ।’ हेर्दा सामान्य लागे पनि कोकाकोला र मेटाले गरेको यो अनुरोध उनीहरूका लागि विशेष अर्थ लाग्ने खालका थिए ।

नेपाल सरकारले हालै सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने किसिमको निर्देशिका पारित गरेको थियो । साथै, विद्युतीय व्यापार नियमन गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन छ । यी दुई कानुन तथा निर्देशिकाबारे फेसबुकले चासो राखेको अर्थमन्त्री पुनले अनलाइनखबरलाई बताए ।

उक्त विधेयकमा फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालबाट वस्तु तथा सेवाको व्यापार भइरहेकोमा त्यसलाई कडाइ गर्ने किसिमका व्यवस्था छन् । विधेयकमा कुनै पनि विद्युतीय माध्यमबाट व्यवसाय गर्ने व्यवसायीले त्यसको दर्ता र सूचीकरण हुनुपर्ने तथा भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था पनि छ ।

यस विषयमा मेटाको चासो थियो । किनभने, मेटाका विभिन्न प्ल्याटफर्म फेसबुकको मार्केटप्लेस, इन्स्टाग्राम लगायतमा ठूलो परिमाणमा अनलाइन व्यापार हुने गरेको छ । यस्ता सञ्जालमार्फत व्यापार गर्नेहरू सबैजसो साना व्यवसायी छन् । यो विधेयकले त्यस्तो व्यापारमा अंकुश लगाउने हो कि भन्ने चासो मेटाको थियो ।

साथै, ‘सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ नामको निर्देशिका हालै मन्त्रिपरिषद्ले पारित गरेको थियो । निर्देशिकामा सामाजिक सञ्जाल प्रयोगमा १९ किसिमका गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ ।

छद्‌मभेषी वा ‘फेक’ खाता बनाउन र त्यस्ता खाताबाट विषयवस्तु उत्पादन वा सेयर साथै टिप्पणी गर्न, घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्यदृश्य, तस्वीर सेयर गर्ने र ट्रोल गर्न, अपमानजनक शब्द, श्रव्यदृश्य, तस्वीर, ट्रोल बनाइ घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्न, हेट स्पिच मानिने कार्य गर्नलगायत गतिविधि गर्न नपाइने व्यवस्था निर्देशिकामा छ ।

व्यक्तिको तस्वीर विकृत रूपले परिमार्जन गर्न, निजी मामिलाका फोटो भिडियो अनुमतिविना प्रयोग गर्न, मिथ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्न पनि नपाइने लगायत विषय निर्देशिकामा समेटिएको छ । यी विषयमा पनि मेटाको चासो थियो ।

अर्कातिर, नेपालको सबैभन्दा पुरानो विदेशी लगानीकर्तामध्येको कोकाकोलाले नेपालमा करसम्बन्धी मुद्दा झेलिरहेको छ । कोकाकोलाको मुद्दा र एनसेलको करसम्बन्धी मुद्दाको प्रकृति एउटै हो– बहुमत सेयर बेच्दा पूँजीगत लाभकर तिर्नुपर्ने विषय ।

तर, एनसेलको अनुसन्धान र कर निर्धारण आन्तरिक राजस्व विभागले गरेको हो भने कोकाकोलाको अनुसन्धान राजस्व अनुसन्धान विभागले । एउटै कानुनअनुसार भएका दुई अनुसन्धान र मुद्दाले पर्ने प्रभाव भने आकाश जमिनको फरक छ ।

राजस्व अनुसन्धानले दायर गरेको हुनाले कोकाकोलाको मुद्दा फौजदारी हो । दोषी देखिएको खण्डमा जेल सजाय हुन्छ, जति जरिवाना हुने हो बिगोसहित त्यसको दोब्बर तिर्नुपर्छ । आन्तरिक राजस्वले अनुसन्धान र मुद्दा हालेको भए कर र जरिवाना तिरे पुग्थ्यो । जेल सजाय पनि हुने थिएन ।

उस्तै प्रकृतिका मुद्दामा राज्यले फरक व्यवहार गरेपछि लगानीकर्ता बिच्किनु स्वाभाविक नै हो । तर, अर्थमन्त्रीसँग छुट्टै भएको छोटो भेटघाटमा कोकाकोलाका सिनियर भाइस प्रेसिडेन्ट माइकल गोल्जम्यानले प्रत्यक्ष रूपमा मुद्दाका विषयमा त कुरा गरेनन् । अदालतमा चलिरहेको मुद्दाका विषयमा कुरा नगर्ने मन्त्री पुनले पहिले नै बताइसकेका थिए । तर, गोल्जम्यानले अप्रत्यक्ष रूपमा राखेको चासो त्यही मुद्दासँग सम्बन्धित थियो ।

नेपालमा कोकाकोलाले थप ५ करोड डलर लगानी गर्ने तर कानुनी र करसम्बन्धी व्यवस्था र व्यवहार ‘प्रेडिक्टेबल‚ हुनुपर्ने उनले बताए ।

नेपालमा लगानीका लागि कानुनी वातावरण सुधार गर्न सरकारले काम गरिरहेको आफूले बताएको मन्त्री पुनले बताए । ‘नेपालले लगानी सम्मेलनको तयारी गरिरहेको छ, त्यसकै सन्दर्भ पारेर लगानीसम्बन्धी धेरै कानुन सुधार गर्दैछौं,’ अर्थमन्त्री पुनल अनलाइनखबरसँग भने, ‘लगानीको वातावरण सुधार गर्न र अनुमानयोग्य कानुनी वातवरण बनाउन हामी प्रतिबद्ध छौं ।’

त्यसअघि अमेरिकन चेम्बरमा भएको सामूहिक छलफलमा पनि कर कानूनका विषयमा लगानीकर्ताहरूले विभिन्न चासो राखेका थिए । खासगरी हालै अमेरिकी लगानीको कम्पनी कोटिभिटीमाथि राजस्व अनुसन्धान विभागले हालेको मुद्दाको विषय कसैले पनि खुलेर नबोले पनि लगानीकर्ताहरू त्यसप्रति सशकित देखिन्थे । अर्थमन्त्री पुनसँग लगानीकर्ताले नेपालमा लगानी वातावरण बिस्तारै बिग्रिँदै गएको बताएका थिए।

अर्थमन्त्रीसँगको भेटमा लगानीकर्ताले नेपालका करसम्बन्धी कानुनबारे चासो दिएको अमेरिकास्थित नेपाली राजदूत श्रीधर खत्रीले बताए । नेपालमा कर सहुलियत दिनुपर्ने तथा करसम्बन्धी नियम तथा कानुन कसरी लचिलो बनाउने भन्ने विषयमा उनीहरूको चासो रहेको उनले बताए ।

लाभांश फिर्ता ल्याउने विषयलाई पनि सहज बनाउनुपर्ने उनीहरूको भनाइ थियो। नेपालमा ‘इज अफ डुइङ बिजनेस’ को वातावरण राम्रो बनाउन उनीहरुुले सुझाएको राजदूत खत्रीले बताए ।

‘कुनै लगानीकर्ता आउँछ भने ऊ नाफाकै लागि आउने हो । त्यसो हुँदा उनीहरूले दीर्घकालीन सुरक्षा खोज्नु स्वाभाविक नै हो,’ राजदूत खत्रीले भने, ‘तर, देशले कानुन निर्माण र सुधारमा काम गरिरहेको छ । त्यस विषयमा नेपालले लगानीकर्तालाई आश्वस्त बनाउन खोजेको छ ।’

अर्थमन्त्रीको मुख्य उद्देश्य विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यक्रममा भाग लिने भए पनि उनको भ्रमणलाई थप फलदायी बनाउन अन्य विभिन्न बैठक र कार्यक्रम राखिएको उनले बताए ।

‘नेपालमा लगानी सम्मेलन हुँदै गरेकाले धेरै बैठक त्यससँग सम्बन्धित छन् । अमेरिकाका स्थापित लगानीकर्ताहरूसँग अर्थमन्त्री पुनले नेपालमा लगानी गर्न निम्ता दिनुभएको छ,’ खत्रीले भने ।

यूएस चेम्बरमा भएको भेटमा चेम्बरका सिनियर भाइस प्रेसिडेन्ट अतुल कश्यपले आफू लगानी सम्मेलनका लागि नेपाल आउने जानकारी दिएका थिए ।

यसका साथै मन्त्री पुनले अमेरिकामा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका नेपालीहरूसँग पनि बैठक गरेका थिए । विश्वबैंक तथा आईएमएफका विभिन्न बैठकमा उनी सहभागी भइरहेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM